प्रेस स्वतन्त्रका लागि एकजुट हुनुपर्ने

| धनकुटा

मुलुकमा दिन प्रतिदिन प्रेस स्वतन्त्रता संकटमा पर्दै गएकाले प्रेस स्वतन्त्रताका लागि पत्रकारसँगै सबै नागरिकहरू एकजुट हुनुपर्ने शनिबार धनकुटा आयोजना गरेको पत्रकारहरुको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

दशै, तिहार, नेपाल सम्वत, छठ, मंसिरे चाड लगायत सम्पूर्ण चाड पर्वको अवसरमा नेपाल प्रेस युनियन धनकुटाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा १ नम्वर प्रदेश सभाका सांसद लिला सुब्बाले लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक भएको बताए । यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले अहिले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा संकटमा पर्दै गएको प्रेस स्वतन्त्रता कायम हुन नसकेको जिकिर गरे ।

नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष यानिद्र तिगेलाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा पूर्व सांसद अञ्जना ताम्ली, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा प्रेस युनियनका सस्थापक सञ्जय सन्तोषी राई,पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,कोषाध्यक्ष नारायण कुमार आठपहरिया,नेपाली कांग्रेसका जिल्ला सदस्य खेमराज पौडेल,क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली,महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना,वडा नं. ४का निर्वाचित वडासदस्य दुर्गा अधिकारी,साझा सञ्चार नेपालका अध्यक्ष भेषराज कटेल,फोनिजका अध्यक्ष सन्तवीर लामा,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले प्रेस स्वतन्त्रताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिदै शुभकामना दिए ।

नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष हरिबहादुर लम्जेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमलाई नेपाल प्रेसका सहसचिव नरेन्द्र कस्चितले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहकारीकर्मी तथा समाजसेवी मनोज डंगोल, पत्रकारहरू बिनोद घिमिरे, हिमा चेम्जोङ, ईश्वर थापा,बालिका मादेन,विकास घिमिरे, माधव गुरागाई, पूर्ण चौधरी, कविराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा रमाइलो हाउजी गेम सफल संचालन गरिएका थिए ।

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै