‘अखण्ड आलाप’ भाषिक सिन्डिकेड तोड्ने कविता संग्रह

| समीक्षा

पहिले पहिले हामीले कविता लेख्न आरम्भ गर्दा भाषा, शिल्प र शैलीका कुरा गथ्र्यौं । अहिले के लेख्ने र कस्तो लेख्ने भन्ने कुरा उठ्ने गरेको छ । विषय वस्तुको कुरा उठ्ने गरेको छ । मेरो दृष्टिमा कविता के र कस्तो दुबै हुनु पर्दछ । के उसको आधरा हो र कस्तो उसको शिल्प हो । अनि मात्र कविता हुन्छ । म अक्सर कविताको परिभाषा दिँदा भन्ने गर्छु कविता ढुकुर जस्तो हो । उ जमिनमा बस्छ, आकाशमा उढ्छ । उढ्नु उसको शिल्प हो, जमिन उसको विचार हो । त्यसैले के मात्र पनि हुँदैन कवित । कस्तो मात्रले पनि हुँदैन कविता । यी दुबैको फ्युजन हो कविता ।

थेबाको संग्रहमा ४२ वटा कविताहरु छन् । एउटा एउटा कविता कस्ता छन् ? भन्ने कुरा त पाठक आफैंले पढेर अनुभव गर्ने कुरा हो । यहाँ मैले थेबाका कविताहरु पढे पछि समग्रमा मलाई लागेको कुरा राख्न चाहन्छु । 

मुक्तान थेबाका कविताका प्रवृत्तिहरु के हुन् त ? थेबामा कविता पढ्दाखेरि अनुभूत हुने पहिलो कुरा यहाँ संरचनात्मक विभेद छ, संस्थागत विभेद छ भन्ने लाग्यो मलाई । सामाजिक विभेद छ, न्यायलयमा विभेद छ, प्रशरीमा विभेद छ, राज्यका निकायहरुमा विभेद छ । जताततै विभदै विभेद छ । त्यही विभेद माथिको चुनौति, प्रहार र आक्रमण हो, थेबाको कविताहरु । 

दोस्रो, नेपाली कविता अहिलेसम्म एकल भाषा र संस्कृतिको सिन्डिकेडबाट मुक्तान थेबाको हातमा आएको छ । थेबाको कविता भाषिक सिन्डिकेड तोड्ने कविता हो । एउटा निश्चित जाति, नश्ल, संस्था, र प्राज्ञिक परम्पराको हातमा थियो, नेपाली कविता । बल्ल बल्ल त्यो सिन्डिकेट तोडेर थेबाको हातमा आएको छ, नेपाली कविता । 

म कविताको राम्रो पाठक, विद्यार्थी भएको नाताले म कविताको भाषा हेर्ने गर्छु । कविता पढ्दाखेरि भाषाले कतिको तान्छ ? मुक्तान थेबाको कविताको भाषा हेर्ने हो भने अनौठो लाग्छ तपाईंलाई । बेग्लै भाषामा लेखिएको छ उनले यो कविता । सबै कवितामा अत्यन्तै नयाँ र नौलो भाषा छ । कवितामा स्थान विशेष र पात्रहरुको सयौं नाम तामाङ भाषामा आएका छन् । पढ्दै अर्ग्यानिक लाग्ने तामाङ मिथहरु आएका छन् । यो भाषिक सिन्डिकेड तोङ्ने प्रयास हो । मुक्तान थेबाको कवितामा यो प्रवल रुपमा आएको छ ।

हामी अहिलेसम्म रामायण, महाभारत र हिन्दूशास्त्रका मिथहरुमा बाँचेका थियौं । त्यसलाई चुनौति दिने कार्य भएको छ । अब रह्यो कविता नयाँ चाँही कसरी हुन्छ त ? नेपाल बहुभाषि, बहुजाति भनेर संविधानले नै स्वीकार गरिसकेको छ । नेपाल भित्रका आन्तरिक राष्ट्रहरु जसका आ–आफ्नै भाषा, संस्कृतिहरु छन् । त्यसैले आन्तरिक राष्ट्रका एथ्निक भाषाहरुलाई प्रयोग गर्यो भने सायद नयाँ कविता हुन्छ । थेबाले त्यही गरेको छ । थेबाले आफ्नो कवितामा तामाङ शब्दहरु आबा, डोल्मा, पेङदोर्जे, ग्याल्सारि दोर्जे, म्हेमे .. धेरै प्रयोग गरेका छन् । थेबाको कविताले नेपाली कवितामा, साहित्यमा नयाँ भाषा भित्र्याएको छ । यसलाई हामीले आत्मसात गर्नै पर्छ । 

कवितामा टड्कारो रुपले भेटिएको अर्को बुँदा भनेको इतिहासलाई पुर्नलेखन गर्ने आग्रह हो । इतिहासका कालखण्डहरुमा हाम्रा पूर्खा यस्ता थिए, उस्ता थिए, राज्यले तामाङहरुलाई पिपा बनाइए भन्ने कुरा छ । राज्यसत्ताले यसरी तामाङहरुलाई दमन गर्यो, अहिलेसम्म दमन गरिराखेको छ भन्ने ढङ्गबाट कविता लेख्दा यहाँ जातिवादी आरोप लाग्ने गर्दछ । मैरै दुईजना पूर्खा राणाकालमा दशैं मान्दैनौ भन्दा भोजपुरमा राणाहरुले मृत्युदण्ड दिए । त्यति हुँदा पनि यो देश छाडेन मेरो पूर्खाले । मेरो पूर्खालाई दशैं नमान्दा राणाहरुले मृत्युदण्ड दिए भनेर कविता लेख्दा जातिवादीको आरोप लागाए मलाई । तामाङहरुको इतिहास त अत्यन्तै विद्रुप इतिहास हो र पनि तामाङहरुले यो देश छाडेन । मेरो पूर्खालाई यस्तो भयो भन्दा जातिवादी हुन्छ यहाँ । यो त इतिहास हो नि । यसलाई किन पचाउन सक्दैन यो देशले ? इतिहासलाई पुर्नलेखन गर्ने भनेको कसरी इतिहासलाई व्याख्या गर्ने भन्ने हो । थेबाले कवितामा भन्न खोजेको यो हो ।

पहिले पहिले कवि भावुक हुन्छ भन्थे । ओहो ! फलाना कवि कति भावुक छ भन्थे । अब हाम्रा कविहरुले भावुक भन्ने शब्दसँग प्रश्न गर्ने बेला आएको छ । अब कवि कति चिन्तनशिल छ भएर कविता लेख्दो रहेछ भन्ने दिन आएको छ । भावुकताले त जमीन टेक्दैन, आकाशको कुरा गर्छ, स्वैरकल्पना गर्छ । चिन्तनले जमीनको कविता लेख्छ, समाजको कविता लेख्छ । मुक्तान थेबाको कविता चिन्तनले जन्माएको कविता हो । चिन्तनले जन्माएको कवितामा इतिहास, समाजशास्त्र, राजनीति, अर्थराजनीति सबै सबै हुन्छ । त्यसैले मुक्तान थेबाको कविता साङ्गो पाङ्गो हेर्दाखेरि तामाङ समाजशास्त्रको कविता हो । तामाङ जातिको थोरबहुत समाजशास्त्र बुझ्ने हो भने अखण्ड आलाप पढ्दा हुन्छ ।

नेपालमा अहिलेसम्म चल्दै आएको कुरा कवि र कविताको विपर्य सम्बन्ध छ । कविता बडो क्रान्तिकारी र वर्गसंघर्षको लेख्ने तर जीवन अर्कै हुन्छ । मुक्तान थेबामा पटक्कै छैन त्यस्तो । मुक्तान थेबाको कविता पढ्दा मलाई लाग्छ उसैको सदृष्र्य चित्र हेरिरहेको छु । उसले बाँचेको जीवन र उसको कवितामा विपर्य सम्बन्ध छैन, तादत्म्यता छ । लेखनसँग कविले आफ्नो जीवन पनि जोड्नु पर्छ यो थेबा र थेबाको कवितामा पाइन्छ ।

हामी वर्ग संघर्षको कुरा गर्छौ, क्रान्तिको कुरा गछौं । म पनि वैचारिक हिसावले वर्ग संघर्ष, क्रान्तिसँग नजिक भएँ । वर्ग संघर्षकै लागि, क्रान्तिकै लागि नेपाली कम्यूनिष्ट आन्दोलनसँग जोडिन पुगेँ । तर, नेपालको वर्ग संघर्ष, क्रान्ति र आन्दोलन चाँही विशुद्ध वर्ष संघर्षसँग जोडेर मात्र सफल होला जस्तो लागेन । यहाँको ठूलो समस्या भनेको वर्णाश्रम व्यवस्था रहेछ । महिला मुक्तिका लागि वर्णाश्रम व्यवस्थामा धक्का नदिएसम्म सम्भन नहुने रहेछ । एउटी सर्वहारा बाहुन महिला र एउटी दलित सर्वहारा महिलामा कहाँ समानता छ ? सर्वहारा बाहुन र सर्वहारा दलित एउटै हुन् ? करोडपति बाहुन र करोडपति दमाई एउटै हुन् ? सर्वहारा त सबै सर्वहारा नै हुन् । त्यसैले दलितहरुको सवाल पनि त्यही हो । आदिवासी जनजातिहरुको सवालमा पनि त्यही हो । वर्णाश्रम व्यवस्थाको साङ्लो नचुडेसम्म सर्वहारा वर्गको अधिनायकत्व सम्भव छैन नेपालमा । दक्षिण एशियाकै समस्या भनेको वर्णाश्रम व्यवस्था रहेछ । वर्णाश्रम व्यवस्थामाथि विजय हासिल नगरेसम्म कम्यूनिष्ट आन्दोलन सफल नहुने रहेछ । संसारकै इतिहासलाई हेर्ने हो भने जहाँ जहाँ वर्णाश्रम व्यवस्था छैन त्यहाँ त्यहाँ कम्यूनिष्ट आन्दोलन सफल भएको छ । वर्णाश्रम व्यवस्था नेपालको डरलाग्दो समस्या हो भन्ने लाग्छ मलाई । मुक्तान थेबाले आफ्नो कवितामा धेरै ठाउँमा वर्णाश्रम व्यवस्थामाथि प्रहार गरेको छ, प्रश्न चिन्ह खडा गरेको ।

थेबाका कविताहरुमा कमजोरी छैन भनेको होइन छन् । पाब्लो, ब्रेख्त लगायतले कसरी लेखे भनेर पढ्ने हो तर हामीले हाम्रो कवितामा हाम्रो समाजलाई कसरी मुखर गर्ने भन्ने चाँही मुख्य कुरा हो । कवितामा शिल्प अनि भाषामा कमजोरीहरु छन् नै । यति हुँदा हुँदै पनि मुक्तान थेबामा कविताहरु पढ्न र मनन गर्न योग्य छन् । आउँदा दिनहरुमा थेबाले अझ राम्रा कविता लेख्न सकून शुभकामना ।
(‘अखण्ड आलाप’ विमोचनको क्रममा कवि राईले व्यक्त  गर्नुभएकाे मन्तव्यको आधारमा तयार गरिएको ।) 

प्रतिकृया दिनुहोस्

बाटो

img

मन्त्रीहरुको चिप्लो गाडी दिनकै सरर गुड्ने हामी जनता चाहिँ घन्टौंसम्म बस कुर्नु पर्ने जताततै ...

फलामसिंहदेखि फाल्गुनन्द

img

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई ...

बलात्कारी

कसैको अनैतिक गर्भ बोकेर  त्रिशूलीमा फाल हानिन्  फूलमाया विक सरकारले गिरफ्तार गर्यो मंगलेलाई  मंगलेले रुँदै भन्यो–  ‘सरखार !  म त गोठालो मान्छे  उनकै लागि प्रेमपत्र बोकेर  पर्खिरहेछु वर्षौदेखि ।’ सरकारले घेरा हाल्यो गाउँलाई  गाउँले एक स्वरले बयान दियोे– ‘हजुर !  फूलमाया कलाकार ...

फापारे गीतको महत्व

img

यतिखेर हाम्रो तामाङ समाजमा फापारे गीत अरु भन्दा हल्का गीतको रुपमा लिइदैछ ...

गजल

यो कसलाई तिमीले साथ लिएर आयौ ? उसै अँध्यारो छ, फेरी रात लिएर आयौ । माटो छ प्यारो सबैलाई ज्यान छ प्यारो कठै ! मान्छे मारेको प्रभात लिएर आयौ । बुद्ध जन्मेको देश, तिम्रो ...

गुरुजी

img

तीन पाथी मकैको भारीजत्रो ब्याग भिरेर विद्यार्थी भाइ अब चढ्ने छ मेरो मोटर र भन्ने ...

पत्रपत्रिका

सबै