मनहरीमा घेदुङको शाखा विस्तार

| मकवानपुर

स्थानीय तहमा नेपाल तामाङ घेदुङको शाखा विस्तार क्रममा मनहरी गाउँपालिकामा आइतबार शाखा गठन गरिएको छ । भेलाबाट इन्द्रकुमार ब्लोनको नेतृृत्वमा १७ सदस्यीय कमिटी गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा बुद्धिराम मोक्तान, र कमला गोङ्बा सचिवमा चन्द्र बहादुर थिङ, कोषाध्यक्षमा मिनबहादुर लामा, सह(सचिवमा मानवहादुर स्याङ्तान र सदस्यहरुमा गौतम लामा, रामचन्द्र स्याङ्तान, बाबु थिङ, विष्णुलाल स्याङ्तान, सुन्दर लामा, गोपीराम मोक्तान र तिलक रुम्बा लगायत चयन भएका छन् ।

नवगठित घेदुङ्ले तामाङ एकजुट भई वडा हुँदै टोल–टोलसम्म आफ्नो हक अधिकार र तामाङ पहिचानको संरक्षणमा जोड दिने कार्यक्रमहरू अघि ल्याइने बताइएको छ । कार्यसमितिलाई पूर्णता दिन पहिलो बैठकले चार जना व्यक्तिहरुलाई मनोनित गरेर पूर्णता दिई वडा स्तरीय घेदुङको गठन प्रकृयामा लाग्ने नबगठित घेदुङको अध्यक्ष ब्लोनले बताए ।
प्रथम भेलामा ३ नम्बर प्रदेश सांसद ओम घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिको अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

त्यस्तै कार्यक्रममा घेदुङको संघीय सदस्य सुनिल मोक्तान, पूर्व संसद एव म समाजसेबी राजाराम स्याङ्तान, नेपाल तामाङ घेदुङको ३ नम्बर प्रदेश सदस्य ठुलीमाया ब्लोन, गुम्बा बिहार संरक्षण सघको जिल्ला अध्यक्ष निरु थिङ, मनहरी गाउपलिका वडा– ५,का अध्यक्ष शुभराज थिङ, वडा न ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, समाजसेबी एव म बुद्धिजीवी खुसीलाल मोक्तान, घेदुङको पूर्व अध्यक्ष बुद्ध रत्न लामा लगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।

प्रतिकृया दिनुहोस्

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

घेदुङको वडा कमिटी गठन

img

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन ...

 फोनिज रौतहट शाखाको अध्यक्षमा उपेन्द्र

img

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट जिल्ला भेला सम्पन्न भएको छ। ...

आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने: मुख्यमन्त्री राउत

img

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुले योभन्दा अगाडि पाउँदै ...

आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

img

आज तमु ल्होसार, गुरुङ समुदायको महान पर्व । गुरुङ समुदायले आफ्नो नयाँ ...

ल्होछार, उभौली, उधौलीमा बिदाको माग गर्दै राजदूतलाई ज्ञापन-पत्र

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास शाखाले विभिन्न समुदायको चाडहरुमा नेपाल ...

पत्रपत्रिका

सबै