ओपोद्वारा ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

| काठमाडौं

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनैपनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोलाप्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानीय महान चाड वडा दशैँ र तिहार आदर्णीय उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्कि ड्र कुपन उपलब्ध गराइने छ । यसको आधारमा दूई ओटा लक्कि ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । पहिलो गोलाप्रथा नोवेम्बर ५मा आयोजना गरिने छ भने दोस्रोको आयोजना डिसेम्बर ५मा हुने कम्पनीले जानकारी दिएको छ । क्याम्पेन अन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौँथौँ वुफर र पाँचौँ पुरस्कारका रुपमा ओपो ब्याग जित्न सक्नेछन् । साथै, सहभागी मध्ये तीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागि पासपनी जित्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

ओपोलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता

img

प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको र्यापिड ...

शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

img

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा ...

ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो ...

पत्रपत्रिका

सबै