करातेको उन्नयनमा सरिता

| काठमाडौ

नेपाली खेलक्षेत्रमा आफ्नो कलाकौशल प्रस्तुत गरिरहेकी छन् सरिता सापकोटा । महिला भएर चुलो चौकामा मात्र सिमित नभएर स्वयम् आफ्नो लागि एवम् देशका लागि केही गरौ भन्ने कमै भेटिन्छन् । ती मध्ये एक हुन सरिता सापकोटा ।

सिराहको मिरचैयामा जन्मिएकी उनी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना कर्महरुलाई अगाडि बढाइरहेकी छन् । वि.स. २०४७ सालदेखि करातेमा प्रवेश गरेकी उनी २०५४ सालमा ब्लाक बेल्ट प्राप्त गरि औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले आफ्नो खेल जीवनमा कहिलै पछाडी फर्केर हेर्नू परेको छैन् । जहाँ उनले आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएकी छन् ।

सानै उमेरदेखि कराते खेल प्रतिको लगावले यहाँसम्म आईपुग्न सफल उनी पूर्वाञ्चलकै पहिलो अन्तर्रा्ष्ट्रिय पहिलो महिला रेफ्री हुन् ।

निरन्तरको अथक प्रयास एवम् आफ्नो आत्मविश्वास एवम् परिवार साथीभाईहरूको हौसला र प्रेरणाले यहाँसम्म आउन सफल भएकी उनि आफ्नो शुरूको खेल जीवन सारै कष्ठकर भएको तर अहिले आफूले यहि खेल जीबनबाट प्रख्याती एवम् सफलतामा सन्तुष्ट देखिन्छिन् । सानै उमेरदेखि कराते खेल प्रतिको लगावले यहाँसम्म आईपुग्न सफल उनी पूर्वाञ्चलकै पहिलो अन्तर्रा्ष्ट्रिय पहिलो महिला रेफ्री हुन् ।

कर्मगर्ने अनि फलको आशा त्यति नगर्ने उनी कर्म नै आफ्नो सम्पति भएको बताउछिन् । अहिले उनी विभिन्न विद्यालयमा एक सफल शिक्षिका बनेर स्कुले बालबालिकालाई आफ्नो लगाव एवम् आफ्नो शुरूका खेल खेल्दा परेका कठिनाईलाई मध्यनजर गर्दै आत्मविश्वास दिलाई सिकाउन व्यस्त छिन् ।

कराते खेल क्षेत्रको उत्थानमा लागि परेकी उनी यहि खेल जीवनलाई विभिन्न प्रेरणा र हौशला दिदै अगाडि बढाउन चाहन्छिन् । अन्तर्रा्ष्ट्रिय स्तरमा आयोजना हुने एक दर्जन भन्दा बढी कराते खेलको सफल र कुशल अम्पायर गरिसकेकी छिन् उनले ।

कराते खेलबाटै विभिन्न पदक र ट्रफी प्राप्त गरिसकेकि उनी पदक या ट्रफी पाउँदा लाग्ने खुशीमा बेग्लै अनुभव र गर्वले छाती ढपक्क फुलने उनको अनुभव छ । आफ्नो खेल जीवनमा कोही कसैसँग गुनासो नगर्ने उनी नेपाल सरकारको खेल प्रति हेर्ने दृष्टिकोण अझ भनौ करातेप्रति सरकार खेलाडीलाई प्रोत्साहन, हौशला र प्रेरणा दिन नसकेको उनी असन्तुष्ट देखिन्छिन ।

आत्मारक्षाको विश्व प्रसिद्ध कला कराते पुरुष भन्दा महिलालाई अत्यन्त आबश्यक रहेको भन्दै अनुशासित, जनशक्ती, स्वस्थ्य, तन्दुरुस्ती आत्मबल विकासको लागि सबैले यो खेल खेल्न जरुरी भएको उनको दावी छ ।

सरिताले हालै दुबईमा भएको मोडल सङ्गस अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड पनि चुम्न सफल भएकी छन् । सरिताका कर्महरुले नेपाली खेल क्षेत्रले अझ उचाई चुम्न सकोस् यही कामना ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै