‘चरिचरन बन्दले समस्या आउँदैन’ 

| सिन्धली

– विमर्श मोक्तान ‘प्रख्यात’
वडाअध्यक्ष, मरिण गाउँपालिका वडा नं. ३, सिन्धुली

तपाईको वडाको कार्ययोजनालाई कसरी अगाडि बढाइराख्नु भएको छ ? 

गाउँपालिकाले कृषिलाई विशेष जोड दिएका कारण यो वडा यस योजना कार्यान्वयनको तयारी छ । यसको लागि हामीले कृषकहरुलाई तालिम दिनको लागि आवश्यक प्राविधिकहरुको व्यवस्थापन गरेका छौं । साथमा सिंचाई र डिपबोडिङको योजनालाई अगाडि सारेका छौं । काम गर्न सजिलो होस भनेर गाउँपालिकाले पनि कृषिको लागि एकमुष्ठ रकम वडालाई छुट्याइदिएको छ । त्यही रकमबाट स–साना सिंचाई निर्माण गर्ने र कृषकहरुलाई अनुदान दिने निर्णय गरेका छौं । बजेट आइसकेपछि छिट्टै कार्यान्वयन हुनेछ ।

परम्परागत कृषिलाई आधुनिकीकरण बनाई रोजगार बढाउनका लागि विभिन्न संघ संस्थासँग पनि सहकार्य गर्दैछौं । तरकारी उत्पादन गर्न आवश्यक बिउबिजनको जानकारी र अन्य जानकारीको लागि तालिम दिदैं छौं । चेतना नै पहिलो मुख्य कुरा हो । यसपछि मात्र व्यवहारमा लागू हुन्छ । यसैले तरकारीको लागि टनेलहरु बनाउने शीप सिकाएका छौं ।तालिममा सिकाएअनुसार कृषकहरुले तरकारी खेती र व्यवसायिक पशुपालन सुरु गर्दैछन् । हामीले प्रोत्साहित पार्न व्यक्तिगत र सामुहिक दुबैलाई अनुदान दिने निर्णय गरेका छौं । 

उत्पादन सुरु भइनसकेका कारण व्यवस्थाथनको लागि निर्णय भइसकेको छैन । गाउँपालिकामा छलफल चलिरहेको छ । सायद चिस्यान केन्द्र र संकलन केन्द्र निर्माण गर्न छिट्टै योजना बन्नेछ भन्ने मलाई लागेको छ । उत्पादन गर्ने एउटा आधार बनेर उत्पादनको चरणमा पुगि सकेपछि संकलन र चिस्यान केन्द्र पनि बनिनेछ । साथै, कृषिमा उत्पादन बढाउनको लागि यस वडाको सुकेदोभानदेखि नक्कलीफाँट हुँदै भालुमारासम्म पुने सिंचाइको लागि प्रदशेबाट १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेकोछ । परिपत्र आएपछि यसको कार्यान्वयन हुनेछ । ठाउँठाउँमा डिप बोडिङ पनि गाड्ने निर्णय गरेका छौं । यो पनि कार्यान्वयनको चरणमा छ । 

तपाईंको वडा यस गाउँपालिकाकै मूख्य पशुपालन क्षेत्रमा पर्छ । गाउँपालिकाले चाहिँ चरिचरिन बन्द गर्ने निर्णय गरेको छ । यसले पशुपालकलाई कस्तो असर पार्ला ? 

चरिचरण बन्दले अरु समस्या त आउदैन तर चैत बैशाखमा घाँसको समस्या हुन सक्छ । त्यसको लागि हामीले उन्नतजातको घाँसको बिउहरु ल्याएर एैलानि जग्गा जमिन र कृषकका आसपासका खाली जमिनहरुमा लगाउन लगाउने निर्णय गरेका छौं । यसबाट प्रशस्त मात्रामा घाँसको उत्पादन हुनेछ । पशुपालकहरुलाई पनि अनावश्यक वनमा गएर दिनभरीको समय खेर फाल्नु पर्ने छैन । हामीले यसको लागि सरोकारवालाहरुलाई बोलाएर बिउजिन वितरण गर्ने र त्यसको उत्पादनविधि सिकाउने निर्णय गरेका छौं । यसकारण चरिचरिन बन्दले पशुपालकलाई असर पार्दैन ।

तपाईंको वडा मरिण खोला र चुरेका खहरेहरुले घेरिएको छ । यस समस्यालाई समाधान गर्न वडा, गाउँपालिका र राष्ट्रियस्तरको कुनै योजना बनेको छ ? 

पहिलो कुरा त हामीले यस क्षेत्रलाई सम्बोधन गर्न नै भनेर चरिचरन बन्द गर्ने निर्णय गरेका छौं । तारजाली लगाएर समाधान गर्न खोज्दा त्यो सफल भएन । किनकि तारजालीलाई खोलाले बगाउने, पुर्ने र जाली पुरानो भएपछि च्यातेर जाने समस्या निम्तियो । अब यसको विकल्प भनेको प्राकृतिक हिसाबले नै समाधान खोज्नु हो । यसको लागि चरिचरन बन्द गरेर बोट बिरुवा र रुखहरु रोपेर हुर्काएर खोलालाई साँघुर्याउनुको विकल्प छैन । यसो गर्दा जटिबुटिहरु पनि हुनेछ र चुरक्षेत्रको संरक्षण पनि हुनेछ ।साथै प्रदशे, संघसँग समन्वयन गर्दै राष्ट्रपटि चुरे संरक्षणलाई विशेष जोड दिन छलफल पनि हुँदैछ । गाउँपालिका स्तरबाट त अघिल्लो वर्ष मात्र हामीले नौ सय थान जाली यो वडामा मात्र लगाइएको थियो तर यसले खासै परिणाम दिन सकेन । 

चुरे संरक्षण समितिसँग कस्तो समन्वयन भइरहेको छ ? 

यो समितिले अब चुरेक्षेत्रमा रहेको खहरेहरुको शीरदेखि नै संरक्षण गर्दै लैजानु पर्दछ । खहरेको बीच र पुच्छारमा मात्र तारजाली लगाएर थुन्दा त्यसले कुनै उपलब्धी हासिल गर्न सक्दैन । यो कुरा अगाडिको कामहरुको नतिजाबाट पनि प्रमाणित भइसकेको छ । हामीले शीरदेखि संरक्षण गर्न प्रस्ताब राखेका छौं । तर समतिको कार्यायोजना हेर्न भने बाँकी नै छ ।  

स्वास्थ्य क्षेत्रको प्रगति कस्तो भइरहेको छ ? 

स्वास्थ्यको कुरा गर्दा गाउँपालिकाको सबैभन्दा सुविधा यस वडामा छ जस्तो मलाई लाग्छ । कल्पवृक्ष गाविस हुँदा नै यहाँ एउटा स्वस्थ्य भवन थियो । अहिले यहाँ बर्थ सेन्टर संचालनमा आएको छ । मासिक १०–१५ जना सुत्केरीहरुले सेवा लिइरहेका छन् । सबै आमाहरुले हिजोको पीडाबाट मुक्ति पाएकोछ । गाउँसभाको पहिलो सभामा मैले विशेष जोड गरेर एम्बुलेन्सको माग गरेको थिएँ । कोही बिरामी भयो भने ट्याक्टरमा, बाइकमा लैजानु पर्ने स्थिति थियो । दिदीबहिनीहरु स्वास्थ्यचौकीसम्म पुग्न नपाई बाटोमै डेलभरी हुनुपर्ने समस्या थियो । हाम्रो मागलाई गाउँपालिकाले सम्बोधन गरेर अहिले एम्बुलेन्सको व्यवस्था भएको छ । सबै विरामीलाई यसले सहजता बनाई दिएको छ ।  

यसैगरी यस वडाको बर्नेश्वरमा अर्को स्वास्थ्य इकाइ स्थापना हुँदैछ । भवन केही दिनमा सम्पन्न हुनेछ । यसको लागि आवश्यक कर्मचारी र एकजना अहेब नियुक्तिको लागि भरखरै विज्ञापन भएकोछ । सायद पन्ध्र दिनभित्रमा हामीले यो स्वास्थ्य केन्द्रबाट अहेबसहितको सेवा दिन सक्नेछौं । 

कपिलाकोटमा रहेको आयुर्वेदिक औषधालय पनि अहिले यही वडाको भालुमारामा सारेको छ । त्यहाँबाट सेवा प्रदान गरिरहेको छ । यसले आयुर्वेदिक र एलोपेथिक पनि चलाउने भएकोले हरीहरपुर गाउँपालिकाको को केही भाग र मरिण गाउँपालिकाको ३ र २ नम्बर वडाको बासिन्दाले सेवा पाइरहेको छ । तीनवटा स्वास्थ्य सेवाबाट यो वडाको जनताले सेवा लिन सफल भएको छ ।
(प्रस्तुति : यकिना अगाध)

प्रतिकृया दिनुहोस्

‘जुनार र सुन्तला हब बनाउँदैछौं’

img

हरिबहादुर गुर्मछान वडाध्यक्ष, मरिण गाउँपालिका वाडा नं. १, सिन्धुली यसपटक गाउँपालिकाले कृषिलाई जोड ...

‘सामुदायिक विद्यालयमा बालबच्चा पढाउनै पर्ने नियम बनाएका छौं’

img

जगतबहादुर लामा वडाअध्यक्ष, बागमति गाउँपालिका वडा नं. २, मकवानपुर  तपाईंको वडाले सडक पूर्वाधारलाई मात्र ...

कृषि पकेट क्षेत्र घोषणाको तयारीमा छौं : जीवन लामा

img

तपाईंको वडामा कति बजेट विनियोजन भएको छ ? यस वडालाई नगरले पचास लाख ...

एकीकृत बस्ती बसाल्ने प्रकृयामा छौं : अध्यक्ष पानीराज बम्जन

img

  मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष पानीराज बम्जनसँगको कुराकानी :- अघिल्लो वर्ष गाउँपालिकाले लक्षित गरेको ...

एक वर्षमा के के गरे सुनापति गाउँपालिकाले ? 

img

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेको एक वर्ष नाघिसकेको छ । चुनावमा ...

‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’ : नेता सहयात्री

img

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर ...

पत्रपत्रिका

सबै