`मलाई गोरी नभन´ सार्वजनिक(भिडियो)

| काठमाडौ

गायिकाद्वय किशु गुरुङ र निलिमा साम्पाङ राईले आधुनिक गीत लिएर आएकी छिन् ।

युट्युवबाट भिडियोसहित सार्वजनिक भएको गीतको भिडियोमा स्वयं गायिकाद्वयले अभिनय गरेकी छिन् । भावना मगरको शब्द रहेको गीतमा संगीतकार भक्त लुङ्गेलीले संगीत भरेको छ ।

दुई युवती मायाप्रेममा परेपछिको सन्दर्भ जोडिएको गीतको भिडियोलाई निर्देशन,छायांकन र सम्पादन संतोष माबोले गरेको हो ।

हाल रोजगारीको सिलसिलामा इजरायल रहेकी धनकुटामा जन्मिएका धरान निवासी निलिमा साम्पाङ राई र सोलुखुम्बुमा जन्मिएकी झापा निवासी गुरुङको यो पहिलो सहकार्य हुन् । गायिकाद्वयको आवाजमा जस्तै भिडियोको अभिनयमा खासै जम्न सकेको देखिदैन । निर्देशन पाटो राम्रो रहेपनि सम्पादनमा केही कमजोरी देखिन्छ ।

अम्बिका म्युजिक प्रालिको प्रस्तुतिरहेको `मलाई गोरी नभन´बोलको गीतमा विष्णु अधिकारीको एरेन्ज रहेको छ ।गायन,संगीत र छायांकन पक्ष राम्रो हुदाहुदै अभिनय र निर्देशन पाटोमा चुकेका कारण गीतमा खल्लोपन आएको आभास गराउँछ ।

 

प्रतिकृया दिनुहोस्

साकुरा भेटेपछि गुलाबलाई लत्याइदिइन् आस्थाले

img

गायक कौडा बुढा मगरको ‘कति राम्री सानी नानी’ बोलको गीत सार्वजनिक भएको ...

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ ।  तामाङ ...

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

img

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको ...

पत्रपत्रिका

सबै