एउटै तिथिमा ल्होछार हुनुपर्ने तामाङ कलाकार

| काठमाडौं

तामाङ समुदायले आगामी ल्होछार एउटै तिथि मितिमा मनाउने भएको छ । ‘एउटै ठाउँ र एउटै तिथि मितिमा हाम्रो ल्होछार’ भन्ने नाराका साथै यो वर्षको ल्होछार मनाउन अाग्रहसहित ११ अाैं बार्षिकोत्सव मनाएको छ ।

शनिबार तामाङ कलाकार संघको बार्षिकोत्सवमा आयोजित विचार गोष्ठीमा विभाजित संस्थाका प्रतिनिधिलार्इ एकै थलोमा उभ्याएर आग्रह गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून मन्त्री शेरबहादुर तामाङ, विशेष अतिथि कमान सिं लामा (पूर्व राजदुत कोरिया), वीरबहादुर योञ्जन (नेपाल राष्ट्रिय तामाङ घेदुङ), अजितमान तामाङ, निमा गेसे (तामाङ बौद्ध महासंघ), सोनम ग्यूर्मे (लामा गुरु), मिलन मोक्तान( साधना कला केन्द्र) लगायतले मिलाएर जान सके यस्तो झमेला नहुने बताएका छन् ।

नेपाल तामाङ घेदुङ र नेपाल तामाङ राष्ट्रिय घेदुङले सोनाम ल्होछार भिन्नभिन्नै तिथिमा मनाउदै आइरहेका छन् । जसको कारण दुवै संस्थाको बैमनस्यता कारण भएको हो भन्ने सबैले आँकलन गरिसकेको छ ।

गत वर्ष पात्रोको आधारमा ल्होछारसम्बन्धी विवाद भएपछि घेदुङ विवादमा फसिएको हो । जसमा घेदुङकै उपाध्यक्ष अजितमानले नमानेपछि ल्होछारमा ठुलो विवाद अाएको हो ।

प्रतिकृया दिनुहोस्

मनहरीमा घेदुङको शाखा विस्तार

img

स्थानीय तहमा नेपाल तामाङ घेदुङको शाखा विस्तार क्रममा मनहरी गाउँपालिकामा आइतबार शाखा ...

तामाङ घेदुङ गाउँपालिका स्तरीय कार्यसमिति गठन

img

जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुञ्चेमा नेपाल तामाङ घेदुङको नयाँ कार्यसमिति ...

नेपाल तामाङ घेदुङ खैरहनी नगर कमिटी गठन

img

नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख अतिथ्यता र घेदुङ ...

तामाङ चलचित्र संघको अध्यक्षमा बिकु थोकर

img

तामाङ चलचित्र संघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । ...

नेवा–ताम्सालिङ नामाकरणको माग राख्दै विरोध प्रर्दशन

img

नेवा–ताम्सालिङ समन्वय समितिद्वारा आइताबार राजधानीमा बृहत विरोध प्रर्दशनको आयोजना गर्यो । प्रदेश ...

घेदुङको रत्ननगर र कालिका नगर समिति गठन

img

नेपाल तामाङ घेदुङको ताम्सालिङ जागरण अभियान अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र कालिका ...

पत्रपत्रिका

सबै