बलात्कारी

कसैको अनैतिक गर्भ बोकेर 
त्रिशूलीमा फाल हानिन् 
फूलमाया विक
सरकारले गिरफ्तार गर्यो मंगलेलाई 
मंगलेले रुँदै भन्यो– 
‘सरखार ! 
म त गोठालो मान्छे 
उनकै लागि प्रेमपत्र बोकेर 
पर्खिरहेछु वर्षौदेखि ।’
सरकारले घेरा हाल्यो गाउँलाई 
गाउँले एक स्वरले बयान दियोे–
‘हजुर ! 
फूलमाया कलाकार थिइन् 
दुःखका गीत गाउँथिइन् एक्लै 
सुन्य बनाएर गएकी थिइन् सहर ।’
सरकारले समायो सहरलाई 
सहरले बयान दियो– 
‘श्रीमान ! 
हातमा अस्वीकृत प्रमाणपत्र च्यापेर 
दिनभर भौतारिन्थी कतै 
साँझ आएर उ त्यो गल्लीमा 
बस्थिइन् एक्लै धुमधुम्ती ।’
सरकारले पक्राउ पुर्जी थमायो गल्लीलाई 
गल्लिले बयान दिँदै भन्यो– 
‘अत्याचारको आँधीले लुछेको
एउटा फूल थिइन् फूलमाया
उडाएर लग्यो हुरीले टाढा ।’
त्यसपछि बन्द भयो
एउटा मुल्तबी मुद्दा ।
...
आज फेरि सुनियो
कसैको अनैतिक गर्भ बोकेर 
सुनकोशीमा फाल हानिन् 
दिलमाया तामाङ
यस पटक ‘सुसाइट नोट’ फेला पर्यो 
नोटमा थियो बलात्कारीको नाम 
लेखिएको थियो–
‘राज्य ।’ 
(उन्मुक्त पुस्ताको सामूहिक कविता संग्रह ‘आफर’बाट)

प्रतिकृया दिनुहोस्

बाटो

img

मन्त्रीहरुको चिप्लो गाडी दिनकै सरर गुड्ने हामी जनता चाहिँ घन्टौंसम्म बस कुर्नु पर्ने जताततै ...

फलामसिंहदेखि फाल्गुनन्द

img

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई ...

‘अखण्ड आलाप’ भाषिक सिन्डिकेड तोड्ने कविता संग्रह

img

पहिले पहिले हामीले कविता लेख्न आरम्भ गर्दा भाषा, शिल्प र शैलीका कुरा ...

फापारे गीतको महत्व

img

यतिखेर हाम्रो तामाङ समाजमा फापारे गीत अरु भन्दा हल्का गीतको रुपमा लिइदैछ ...

गजल

यो कसलाई तिमीले साथ लिएर आयौ ? उसै अँध्यारो छ, फेरी रात लिएर आयौ । माटो छ प्यारो सबैलाई ज्यान छ प्यारो कठै ! मान्छे मारेको प्रभात लिएर आयौ । बुद्ध जन्मेको देश, तिम्रो ...

गुरुजी

img

तीन पाथी मकैको भारीजत्रो ब्याग भिरेर विद्यार्थी भाइ अब चढ्ने छ मेरो मोटर र भन्ने ...

पत्रपत्रिका

सबै