फेरी २० वर्षे पुराना गाडी चलाउन चलखेल

| ललितपुर

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी ललितपुरमा चल्छन् । विशेष गरेर शौक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

थोत्रा गाडीबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा बढी भएर वातावरण प्रदूषण भई बिरामीको संख्या वृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ । पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाँग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ ।

४ वर्षअघि सरकारले मुलुकबाट २० वर्षे पुराना गाडी हटाउने निर्णय गर्‍यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो । यसले लगनखेल–चापागाउँ र धापाखेल रुटमा चल्ने २० देखि ५१ वर्षसम्मका पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यवसायीको दबाबमा २०७१ भदौ २६मा मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र २० वर्ष पुराना गाडी हटाउने गरेको निर्णयलाई कार्यान्वयनको सट्टा उल्टो ५ वर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

img

गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट ...

इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने

img

इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले ...

निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी !

img

-निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन्। विद्यालय बन्दको विरोध गर्ने ...

सरकारप्रति जताततै असन्तुष्टि !

img

रकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको ...

विदेश मोहको पीडा : गुम्यो २२ हजार डलर, धन्न जोगियो मिर्गौला

img

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई ...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

img

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको ...

पत्रपत्रिका

सबै