जापान, सपना एक लुट अनेक-२

| जापान

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको बजारमा लुट धन्दा पनि फास्टएको छ । सपनाको खरिद दर यती महङ्गो भएको छ । अहिलेसम्मको दु:खको कमाइ सुम्पिदा तथा कतिले त ज्याननै गुमाउँदा पनि सपनालाई हात पार्न सक्दैन । यदि सपनाको मुलुक छिरे पनि जिन्दगीमा कहिल्यै नबगाएको पसिना बगाउदा पनि प्रतिफल शून्य हुन पुग्छ र आफूले देखेको त्यो फलामको चिउरा चपाउने सपनालाई धिकार्दै आफ्नो कर्म, भाग्यलाई सराप्ने सिवाय केही गर्न सकेको अवस्था छैन । म जापान रहेकोले मैले जापानकै मात्रा कुरा गरे पुग्ला जस्तो मलाई लाग्छ । अमेरिकाको कुरा, अष्ट्रेलियाको कुरा, क्यानाडा, जर्मन, फ्रान्स, बेलायतको कुरा त्यही बसेकोहरुले गर्दिए कुरो बनावटी जस्तो लाग्ने थिएन । बुझ्नेले सजिलै बुझ्थ्यो होला ?

मानव तस्करको जालो संसारमा केही न केही रुपमा छन् । नेपालको सवालमा भन्नु पर्दा नेपाल सरकार नै यसको ठेकेदार होभन्दा पनि फरक नपर्ला । पार्टीको कार्यकर्ता, नेताको सन्तान आसे पासेहरु, नेतासँग हल बानेर सेल्फी लिनेले नै यही धन्दा सन्चालन गर्छन् र यसको मोटो रकम सरकारमा रहेका कुनै न कुनै निकाएमा रहेकाहरुले बसुल्छन् । देशमा सबै क्षेत्रमा आम युवाहरुलाई ढोका बन्द गरेर अन्तर्राष्ट्रिय श्रम बजारमा सबैभन्दा सस्तो बस्तुको रुपमा देशको युवाहरुको लीलाम हाल्छ नेपाल सरकार । २०५० को दशकको कहाली लाग्दो द्दोन्दको समयमा मात्रै होइन, गणतन्त्र पछि पनि युवाहरू बिदेशिन वाध्य अवस्था पक्कै पनि राम्रो होइन । यो अवस्थाको जिम्मा नेपाल सरकारले लिनु पर्छ ।

जापानमा आउनेहरुलाई कुनै न कुनै रुपमा ठग्न पुगेकाहरू दिन दुई गुना रात चार गुना बढ्दै छ । कतिलाई आफ्नै आफन्त, साथीभाइले ठगेको उदाहरणको लिस्ट लामै पाउन सकिन्छ । जापान आउन विभिन्न माध्येमहरू अपनाउने गरिन्छ । जस्तै विद्यार्थी, कुक, डिपेण्डेट, प्रशिक्षार्थी भिसा, टुरिष्ट भिसा, इन्जिनियरिङ, डक्टर, म्यानेजर भिसा आदि । यी भिसाहरू लिएर जापान आउँदै गर्दा १० देखि १५ लाख (सबैभन्दा सस्तो) मुठो दलाल, कन्सल्टेन्सी या आफन्तलाई बुझाउदै जापान आइन्छ । सपनाको देश जापान आउने तयारी सुन्यबाट जापान आयसी थाहा हुन्छ ऊ कुन लेबलमा ठगिए छ ?

सबैभन्दा पपुलर केही जापान सम्बधी भिसाहरुमा जापान आउँदा कसरी ठगिन्छ । छोट्करीमा:

१. विद्यार्थी भिसा

जापान आउन लाग्ने खर्च जापानीज भाषा, स्कुल फी ७०-७५ मान (सात लाख देखी सातलाख पचास हजार रुपैयाँ), होस्टल फी २ मान (२०,०००) प्रति महिना, होस्टल इन्ट्री फि २-३ मान(२०,०००-३०,०००) यो फीहरू आफू जाने स्कुलको ब्रुसर, वेइबसाइटमा उल्लेख भएको हुन्छ । तर नेपालको ५% विद्यार्थी भिसाका आबेदकले यो पढ्ने र हेर्ने बुझ्ने गरेको पाइदैन ।

नेपालमा कन्सल्टेन्सी चार्ज (५०,००० देखी ७०,०००) खासमा यो शुल्क लाग्नु नपर्ने हो । किनभने यदि कुनै नेपाली विद्यार्थी जापानी भाषा स्कुल या अरु कुनै भोकेसनल कलेज या डाइरेक्ट युनिभर्सिटी पढ्न आउँदा विद्यार्थी आउने स्कुलले विद्यार्थी आइसकेपछि सेवा शुल्क स्वरुप यतैबाट दिने व्यवस्था छ । यो रकम पहिला ८-१० मान थियो रे अहिले ४-५ मान पनि दिन छोडेको भन्ने सुन्न पाइन्छ । एअर टिकेट, सपिङ र नगद कति लिएर आउने ? त्यो विद्यार्थीमा भर पर्छ ।

अब विद्यार्थी भिसामा आउँदै गर्दा पनि कसरी ठगिन्छ त ?

विद्यार्थी भिसामा जापान आउन आफ्नो डकुमिन्ट आफैले न बनाई कन्सल्टेन्सीलाई, या दलाललाई जिम्मा दिदा १ लाखदेखि २ लाख रुपैयाँ त्यही खर्च देखाउछ, जुन आफैले बनाउने हो भने २० हजारसम्म सबै डकुमेन्ट तयार गर्न सकिन्छ । जब इजीविलिटी झर्दैन त्यो पैसा जापान जाने नाउमा स्वहाँ हुन्छ । १ वर्षको स्कुल फी, होस्टल फि कतिपय अवस्थामा स्कुलको सहमतिमा ६ महिनाको मात्रै तिरेर आउने अवस्था पनि हुन्छ । स्कुल फी, होस्टल फि जापानको स्कुलमा आफैले तिर्नु पर्ने हुन्छ । त्यस्तोमा विद्यार्थी पठाउने कन्सल्टेन्सीले हामी तिर्दिन्छु भनेर विद्यार्थीसँग लिने र पुरा पैसा न तिर्दिने गरेको पाइन्छ। एक जन मोक्तन बहिनीलाई आफ्नै बाजे पर्नेले त्यस्तो गरेको पाइन्छ । अनि विद्यार्थी आफैले पनि अभिभावकलाई ठग्ने गरेको पाइन्छ । अभिभावकको अनुपस्थितिमा जापान आउने १२-१५ लाख लाग्ने हचुवा हिसाब बुझाएर २-५ लाख याम्बुमै स्वहाँ गर्ने तरुनी घुमाउने, ठिटासँग घुम्ने गरेको पनि पाइन्छ । जापान आएसी नियमले २८ घण्टाभन्दा काम गर्न नपाउने हो । जबर्जस्त नियम बिपरित काम गर्दा अहिले ऋण तिर्नु त उही हो, आएको दोस्रो वर्षमा भिसा नदिएर नेपाल फर्किनु पर्ने अवस्था धेरै छ ।

२. कुक भिसा

अर्को पपुलर भिसा हो जापानको कुक भिसा । इन्डियन् कुकको रुपमा जापान आउने यो भिसा लिन खासमा पैसा नपर्नु पर्ने हो । ओर्जिनल होस् या डुप्ली कुक यो भिसामा जापान आउँदा १० देखि १५ वटा लाखको बिटो होटल मालिकलाई चढाएर आउँने धेरै छन् । कुक भिसामा जापान आउँदा परिवारको सदस्यहरू पनि ल्याउन पाउने लोभले पैसा फसाउनेहरू धेरै छन् । यहाँ आयसी १८ मानको कन्ट्याक्ट् गरेर पनि तलब नै नपाउने तथा ८-१२ मान तलबमा १५ घण्टा बढी दैनिक काम गर्नु पर्ने हुन्छ । आफ्नै मामाले पाट्नर सिप रेस्टुरेन्टमा पाट्नरको भाग मात्रै ७ लाख तिर्न लाएर जापान आएको भान्जो अहिले अर्कैको रेस्टुरेन्टमा काम गर्दै गरेको पाइन्छ । बच्चाहरुको उमेर १६ नाघेकोले भिसा नदिएसी आफू काम नसिकुन्जेल जेल भात मात्रै खाने, तलब नलिने सर्तमा काम गरेको कुकहरू टोक्यो र चिवाको गल्ली गल्लीमा पाइन्छ । जापानीज भाषाको आ पनि नआउँने श्रीमतीले गरेको बाइतो को भरमा जापानमा दु:ख गर्दै दलाललाई सराप्नेहरू पनि कम्ता छैन । आफू कमाउन नसक्ने नियमले विद्यार्थी जस्तै २८ घण्टामात्रै काम गर्न पाउने परिवार छोरा-छोरीलाई ब्यपत्ता काम काम गर्न लाउँदा अहिलेको इमीग्रेसनको छड्केमा भिसा गुमाउदै "सायोनारा जापान" गर्नेको सङ्ख्या एक दुई गर्दै बढ्दै गरेको पाइन्छ ।

३. म्यानेजर भिसा

नेपालीको रेस्टुरेन्ट तथा कम्पनीमा म्यानेजर बन्न पाउने सौभाग्य ? म्यानेजर सापको नि पिढा उही छ । कम्पनी झोलामा बोकेर हिंड्ने नेपाली मालिकको कम्पनीको ठेगाना कहाँ हो ? अत्तो पत्तो हुन्न । २-४ जना स्टाफको भिसा त झारिन्छ । आफ्नो कम्पनी हुन्न । ईलिगल अरुकोमा काम गर्यो । पेन्सन, इन्सुरेन्स, ट्याक्स तिरेको हुन्न । फेक डोकुमेन्टको भरमा जापान टिक्न खोज्दा । जिउनको लागि यती प्रेसर पर्छ अनि न टोक्नु न बोक्नुको म्यानेजर सापको जापान सपना, सपनाको महल बनाउँदा बनाउँदै सेन्टिफ्ल्याट डिस्क्वाटर ।

४. ट्रेनिङ भिसा

 जापानमा २०१७भन्दा अगी ५ वर्षको लागि कृषि, विभिन्न कम्पनी, प्राबिधिक, विभिन्न पत्रीका कम्पनीहरुमा ट्रेनिङ भिसामा नेपाली लगायत विभिन्न देशबाट कामदार ल्याउने र उनीहरुलाई जापानमा ५ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको र पूर्ण तालिमप्राप्त कामदारको सर्टिफिकेट दिने गरेको पाइन्छ । अहिले यसैलाई बढाएर १० वर्ष गर्ने तथा थप विभिन्न क्षेत्रमा कामदार ल्याउने सवालमा सदनमा प्रस्ताव लगेको अवस्था छ । जापान आउनुभन्दा अघि नै कुन काममा ल्याउने ? त्यो काम सम्बन्धी परिचयत्माक तालिम, भाषा शिक्षा दिनु पर्ने हो । यो काम सरकारी तबरबाट नहुँदा जापानीज दलाल कम्पनी र नेपालको मेनपावर कम्पनी मिलेर ब्यापक श्रम शोषण र पारिश्रमिक शोषण गरेकोले यहाँ आएको धेरैभन्दा धेरै कामदार भागेर शरणआर्थी आह्वान गरेको पाइन्छ । जापान आउँदानै ७-८ लाख तिर्नु पर्ने यहाँ आएर न्यूनतम पाउनु पर्ने तलब, ओभरटाइको पैसा नपाउने बैकको क्यास कार्ड नै दलालले लिएर मनोमानी रकम थुत्ने । पास्पोर्टनै दलालले बोकेर हिंडेर उल्टो तनाब दिने गरेपछि धेरै कृषि क्षेत्रमा आएको कामदार भागेपछि यहाँको कृषि व्यवसाय यसरी जापानीज दलालमार्फत कामदार ल्याउने काम अब नगर्ने भन्दै कान समाउछन् । अनि नेपालमा जापानमा ब्यापक कामदार अभावले नेपाली मात्रै ५ लाख लाने आदि उदी भन्दै जापान पठाउने अश्वासण दिदै ठगी धन्दा बनमारा जस्तै मौलाइरहेको पाइन्छ । नेपाल सरकारको कुनै खाले उचित पहल नहुँदा र यहाँ रहेको नेपालीलाई र अरु देशको नागरिकलाई हेर्ने दृष्टिकोण, इमिग्रेसनको कडाइलाई मध्येनजर गर्ने हो भने नेपाली लिने सम्भावना न्यून पाइन्छ । अब यस्तो अवस्थामा जापान पो जाने हो भन्दै खुसुखुसु दलबहादुरलाई लाखको बिटो बुझाउदै मनको लड्डु खाँदै हो भने के भन्नु र खै? कथाले सपनामै लड्डु खान लेखेसी ...

५. खेलाडी तथा टुरिस्ट भिसा

डुप्स खेलाडी, अनि टुरिस्ट भिसामा जापान आएर वोर्किङ बनाउने, शरणार्थी बन्ने बबाल सपना यसरी आउनेले बिप्लबजीले बम पड्काउदा ठीक-ठिक भन्ने गरेको पाइन्छ । यही कारणले बेलाबेला कार्यक्रममा उपस्थित हुन आएको नेता कलाकारलाई एअरपोर्टबाटै फिर्ता पठाउने गरेको नि कम छैन । देशमा विभिन्न खाले समस्या देखाएर आफू जापान बस्ने सपनाले २०५० फेरि दोहोरीयोस भनेर सान्सारिक देवी देउता भाक्ने गरिन्छ । यहाँ आएर फेक शरनार्थी हुन खोज्नेहरू । यसरी आउनेहरू कति जनाको सङ्गत यहाँको आपाराधिक् समूहहरुद्वारा सन्चालित क्षेत्रहरुमा हुँदा बिरामी पर्दा उपचारसम्म गर्न नपाउने, काम छोड्न पनि नसक्ने तथा भनेको समयमा तलब नपाउेन लगायतको समस्या पनि कम छैन ।

नेपाल सरकारको मन्द बुद्धी, यहाँ आएको नेपालीहरुको जे पायो त्यही गर्ने, अनुशासन पट्टककै नभएको, विभिन्न खाले गैर कानूनी तथा अपराधीक घट्नामा संलग्नताले गर्दा नेपालीहरुको इज्जत दिन दिनै घट्दै गएको पाइन्छ । नेपालमा तामाङ, शेर्पा लगायत हिमाली जातिहरुलाई भोटे भन्नेहरुले यहाँ जापानीजलाई भोटे भन्दै भोटिनीहरुको सेतो तिग्रा छाम्ने प्रयासहरुले चाइना पछि सेक्सुअल हेरेस्मेन्टको मुद्दामा नेपाली दोश्रो नम्बरमा छ । चाइनिजहरुको संख्याको तुलनामा नेपालीहरुको यो संख्या धेरै कम छ जापानमा । तर पनि किन यस्तो अवस्थात नेपाली को ? जुसभन्दा सस्तो बिएर धोक्दै "ओरेमो नेपारु जिन दायो" भन्दै ग्याङ फाइट गरेको भिडियो केही समय अघि सामाजिक सञ्जालमा भाइरल भएकै हो । यस्तोमा जापान आउन खोज्नेहले आफूलाई त्यो कुइएको मानसिकताबाट टाढा राख्दै जापान नेपाल होइन भन्ने मनन गर्दै त्यही अनुसार तयारी गरे पक्कै सपना सफल सपनामा परिनत् हुने छ । "मिनासान, मिन्ना इस्योकेमे गाम्बारी मास्यो ।"

प्रतिकृया दिनुहोस्

‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

img

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण ...

के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

img

कालो बनको विचैमा खेतालाको गाउँ साना साना झुपडी छैन आमा बाउ भोका नांगा नानीहरू ...

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

img

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो ...

दिगो विकास लक्षमा आदिवासी बाहिरै

img

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको ...

`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

img

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै