भूकम्पले भत्किएको ४ वर्षपछि नयाँ भवन

भूकम्प गएको चार वर्षपछि जिल्ला अस्पताल टेन्टबाट नयाँ भवनमा सरेको छ ।
हिमाली जिल्ला रसुवाको अस्पताल २०७२ को भूकम्पले क्षतविक्षत बनाएपछि टेन्टको सहायताले बिरामीको उपचार हुँदै आएको थियो । हामीले आफ्नो तर्फबाट उपचार गरिरहेका थियौं । अहिले ४ वर्षंपछि पक्की भवन सहज भयो । दःुख र कष्टकासाथ सेवा दिदै आएको अब कर्मचारी र सेवाग्राहीले विगत जस्तै दुःख सहनुपर्दैन, त्यहाँ कार्यरत नर्स रुपा केसीले बताइन् ।
अस्पतालको भवन नहुँदा पनि त्यहाँ रहेका नर्स, डाक्टरहरुले सक्दो उपचार गरिरहेको र अवका दिन सुविधा सम्पन्न र जनताले गुणस्तरीय सेवा पाउने बताउदै लामो प्रयासपछि टेन्टबाट मुक्त गरेको अस्पतालले जानकारी दिए । टेन्टमा रहँदा कतिपय अवस्थामा आवश्यक सेवा दिन सकिएका थिएन, अबका दिन राम्रो गुणस्तरीय सेवा पाउने नर्स केसीले बताइन् ।
४ करोड ५७ लाख २७ हजार ६ सय ५४ रुपैयाँ लगातमा १५ शैय्याको पक्की भवन स्वास्थ्यकर्मीको लागि ४ वटा निजि आवासमा बनाइएको छ । यहाँ आउने बिरामीलाई यही उपचार गरिदै आएका छौं, नर्स केसीको भनाइरहेको छ ।