ज्योतिको एघारौं साधारणसभा सम्पन्न

| काठमाडाैं

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ साधारणसभा विहीबार राजधानीमा सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै नेपाल सहकारी वोर्डका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले महिलाहरुलाई उद्यमशीलतातर्फ अग्रसर गर्न सहकारीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै यस संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गरे ।

संस्थाका सल्लाहकार वेदप्रसाद लावतीले सहकारीको सिद्धान्त अनुसार पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

सो अवसरमा विशेष अतिथिहरू महिला वातावरण समूहकी अध्यक्ष अञ्जुसिंह शाह र रोटरियन वसन्ती शाही,अतिथिहरुमा लायन्त क्लब अफ डाँफेका संस्थापक अध्यक्ष महेश आचार्य, महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई, लेखापरीक्षकद्वय हेमबहादुर कार्की र माधव अधिकारी, राष्ट्रिय धूप उद्योग महासंघकी केन्द्रीय अध्यक्ष चन्दा पोखरेल उपस्थितिरहेको थियो ।

साधारणसभाले अध्यक्ष दुर्गादेवी मैनालीको प्रगति, कोषाध्यक्ष रेणु ढुंगेलको आर्थिक र लेखा समिति संयोजक जेवेस चाम्लिङ राई प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा कम उमेरमा बालबचत कर्ता प्रसीमा शाही ठकुरी र बाबु खत्री तथा जेष्ठ वचत कर्ता दिव्यरुपा बराल शेएर सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै, सोही अवसरमा नव शेएर सदस्यहरुलाई शेएर प्रमाणपत्रका साथै स्वागत गरिएको थियो ।

संस्थामा ५६ लाख ८२ हजार ८ सय ४८ रुपैयाँ शेयर पुँजिरहेको छ भने चालु बचत हिसाब १ करोड २२ लाख ४१ हजार ४०५ रुपैयाँ रहेको छ ।

यसैबीच संस्थाले हरितालिका तिजको पावन अवसरमा बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरुसँग सामुदायिक दर खाने कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा तिज सम्बन्धी विभिन्न गीतहरू कलाकारहरुले प्रस्तुत गरिएको थियो । कल्पना नेपाल, कृष्ण गैरे, कल्पना सिलवाल, उर्मिला पौडैल लगायतका कलाकारहरुले तिजसम्बन्धी गीत प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

किसानलाई कृषि उपकरण वितरण

img

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ का कृषकहरुका लागि कृषि ...

लालीगुराँस महिला सहकारी मुनाफामा

img

महिलाहरुले सञ्चालन गरेको जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था ...

बैक इन्स्योरेन्स सम्झौता

img

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिभिल बैक लिमिटेडले बैक इन्स्योरेन्स सम्झौता गरेको ...

कालिकाको आम्दानी करोड 

img

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड ...

सारथीको प्रगति

img

तनहुंँ जिल्लाको दमौलिमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको एक ...

मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

img

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो ...

पत्रपत्रिका

सबै