पर्यटन विकासमा पासो बन्दै कच्ची सडक

| संखुवासभा

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँचपोखरी, गुफापोखरी, लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरू हुन् । भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ । तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । कुनै पर्व विशेषमा मानिसहरू दुखका साथ ती स्थानमा पुग्ने गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरू पुग्न सकिरहेका छैनन् ।

संखुवासभालाई जोड्ने वसन्तपुर–चैनपुर सडक र तुम्लीङटार–हिले दुवै सडक हाल जीर्ण रहेका छन् । वर्षायामसँगै करिब तीन महिना यही सडकको दुर्दशाका कारण सवारी आवागमन समेत थप्प हुने गरेको छ । तर जिल्ला प्रवेश मार्गका रुपमा यी दुवै सडकमा राज्यको अर्बौँ रुपैंया रकम बालुवामा पानी सरह भएको छ । पटकपटक कालोपत्रे र मर्मतका नाममा यी सडकमा अर्बौ रकम झ्वाम भएको छ । हवाई मार्गबाट तुम्लिङटार पुग्ने पर्यटक समेत मकालु, गुफापोखरी लगायत स्थानमा पुग्न सकेका छैनन् । प्रचारको अभावमा धार्मिक महत्वको सभापोखरीबाट समेत संखुवासभाले आम्दानी लिन सकेको छैन ।

चैत बैशाखमा पर्यटकको मुख्य आर्कषणमा पर्ने गरेको गुराँसको संरक्षित क्षेत्र तिनजुरे मिल्के जलजले क्षेत्रको फाइदा समेत तेह्रथुमले मात्र लिन सकेको छ । तराईका पर्यटकको रोजाईको टिएम्जे क्षेत्र पुग्न संखुवासभावाट सडक सुविधा भएपनि स्तरोन्नति नहुँदा त्यस क्षेत्रका लामपोखरी, गुफापोखरी लगायतका स्थान ओझेलमा रहेका छन् । साथै अरुण नदीको मनमोहक दृश्य, मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने भाटभटेनी डाँडा भएतापनि त्यसलाई ध्यानमा राखेर काम गर्न नसक्दा राज्यले यहाँबाट लिन सक्ने आर्थिक फाइदा लिनबाट चुकेको छ ।

धेरै ताल र पोखरीहरू समेत रहेको जिल्लामा यसको सदुपयोग गरी त्यहाँसम्म सडक सञ्जाल जोड्न सकियो र पर्यटकीय पार्क र रिसोर्ट बनाउन सकिएको खण्डमा संखुवासभाले अनुहार फेर्नेमा दुई मत नरहेको बिरबहादुर लिम्बुले बताए । पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि मकालु हिरक महोत्सव, सभापोखरी महोत्सव, गुफापोखरी महोत्सव, गुराँस महोत्सव लगायत थुप्रै उत्सवहरू भएपनि निरन्तर प्रचार अभावले यस्ता स्थानहरू ओझेल पर्दै गएको तारा बहादुर बुढाथोकीले बताए ।

आन्तरिक र बाह्य पर्यटकका लागि प्रशस्त घुम्ने ठाउँहरू रहेको संखुवासभामा सडकको दुरावस्था हुनु साथै होटल र लजको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुबाट फाइदा लिन सकेको छैन । पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै