एक पटक जीवनमा पुग्ने पर्ने गोसाईकुण्ड

| रसुवा

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरी भगवान शंकर गोसाईकुण्डमा विराजमान रहनु भएकोले आम नागरिकले गोसाईकुण्डको यात्रा गर्न सकिन्छ ।

गोसाईकुण्ड समुद्री सतहबाट १४ हजार एक सय फिटका उचाईमा पर्ने भएकोले हरेक १ वर्ष गंगा दशहारामा १० दिन र जनै पूर्णिमाको समयमा ५ दिन विशेष मेला लाग्ने गर्दछ ।

गोसाईकुण्ड मेलामा हिन्दू र बैध धर्मावलम्बीहरुको साझा तिर्थथलो भएकोले चन्दनवारीबाट उकालो लागेपछि हिन्दू यात्रुले जय सम्भो र बौध धर्म मान्नेले ॐ गोसाईकुण्ड लो ल्हा झ्याली निमा भन्दै उचाई चढ्छन भने लामा झाक्रीहरू आ-आफ्नै शैलीका बाजा र झ्याम्टा बजाई नच्दै कुण्ड पुग्ने चलन रही आएको छ ।
कुण्ड जाँदा मौसम सफा भएको दिन गणेश डाँडाबाट हेर्दा देखिने अल्गा हिमालले म मोहक बनाइरहने गर्दछ भने गोसाईकुण्ड पछि पार्वतीकुण्ड पुग्ने र दुवै कुण्डको जल धैबुङस्थित कालिका मातालाई चढाई घर पुग्ने यात्रुलाई जिन्दगीको उत्तरार्थमा सुखका साथ अगाडि बढ्न सहज पुग्ने पुरोहित टंक प्रसाद ढकालले बताए ।

काठमाण्डौबाट धुन्चेसम्म मोटरको यात्रा गरपछि दुई दिनको पैदल यात्राबाट गोसाईकुण्ड पुग्दा आरामदायि भगवानको दर्शन मिल्ने छ । जिन्दगीमा एक पटक पुग्ने पर्ने ठाउँ भएकोले निर्धक्क साथ यात्रा गरी पुण्य कमाउन सकिन्छ ।

यस दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ तर्नुको साथै पुण्य मिल्छ भन्ने किंवदन्ती छ ।

यस पटकको भदौ ४ देखि १०सम्म लाग्ने गोसाईकुण्ड मेला भर्न आउने तिर्थालुहरुको लागि धुन्चे दखि कुण्डसम्म पाँच स्थानमा स्वास्थ्य शिविर राख्ने भएको छ । गोसाईकुण्डमा हिमालय उदार संघ बुद्ध मन्दिरमा सक्षम नेपाल लौरी विनायकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चोलाङ पाटी र चन्दनबारीमा नेपाली सेना कालिजंग गणलाई उपचार गर्ने भएको छ ।

२०७२ सालको भूकम्पपछि दैनिक रुपमा यात्रुहरू ६० देखि ८० जना आउने गरेको र गत्लाङको पार्वतीकुण्ड र जनैपूर्णिमाको दिन गोसाईकुण्डमा ठुलो मेला लाग्ने गरेको छ । गोसाईकुण्डमा आफ्ना दिवङ्गत पितृहरुको नाममा पुजापाठ गरेर सिदा दान गरे पुण्य मिल्ने त्यस ठाउँमा यथेष्ठ सुरक्षा व्यवस्था मिलाई सकिएकोले निर्धक्क साथ यात्रा गर्न आग्रह समेत गरिएको रसुवाका प्रजिअ कृष्ण पौडेलले बताए ।

जिन्दगीमा एकपटक भए पनि दर्शन गर्ने मान्यता रहेकाले उकालो हिड्दा गुल्कोज पानी प्रशस्त पिउने खाली पेट नराखी थोरै थोरै खादै जाने अदुवा लसुन कागति चपाउदै जादाँ लेक लाग्ने सम्भावना कम हुन्छ विगतकोभन्दा यो वर्ष सडकको अवस्था अत्यन्तै सुधार भएकोले आवत जावतमा यात्रुलाई कुनै समस्या नपर्ने बताइएको छ ।

यस वर्ष गोसाईकुण्ड जान २० हजार तिर्थ यात्रुहरू आउने अनुमान गर्दै निर्धक्कका साथ यात्रा गर्न अनुरोधका साथ यात्रा गरी आफ्नो मनोकामना पुार पुण्य कमाउन अनुरोध गरिएको छ ।

त्रिुशुली नदीको उदगमस्थल त्रिशुल धारा गोसाईकुण्ड लगायत एक सय आठ कुण्डहरू अमरसिंह गुफा लगायत ऐतिहासिक भौगोलिक धार्मिक तथा प्राकृतिक महत्वको गोसाईकुण्ड रासार सुुचिमा समेत समावेश गरिएको छ । यस क्षेत्रको भ्रमण गर्दा वन्यजन्तु चराचुरुङगी पुुतली जडीबुटी गुम्बा धार्मिक ठाउँ विभिन्न संस्कृति, भेष भुषा र ज्ञानगुुनका कुराहरू जानकारी पाउन सकिने भएकोले यस क्षेत्रको महत्व सबै वर्गका मानिसहरुमा छ ।

रसुवा नुवाकोट र सिन्धुपाल्चोक भएर तीन तिरबाट गोसाईकुण्ड पुग्न सकिन्छ समुद्र भन्थनबाट उत्पन्नकाल कुट विषको डाह शान्त पार्न हिमालयन खण्डमा आई गोसाईकुण्ड भगवानले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउदा भित्ताबाट गंगाजल त्रिशुलधार उत्पति भएपछि कुण्डमा शयन गरी चिसो पानी द्धारा विषको डाह शान्त पारेको हुँदा गोसाईकुण्डमा त्रिशुलधारको पानी गोसाई माहादेवलाई सिंचन गर्न गएको किंव दन्ती छ ।

गोसाईकुण्ड मेला दशहारा र जनै पूर्णिमा को अवसरमा लाग्ने गर्छ जनै पूर्णिमामा तिर्थ यात्रीहरुको अत्याधिक भीड लाग्ने गर्दछ । यस दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ तर्नुको साथै पुण्य मिल्छ भन्ने किंवदन्ती छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै