शैलुङले गत वर्ष ३५ लाख राजश्व संकलन, यस वर्ष ६० लाखको लक्ष्य

| दोलखा (शैलुङ)

दोलखाको शैलुङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा ३५ लाख ६७ हजार ९ सय १२ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ ।

गाउँपालिकाले आलु निकासी, काठ र नागरिकताको शिफारिस लगायतबाट एक वर्षमा ३५ लाख ६७ हजार ९ सय १२ रुपैयाँ आन्तरिक राजश्व संकलन गरिएको गाउँपालीकाका अध्यक्ष भरत प्रसाद दुलालले जानकारी दिए । उनका अनुसार ८ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा वढि वडा नम्वर ६ फस्कुले ४ लाख ६६ हजार ९ सय १० रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा कम वडा नम्वर १ ताम्चेत दुधपोखरीले १ लाख १८ हजार ३ सय ५६ रुपैयाँ राजश्व संकलन गरेको छ । यसैगरी वडा नम्वर २ भुषाफेदाले २ लाख १३ हजार ७ सय ९९, वडा नम्वर ३ मागपौवाले ४ लाख ४१ हजार ८ सय ११ रुपैयाँ, वडा नम्वर ४ मागपौवाले २ लाख १६ हजार ५ सय ७१, वडा नम्वर ५ काटाकुटीले २ लाख ६७ हजार, १ सय ९७, वडा नम्वर ७ फस्कुले ३ लाख ७५ हजार २ सय ३५ र वडा नम्वर ८ शैलुङगेश्वरबाट ४ लाख ५५ हजार १८ र गाउँपालिकाले १० लाख ११ हजार १५ रुपैयाँ गरी ३५ लाख ६७ हजार ९ सय १२ रुपैयाँ आन्तरिक राजश्व संकलन भएको गाउँपालिकाले जानकारी दिए ।

वडामा संकलन भएको राजश्व वडाले नै खर्च गर्ने पाउने गरी र गाउँपालिकाबाट संकलन भएको रकमले गाउँपालिकामा नै खर्च गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत आर्थिक ५० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो भने चालु आर्थिक वर्ष ६० लाखको लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस्

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र उठेका प्रश्नहरू

img

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाउँबाट ...

नवज्योतिको नवाै साधारणासभा सम्पन्न

img

नवज्योति बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको नवाै वार्षिक साधरणसभा ...

टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

img

ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन ...

स्याउ उत्पादन घटेपछि कृषक चिन्ता

img

जिल्लाको माथिल्लो भेगमा वर्षेनी स्याउको उत्पादन घटेपछि कृषकहरुमाझ चिन्ता बढेको छ । वरिष्ठ ...

ज्योतिको एघारौं साधारणसभा सम्पन्न

img

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ साधारणसभा विहीबार राजधानीमा सम्पन्न भयो । ...

नाका खुलेसँगै राजस्वमा वृद्धि

img

रसुवा अन्तर्राष्ट्रिय नाका रसुवागढी लगायत पहिरो गएर अवरुद्ध भएको राजमार्ग खुल्ला भएपछि ...

पत्रपत्रिका

सबै