‘सोसल मिडिया फिल्म अवार्ड’ को आयोजना हुँदै

| काठमाडाैं

‘सोसल मिडिया फिल्म अवार्ड २०१८’ आयोजना हुने भएको छ । सन्देशमूलक चलचित्र निर्माण गरेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएका संघसंस्था र व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’ को आयोजनामा यो फिल्म अवार्डको आयोजना हुन लागेको कार्यक्रमका अध्यक्ष तथा चलचित्र निर्देशक सवनम मुखियाले बताइन् ।

सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्र साह्रै मन छुने पाइन्छ र यस्ता चलचित्र निर्माण गर्ने व्यक्ति एवं संस्थाहरुलाई हौसला र सम्मान दिन अवार्ड आयोजना गर्न लागिएको मुखियाको भनाइरहेको छ ।

अवार्डमा सहभागीका लागि आवेदन समेत खुल्ला भएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को कार्यालयमा पाइने आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने व्यवस्था गरिएको छ ।
१६ विधा समावेश अवार्डलाई अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडीज, नेपाल फिल्म एकडेमी, प्राचीन सम्पदा नेपाल, अमर रत्न फिल्म काशी खण्ड कृषि फार्मले प्रायोजन गर्दैछ ।

आगामी माघ महिनामा आयोजना हुने अवार्डमा उत्कृष्ट डकुमेन्ट्री, उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट छायाँकन, उत्कृष्ट सम्पादन,उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता, उत्कृष्ट निर्देशक, सोसल मिडिया, उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम, टुइटर), उकृष्ट युट्यूब भिडियो, उत्कृष्ट चुनौतीपूर्ण समाचार,उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली कन्टेन्ट, उत्कृष्ट ट्रोल, पब्लिक चोइस लगायत बिधा रहेका छन् ।

कार्यक्रममा नगद सहित सञ्चारकर्मी र सोसल मिडिया एक्टिभिस्ट व्यक्तिलाई पनि सम्मान गरिने कार्यक्रम सँयोजक रिचा योन्जनले बताइन् ।

 

प्रतिकृया दिनुहोस्

‘ओपो तीज सेल्फी कन्टेष्ट’ का विजेताहरू पुरस्कृत

img

ओपोले नेपली चाड, तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार ...

ओपो एफनाइनको विक्रि आरम्भ

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोद्वारा भरखरै सार्वजनिक एफनाइनको विक्रि आरम्भ गरिएको छ ...

नेपाली बजारमा ओपो एफनाइन

img

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन नेपाली बजारमा सार्वजनिक गरिएको ...

नाम्सादिम रेडियोको परीक्षण प्रसारण सुरु

img

विगत केही वर्षदेखि अनलाइनमा सशक्त नाम्सादिम डट कमले आवाजविहीनको आवाज बन्दै अनलाइन ...

अध्यागमनमा इम्मी प्रणाली जडान गरिने

img

अन्तर्राष्ट्रिय नाका रसुवागढी अध्यागमन कार्यालयलाई इम्मी सफ्टवेएर प्रणालीमा आवद्ध गरिने भएको छ ...

डुअल रियर क्यामेरासहित ओपोको पहिलो स्मार्टफोन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक ...

पत्रपत्रिका

सबै