घले राजा र धुञ्चे गाउँ

| रसुवा

रसुवा धुन्चे गाउँको पुरानो नाम दुङल्हाङ हो । दुङल्हाङको अर्थ शङख ठड्याउने भन्ने हुन्छ । उहिले गोरखाको बारपाकमा एक जना घले राजा (ग्याल्बो) थिए । उनीहरू बौद्ध धर्मको तान्त्रिक विद्यामा निकै शक्तिशाली थिए । ती राजाका धेरै भाइ छोरा थिए । उनले केही छोरालाई अन्य उपयुक्त ठाउँ खोजेर पठाउन चाहे । ती मध्ये एकजना छोरालाई बोलाएर भनेछन् : म मन्त्र गरेर यो शङ्खलाई यहाँबाट फाल्छु । त्यसलाई खोज्दै जानु र त्यहाँ शङ्ख फेला पर्छ । तिमीले त्यो ठाउँको राजा भएर राज्य चलाउनु । त्यसपछि घले राजाले मन्त्र गरेर शङख त्यहाँबाट उडाइदिए । शङख आकाशमा उड्यो । राजाका छोरा ठिसुम देप्के घले आफ्ना पिताले पालेको शङख खोज्दै आए । बारपाकबाट धादिङको तिप्लिङ हुँदै शङख खोज्दै हालको धुन्चे पछाडिको ब्राबल आइपुग्दा अग्लो भिरको टुप्पोमा आकाशतर्फ ठडिएर बसेको अवस्थामा शङख फेला पर्यो । ढुङे भिरको टुप्पोमा शङख फेला परेको हुनाले भिरको नाम पनि दुङल्हाङमो राखियो ।

दुङल्हाङमोबाट ‘दुङल्हाङ’ नाम रहन गयो । ठिसुम देप्केले शङख पाएपछि आफूलाई राजा घोषित गरेर गोङगाङ भन्ने ठाउँमा दरबार बनाए । या वंशका तामाङलाई काजी पद दिए ।

तितुङ वंशका तामाङले बाम्बो (झाँक्री) भएको काम गर्ने भए । तिनलाई पण्डित पद दिई पुजारीको काम सुम्पियो । पुजारीले गाउँको नेदा, शिप्दा र घ्युल्साङ (सिमेभुमेंं) को पूजा गर्ने भएकोले जाँडरक्सी नखाने भयो । ऊ बेलादेखिको परम्पराले अहिले पनि घले, थोकर, तितुङ वशिका तामाङहरुले धुन्चेमा चलाइरहेका छन् ।

देप्केपछि उनका सन्तानहरुले गोङगाङ दरबारमा लामो समय शासन चलाए । यो दरबार कृषि वागबानी फार्म र चरन विकास जाने बाटो पासाङल्हामु राजमार्गमा पर्छ । सडक निर्माण गर्दा भएको असावधानीले दरबारका ढुङगाहरू भत्किएका हुनाले दरबारको भग्नावशेष प्रष्ट छैन । दुङल्हाङ शब्द अहिले पनि केरुङ जोङखोर ल्हासासम्म चिनिन्छ ।

धुन्चे गाउँमा दुई किसिमका घलेहरू छन् । एउटा ग्याल्दाङ घले र अर्को बोङजो घले । ग्याल्दाङ घले ठिसुम देप्केका सन्तान हुन्, यी घलेहरू राँगो, भैंसी, गाई, गोरु, बंगुर, सुङगुर र कुखुराको मासु, अण्डा, लसुन, छ्यापी केही पनि खाँदैनन् । यस्ता खानेकुरा खानाले अशुद्ध भई आध्यात्मिक शक्ति प्राप्त हुदैन भन्ने विश्वास रहेको छ ।
बोङजो घलेका दरबार जोङचेत भन्ने ठाउँमा छ । यो दरबार धेरै पुरानो भनिन्छ । यो दरबारको प्रथम र अन्तिम राजा को थिए ? भन्ने सम्झना कसैमा छैन । तर दरबारका भग्नावशेषहरू अझै सुरक्षित छ ।

दरबार क्षेत्र हालको हिमालय स्प्रिङबाट र सँगैको ढुङ्गाको ओडार रहेको भनाइ छ । बोङजो घलेको उत्पति स्थल गोल्जुङ र गत्लाङ बीचको माथिको बोङजो लेक (बोङजोल्आ) नै हो भनिन्छ । बोङजो घले पनि गाई, गोरु, बङगुर, सुङगुर र कुखुराको मासु छ्यापी लसुन खादैनन् । कतै झुक्किएर गाई, गोरुको मासु पकाएको भाडाकुडा नपखलिकन वा डाडु पन्युले छोएको शंंका लाग्यो वा मुखमा त्यस्ता पर्यो भने अशुद्ध भई विमारी हुने उनीहरुको अनुभव छ ।

- जैविक विविधता संरक्षण पर्यटन पुस्तकबाट

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै