अपिले चमेलीया बनाउने, प्राधिकरणसँग सम्झौता

| काठमाडौं

तोकिएको समय अवधिभन्दा अगावै जलविद्युत आयोजना बनाउँदै आएको अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलीया जलविद्युत आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच मिति २०७५÷०४÷२५ (शुक्रबार) ४० मेगावट क्षमताको माथिल्लो चमेलीयाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका संचालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालक विभागका निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलीया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावाटको चमेलीया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदुर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ । 

४० मेगावटको माथिल्लो चमेलीया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । यसअघि छोटो समयमा करिब १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । 

यस अपि पावर कम्पनीले जलविद्युतको अलावा १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागि भई १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो । कम्पनीले प्राप्त गरेको १८ मेगावट क्षमतको सोलार अयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । 

यसरी हेर्दा अपि पावर कम्पनीले छोटो समयमा धमाधम जलविद्युत आयोजनाहरू निर्माण गरी सेयरधनीहरुलाई उचित प्रतिफल दिने हेतुल अगाडि बढिरहेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र उठेका प्रश्नहरू

img

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाउँबाट ...

नवज्योतिको नवाै साधारणासभा सम्पन्न

img

नवज्योति बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको नवाै वार्षिक साधरणसभा ...

टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

img

ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन ...

स्याउ उत्पादन घटेपछि कृषक चिन्ता

img

जिल्लाको माथिल्लो भेगमा वर्षेनी स्याउको उत्पादन घटेपछि कृषकहरुमाझ चिन्ता बढेको छ । वरिष्ठ ...

ज्योतिको एघारौं साधारणसभा सम्पन्न

img

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ साधारणसभा विहीबार राजधानीमा सम्पन्न भयो । ...

नाका खुलेसँगै राजस्वमा वृद्धि

img

रसुवा अन्तर्राष्ट्रिय नाका रसुवागढी लगायत पहिरो गएर अवरुद्ध भएको राजमार्ग खुल्ला भएपछि ...

पत्रपत्रिका

सबै