तिब्बतसँगको मितेरी रसुवागढी

| रसुवा (टिमुरे)

१९१२ सालमा ऐतिहासिक गढीको निर्माण भई यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो । ठुलाठुला ढुंगा कुँदेर बनाएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन ससाना ४७ वटा प्वाल र ६० फिट लम्बाइ ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौजी आफू सुरक्षित रहदै चिनियाँ फौजसँग चार पटकसम्म लडाइँ लडी चिनियाँले बेत्रावतीसम्म किल्ला गडेतापनि सफल भएका थिए ।

बहादुर शाह, जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाइँमा यही गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसँग युद्ध जितेर प्राचीनकालमा नेपाल र भोटबीच चल्ने व्यापारिक प्रमुख नाकाको रुपमा परिचित गढी भनेर चिनिन्छ ।

साविकको टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी लिच्छविकालमा अंशुवर्माको शासनकालको बेला र उनकी छोरी भृकुटी यही नाका हुँदै माइती (नेपाल) आउने गरेको किम्वदंती छ । कठिन भौगोलिक बनावट र उच्च हिमाली क्षेत्रमा रहेको कारण उत्तर सीमातर्फ नेपाल चीन व्यापारको लागि बाह्रै महिना सहज ढंगले अावगमन कठिन छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केरुङ खोला मिलेर भोटेकोशी नदी सुरु भई दोभानमा रसुवागढीको निर्माण भएको हो । तर २०७२ को भूकम्पले सो ढुङ्गा भत्किएपछि फेरि त्यसलाई पुननिर्माण गरिएको छ ।

हाल अहिले रसुवागढीबाट मानसरोबर जाने भारतीय पर्यटकहरू आउने गरेका छन् । चीनले २०२० सम्ममा नाकाभन्दा २६ किलोमीटर पर रहेको केरुङसम्म चिनियाँ रेल ल्याउने कुरा भइरहेको र दीर्घकालीन आर्थिक उद्देश्य अनुरुप सो मार्गबाट दक्षिण एसियाको बजारसम्म पहुँच पुर्याउने रहेको छ ।

रसुवागढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने गढी यहीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको इतिहासमा पाइन्छ । भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यहाँबाट अन्तर्राष्ट्रिय व्यापारी नाका सुचारु भएको हो । यसले देशलाई धन्ने कर असुली गरिरहेका छन् । नेपाल र तिब्बतसँगको साइनो जोड्ने मितेरी नै रसुवागढी नाका हो ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै