धनकुटामा ओली सरकारविरुद्ध कांग्रेसको प्रर्दशन

| धनकुटा

नेकपाका ओली सरकार गठनपछि धनकुटामा पहिलो पटक विरोध प्रदर्शन गरेको छ ।  दैनिक उपभोग्य वस्तु तथा सामग्रीको चर्को मूल्य, विभिन्न क्षेत्रमा करमा गरिएको अत्यधिक बृद्धि र असंबैधानिक गतिविधिको विरोधमा आज मंगलबार नेपाली कांग्रेस धनकुटाले विरोध प्रर्दशन गरेको हो ।

शहीद भीम नारायण श्रेष्ठ स्मृति भवन पार्टी कार्यालय धनकुटाबाट निस्किएको विरोध र्यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी बसपार्कमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई नेपाली कांग्रेसका सभापति अग्नि प्रसाद पौडेल, १ नम्वर प्रदेशका सांसद लिला सुब्बा, नेपाली कांग्रेसका यूवा नेता पदम पौडेल, महासमिति सदस्य अजित नारायण सिंह थापा, पूर्व सभापति हरी कुमार राई, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य निर्मल ओझा, क्षेत्रीय सभापति जितेन्द्र राई, नेविसंघका केन्द्रीय सदस्य ममता राई लगायतका नेताहरुले सरकारले संविधान मिचेर अगाडि बढ्दै बाटो विराएकोले सही बाटोमा ल्याउन र मूल्य बृद्धि नियन्त्रण गर्न असफल भएको र सबै क्षेत्रमा अध्याधिक कर बृद्धि गरेकोले विरोध गर्न बाध्य भएको वताए ।

सहभागी नेता तथा कार्यकर्ताहरुले सरकार दई तिहाईको दम्बकासाथ असंबैधानिक र जनविरोधी कार्य गर्दै अगाडि बढे सशक्त आन्दोलनमार्फत सकारलाई सत्ताच्यूत समेत गर्ने सक्ने चेतावानी दिएका थिए ।

अाज राजधानी लगायत देशभर कांग्रेसले प्रदर्शन गरेको हो ।

प्रतिकृया दिनुहोस्

पाँचथरमा पनि आज ६९ औं प्रजातन्त्र दिवस

img

६९ औं प्रजातन्त्र दिवस पाँचथरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ...

सम्झना र सम्मानमा प्रजातन्त्र दिवस : प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक ...

शाहीको आमसभा राजा अाउने घोषणा

दरबार निकट संघ, संस्थाहरु पछिल्लो समय बिभिन्न गतिविधिहरुमा सक्रिय हुन थालेका छन् । यसै क्रममा शनिबार शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा ...

सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन : प्रवक्ता शर्मा

img

पशुपति शर्माको गीत लुट्न सके लुट...ले बालुवाटार हल्लिदा एकाएक गीत हटाउन बाध्य ...

प्रधानमन्त्रीको वाक्य हास्यास्पद : गगन थापा

img

नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन ...

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । तीन ...

पत्रपत्रिका

सबै