समुद्रटारमा बन्यो स्वास्थ्यचौकी

३ रोपनी जग्गा दान

| नुवाकोट

नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ६स्थित समुद्रटार स्वास्थ्य चौकीको नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिहं तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा शहरी विकास तथा भौतिक निर्माण बिभाग, डिभिजन कार्यालय नुवाकोटबाट प्राप्त २ करोड रुपैयाँको लागतमा भवन सम्पन्न भएको जानकारी गराइएको थियो । प्रमुख अतिथि अध्यक्ष तामाङले कार्यक्रम सम्बोधन गर्दै भने- ‘गुणस्तरीय स्वास्थ्य सेवा पाउनु जनताको मौलिक हक हो । यो स्वास्थ्यचौकीमा एमबीबिएस डाक्टरहरुबाट गुणस्तरीय सेवा दिने वातावरण बनाउन म लागि पर्नेछु ।’ यस स्वास्थ्य चौकीबाट ओपिडि, बर्थिङ, बाल खोप सेवा, सुरक्षित मातृत्व लगायतका सेवाहरू उपलब्ध हुने भएका छन् ।

कार्यक्रममा विशेष अतिथि गापा उपाध्यक्ष अन्जु आचार्यले सुत्केरी मैत्री र बेबी वारमारको लागि आवश्यक औजार तथा उपकरणहरुको व्यवस्थापन भएको वर्थिङ सेन्टर संचालन गरिने बताए ।

स्वास्थ्य चौकीको स्तरोन्नती गराउन सहयोग पुर्याउने उद्देश्यले स्थानीय समाजसेवी होमबहादुर डंगोल र मेनुका डंगोलले ३ रोपनी जग्गा दान गरेका थिए । यसैगरी समाजसेवी मधुसुदन आचार्य र राधादेवी आचार्यले पनि २ रोपनी जग्गा दान गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि तामाङले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गरिएको थियो । समयमै भवन निर्माण सम्पन्न गरेकोमा व्यवसायी सिद्धार्थ/धनन्जय/मदरल्याण्ड जेभीलाई सधन्यवाद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रम हेल्थपोष्ट व्यवस्थापन समितिका अध्यक्ष एवं सोही वडाका वडाध्यक्ष किशोर आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ७का वडाध्यक्ष भेषबहादुर सिटौला, वडा नं. ३का वडाध्यक्ष ध्रुवकर केसी अतिथिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर

img

गरिब असाहयहरुका लागि धनकुटामा कार्तिक ४ गतेदेखि कार्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा ...

युनिसेफद्वारा निर्माण स्वास्थ्य चौकी वडालार्इ हस्तान्तरण

img

दोलखा शैलुङ गाउँपालिका -१ दुधपोखरी स्वास्थ्य चौकी प्रीफ्याब भवन  निर्माण सम्पन्न गरि ...

भूकम्पले भत्किएको ४ वर्षपछि नयाँ भवन

img

भूकम्प गएको चार वर्षपछि जिल्ला अस्पताल टेन्टबाट नयाँ भवनमा सरेको छ । ...

६ सय १२ को आँखा परीक्षण

img

रसुवा नौकुण्ड गाउँपालिका वडा नं. ६ स्थित सस्र्युमा एक दिने शिविरमा ६ ...

दोलखामा पशु उपचार केन्द्र संचालन

img

जिल्ला पशु सेवा कार्यालय दोलखालाई अहिले प्रदेश सरकारले भेटेनरी अस्पताल तथा पशु ...

दुई सयभन्दा बढीले लिए निशुल्क सेवा

img

जिल्ला प्रशासन कार्यालयले सुरु गरिएको निशुल्क स्वास्थ्य सेवामा दुई सयभन्दा बढी सेवाग्राहीले ...

पत्रपत्रिका

सबै