रक्त सञ्चार दिवस रक्तदान

| दोलखा

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ ५२ औँ रक्त सञ्चार दिवस दोलखामा पनि शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा चरीकोटका उपसभापति मुरारी दुलालले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक दोलखामा सञ्चालमा रहेको ब्लड बैकले सेवा दिगो ढंङगले सञ्चालन गर्न स्थानीय तहसँग सहकार्य गर्नुपर्ने वताए ।

वीर अस्पतालमा आउने विरामीहरुलाई रगत उपलब्ध गराउने उदेश्यले २०२३ साल साउन १२ गते रक्तसञ्चार केन्द्र स्थापना गरेको दिनको सम्झना गर्दै रेडक्रसले प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला २०६५ सालमा स्थापना भइको व्लड बैङक सञ्चालन विनाशकारी भूकम्पको कारण नियमित सेवा दिन नसकिरहेकोमा अवस्थामा स्वास्थ्य कार्यालयको भवन मर्मत गरेपछि सरोरकारवाहरुको सहयोगमा गत बैशाख महिनामा पुन ब्लड बैकले सेवा सुरु भएको छ । ब्लड बैङक सुरु भएपछि दोलखामा रगतको अभाव नभएको पाइएको छ । ४० पिन्ट भण्डारण भएको बैक पुन सुरु गर्न चरीकोटका ४ ओटा अस्पालका आउने विरामीहरुलाई रगतको अभावन नभएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला अहिले १ पाउन्ड रगतका लागि ५ सय रुपैयाँ लिने गरिएको छ भने ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक र रगत खरिद गर्न नसक्ने अति विपन्नका लागि स्थानीय तहको शिफारिसको आधारमा निशुल्क रगत दिने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

श्रीमती संघद्धारा निशुल्क स्वास्थ्य शिविर

img

रसुवाको स्याफ्रुबेशीमा निशुल्क स्वास्थ्य शिविर तथा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ...

दान दिएको जग्गामा बन्यो स्वास्थ्य चौकी

img

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ का ४८ वर्षीय विन्देश्वर साहले चिया बेचेर किनेको ...

सिरहामा निःशुल्क योग शिविर सम्पन्न

img

‘योग गरौं, निरोग रहौं मुल नाराका साथ’ सिरहाको पदमपुरमा ७ दिवसीय निःशुल्क ...

धनकुटामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट सयौंले पाए नयाँ जीवन

img

धनकुटा अस्पतालमा १३ दिन संचालित निशुल्क शल्यक्रिया तथा उपचारबाट धनकुटा लगायत विभिन्न १७ जिल्लाका ...

निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर

img

गरिब असाहयहरुका लागि धनकुटामा कार्तिक ४ गतेदेखि कार्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा ...

युनिसेफद्वारा निर्माण स्वास्थ्य चौकी वडालार्इ हस्तान्तरण

img

दोलखा शैलुङ गाउँपालिका -१ दुधपोखरी स्वास्थ्य चौकी प्रीफ्याब भवन  निर्माण सम्पन्न गरि ...

पत्रपत्रिका

सबै