नुवाकोटमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

मुल्य बृद्धि फिर्ता नहुने नगरपालिकाको अडान

| नुवाकोट (बिदुर)

बिदुर नगरपालिकाबाट पारित गरिएको एकृकित सम्पति करको मूल्य बृद्धिको बिरोधमा निकालिएको र्यालीमा प्रहरी र काग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा ३ जना प्रहरी सहित ९ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली कांग्रेसका पूर्व सभापति धुव्र अधिकारी, प्रवत्ता राजु थापा, सविन गिरी, जगन्नाथ नेपाल, सुनिल श्रेष्ठ, रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । अन्य घाइते हुनेमा धनसिंह तामाङ, जगत तामाङ, नेत्र ढकाल र निरज चित्रकार रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

नेपाली कांग्रेस नुवाकोट र कांग्रसको भादृसंगठनले निकालिएको शान्तिपूर्ण बिरोध र्यालीमा प्रहरीले हस्तक्षेप गर्दै आफूहरुलाई ज्ञापनपत्र बुझाउन नदिएको काँग्रेसले आरोप लगाएको छ । जुलुसमा बाक्लो सहभागि भएका कांग्रेसका कार्यकर्ता नगरपालिकाको कार्यालय पुग्ने बित्तिकै नगरपालिकाको परिषद्मा प्रवेश गर्न प्रहरीले अवरोध गर्दा नगर कार्यपालिकाको प्रांगणमा झडप सुरु शुरु भएको थियो ।

काग्रेस कार्यकर्ताले नगरपालिकाका मेयर सञ्जु पण्डितलाई बिहीबार ज्ञापनपत्र बुझाउन भित्र जान खोज्दा प्रहरी र विदुर नगरपालिकाका नगर प्रहरीले कांग्रेस कार्यकर्तालाई बल प्रयोग गरेर लाठीचार्ज गर्न शुरु गरेपछि नगरपालिका तनावग्रस्त बनेको थियो । लाठी चार्ज र ढंगा प्रयो गरी भएको झडपमा बिदुर नगरकार्यपालिका कार्यालयका झ्याल सहित ७ वटा सवारी साधनमा क्षति पुगेको छ ।

 प्रहरी र विदुर नगरपालिकाको नगरप्रहरीले संयमित नअपनाई काग्रेस कार्यकर्तामाथि कुटपिट गर्न थालेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रतिकार गरी मेयरलाई ज्ञापनपत्र दिन पाउनुपर्ने माग राखेका थिए । प्रहरी र नगरप्रहरीले कांग्रेसका कार्यकर्तालाई छानीछानी निसाना बनाउदै लाठी चार्ज गरेको काँग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

काग्रेसले विदुरको लोकतान्त्रिक चोकबाट शुरु गरेको बिरोध जुलुस विदुर चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर विदुर नगरपालिकातर्फ फर्किएको थियो ।

आफूहरुको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी र नगरप्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले घटनाको घोर भत्र्सना गर्दै आफ्ना कार्यकर्ताले गरेको शाान्तिपूर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको र त्यसको प्रतिकार आफूहरुले पनि गर्न सक्ने भन्दै सावधान रहन चेतावनी दिएको छ ।

यस्तै, नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुव्र अधिकारीले नगरपालिकाले बढाएको करलाई फिर्ता गर्न दबाब दिन आउँदा प्रहरीले आफूमाथि लाठी प्रहार भएको भन्दै घोर भत्र्सना गरेका छन् । उनले आफूहरुले जनताको मागलाई मध्यनजर गर्दै करमा लगाइएको मूल्यबृद्धि फिर्ता लिन ज्ञापनपत्र बुझाउन आउदा शान्तिपूर्ण र्यालीमा प्रहरीले निर्मम तरिकाले दमन गरेको भन्दै घटनाको घोर भत्र्सना गरेको छ ।

घटना लगतै कांग्रेस पार्टी कार्यालयले विदुरमा पत्रकार सम्मेलनको आयोजना गदै जिल्ला सभापति जगदिशनरसिंह केसीले विकास आयोजनामा नगरपालिकाले मनलाग्दी ढंगले नीति तथा योजना बनाएको बताए । उनले बिदुनगरपालिकाका मेएर उपमेयरसँगै बसेर एकृकित सम्पति करबारेको समस्या समाधानको लागि छलफल गर्न जाँदा प्रहरीको सुरक्षाको घेरमा बसेर नगरपालिकाका मेयर सञ्जु पण्डित लजास्पद ढंगबाट लुकेर बसेको आरोप लगाएको छ ।

यस्तै, पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुव्र अधिकारीले नगरपालिकामा जनताको मुद्धाको विषय लिएर जाँदा आफूहरुमाथि आक्रमण गरिएको भन्दै नगरपालिकाको यस्तै रवैया भएमा योभन्दा ठुलो आन्दोलन हुने बताएको छ । उनले नगरपालिकाले जनताको ढाड सेक्ने गरी बढाएको एकिकृत सम्पत्तिको कर फिर्ता नलिए नगरपालिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी समेत दिएको छ ।

विदुर नगरपालिकाले गत असार १० गते नगरसभावाट पारित गरेको एकिकृत सम्पत्ति करको अहिले नेपाली कांग्रेसबाट मात्र नभई सर्वत्र विरोध भइरहेको छ । तर नगरपालिकाका उपमेयर गीता दाहालले पत्रकार सम्मेलनमा आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलिने अडान राखिएको छ । दाहालले कसैको डर र धम्कीको प्रयासमा नगरपरिषदले पास गरेको आर्थिक विधेयक कुनैपनि हालतमा फिर्ता नहुने बताएको छ ।

नेपाली काग्रसले आज बिदुरमा भएको घटनाको समेत बिरोध गरी यही साउन १५ गते केन्द्रीय समितिको निर्देशन अनुरुप पुन बिदुरमा विशाल जुलुस गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सडक मर्मतमा जनप्रतिनिधिसहित स्थानीय

img

काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृत्तिलाई गतिलो जवाफ दिएका ...

टीकाभैरब-घुसेल सडक शिलान्यास

img

गोदावरी नगरपालिका–९ टीकाभैरबदेखि बागमती गाउँपालिका–१ घुसेलसम्मको बाटो आज गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन ...

गोदावरीमा अनलाइन सेवा शुरु

img

गोदावरी नगरपालिकाभित्रका १४ वटा वडा तथा नगरपालिका कार्यालयबाट अनलाइन सेवा शुरु भए ...

गोदावरीको घोषणा : आधारभूत तहको शिक्षा सुनिश्चित

img

कोही पनि विद्यालय जाने उमेर समूहका बालवालिकाहरू विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक ...

धनकुटा बालमैत्री नगर हुने

img

उचित फोहर ब्यावस्थापन तथा देशकै सफा शहरको रुपमा नेपाल सरकारबाट पुरस्कृत भैसकेको ...

भीमेश्वरले विद्यालय बाहिर बालबालिका नरहेको घोषणा

img

दोलखाको भीमेश्वर नगरपालिकालाई शुक्रबार आज एक कार्यक्रममाविच बालबालिका विद्यालय बाहिर नरहेको घोषणा ...

पत्रपत्रिका

सबै