असफलता नै सफलताको खुड्किलो हो : सन्तोषकुमार दाहाल

| नुवाकोट

निरन्तर प्रयास नै सफलताको सूत्र हो भन्ने कुरालाई प्रमाणित गरेका छन् सन्तोषकुमार दाहालले । हाल ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका उनी तत्कालीन सिरहाको हनुमाननगर गाउँपञ्चायतमा सामान्य परिवारमा जन्मेका हुन् । प्रारम्भिक शिक्षा आरम्भ गर्ने बेला उनकी आमा साह्रै हैरान थिइन् कि अब यो छोरालाई कसरी पढाउने–लेखाउने भनेर । जति सिकाउदा पनि उनले साँवा अक्षर चिन्नै सकेनन् । भन्छन् नि ‘हुने हुनामी’ त्यहीबेला एकजना नयाँ शिक्षक देखा पर्यो त्यो गाउँमा । उनै शिक्षकले छु मन्तर गरेझैं सिकाई दिए उनलाई सहजै पढ्न र लेख्न । त्यसपछि आमा सुभद्रा दाहाल र बुबा सर्वदेवलाई यो छोराको पढाईबारे उती चिन्ता लिनु परेन ।

मधेशको सामान्य परिवारको केटाकेटी जसरी हुर्कन्छन् हिलो, पानी पौडी खेलेर, गाई बस्तु चरन गरेर त्यसरी नै बित्यो उनको पनि दिनचर्या । आजभोलि गर्दागर्दै ०४२ सालमा एस.एल.सी. सकेपछि भने उनको जीवनले नहिडेको बाटो हिंड्नुपर्ने भयो । हुनेखानेका छोराछोरी त त्यतै हुँदी पनि पढे तर उनको काँधमा भने खर्च जुटाएर पढ्नुपर्ने जिम्मेवारी आइपर्यो । रोजगारीको साथमा उच्च शिक्षाको सपनाको कुम्लो बोकेर काठमाडौं छिरे उनी । काम गर्दै आइएमा भर्ना भए । विद्यालय चरणदेखि नै हाजिरी जवाफमा पोख्त उनी यहाँ आएपछि सामान्यज्ञानको किरो नै बन्यो । त्यसले उनलाई कक्षाको अलवा अतिरिक्त ज्ञान दियो र आइए सकेलगतै राष्ट्रिय बाणिज्य बैंकको खुल्ला प्रतिस्पर्धात्मक परीक्षामा सामेल भए । यो नै उनको जीवनको पहिलो खुशीको क्षण थियो । ०४७ बैशाखबाट सहायक अधिकृत भई उनी बैंकिङ क्षेत्रको सानो घेरोभित्र सीमित हुन पुगे । सुरुमा त यहाँको आकर्षक तलबले उनको मन भुल्यो तर केही दिनपछि नै सामान्य प्रणालीभित्रको एउटै दैनिकी कार्यमा खुम्चेर बस्न उनलाई त्यति चित्त बुझेनन् र त निजामती सेवातर्फ ध्यान तानिए । ०५० मा ०५१ मा लोकसेवामा भाग लियो तर उनले सफलता पाउन सकेनन् । ०५३ मा भएको लोकसेवामा लिखितमा पास भएर पनि मौखिकमा वैकल्विकमा ठेलिए । असफलता नै सफलताको खुड्किलो हो भन्ने बुझेका उनले आफूलाई यसैबीच झनै तिखार्न पाए । फलतः ०५४ सालमा भएको परीक्षामा शाखा अधिकृतमा उतिर्ण भई ०५५ साल जेठ १९ गतेबाट उनी निजामति सेवातर्फ प्रवेश गरे । जिल्ला सहकारी कार्यालय, हेटौंडा, मकवानपुरमा शाखा अधिकृत भएर उनी ०५८ मंसिरसम्म बसे । बैंकमा हुँदा एउटै प्रकृयाको काममा मात्र अल्झिनु पर्ने उनले निजामतितर्फ आएपछि भने चुनौतीलाई पनि समाना गर्नुपर्ने भयो । उनलाई चुनौतीबीच गरिने काम साह्रै रमाइलो र कर्तव्य निष्ठा पनि लाग्यो ।

असफलता नै सफलताको खुड्किलो हो भन्ने बुझेका उनले आफूलाई यसैबीच झनै तिखार्न पाए ।

निजामती सेवामा प्रवेश गरेकाहरुले पाँच वर्ष सेवा पूरा गरेपछि मात्र माथिल्लो तहमा प्रतिस्पर्धा गर्न पाउँथ्यो । त्यसको लागि शैक्षिक योग्यता त अनिवार्य नै भईहाल्यो । उनले त्यतिबेलासम्म बिए, बिएल गरिसके पनि मास्टर डिग्री भने गरिसकेको थिएन । त्यहीबेला मकवानपुरबाट उनको सरुवा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंमा भयो । यहाँ ०५८ देखि ०६५सम्म कार्यरत रहेकै बेला उनले ०६१मा व्यवस्थापन संकायअन्तरगत मास्टरडिग्री गरे । यो अवधीमा उनी पारिवारिक बन्धनमा पनि बढी बाँधीन पुगे । जसका कारण लोकसेवाको उति तयारी गर्न पाएनन्, तर पनि आन्तरिक बढुवा भई उपसचिव बने । उनी पढुन्जेल सामान्य खालको विद्यार्थीमै दर्जा रह्यो, कहिल्यै विशिष्ट बनेनन् । तर हरेस नखाई निरन्तर मिहेनत गरिरहेकै कारण आज देशको निजामती सेवाको उपसचिव पदमा पुग्न सफल भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान, आयोग र उर्जा मन्त्रालयमा काम गरिसकेपछि उनी डोल्पा जिल्ला विकास कार्यालय पुगे । भौगोलिक क्षेत्रको कार्यानुभवका आधारमा बढुवालाई सहयोग पुग्नसक्ने भएका कारण पनि उनले यो ठाउँलाई रोजेका थिए । स्थानीय विकास अधिकारी बनेर उनी यहाँ आइपुग्दा स्थानीइ चुनाव नभएका कारण जनप्रतिधी चुनिइसकेको अवस्था थिएन । पुरानो सत्ता परिवर्तन र नयाँ सत्ताको गठनको संक्रमणकालीन अवस्था थियो । जिल्ला विकासमा जनप्रतिनिधिले गर्ने काम र कर्मचारीले गर्ने दुवै काम कर्मचारीले नै गर्नुपर्दथ्यो । स्थानीय विकास अधिकारी भएपछि त झन् डोल्पा जिल्लाभरीको विकास कसरी कुसलतापूर्वक गर्ने भन्ने ठूलो जिम्मेवारी उनको काँधमा आइपर्यो । उनी भन्छन्, ‘भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक कारणले गर्दा ठाउँअनुसार मानवीय व्यवहार र स्वभाव पनि फरकफरक हुन्छन् । यसलाई हामीले चिन्न सक्नुपर्छ र त्यहीअनुरुप सहीढंगले व्यवहार गर्नसक्नु पर्दछ ।’ उनी त्यहाँ दुई वर्ष रहँदा त्यस्तो कुनै विवाद भएन, यसलाई उनको कुशल कार्यक्षता मान्नुपर्ने नजिकबाट बुझ्नेहरू बताउँछन् । डोल्पामा उनीपुग्दा दुनै जोड्ने सडक लामो समयदेखि मुआब्ज विवादमा फसेर स्थानीयले सडक खोल्न अवरोध गरिरहेका थिए । उनीहरुले बजारबाट पनि खोल्न नदिने र खेतबारीबाट पनि लान नदिएका कारण दुइतिरबाट गएर सडक त्यही टुङ्गिएको थियो । स्थानीयहरू चर्को मुआब्ज माग गरिहेको थियो भने सरकारका सम्बन्धितवालाहरू जग्गाको न्यून मूल्याङ्कन मात्र दिन तयार थियो । उनले त्यसलाई सजिलै मिलाए । अहिले त्यो बाटोमा जीप र अन्य सावारी साधानहरू चलिरहेको खबरले उनी खुशी देखिन्छन् र यो नै आफ्नो जीवनको अविस्मरणीय क्षण रहेको बताउँछन् । उनले त्यहाँ रहँदा काठबाट बनेको पुरानो पुल जहाँबाट डोल्पा सदरमुकाम एयरपोर्टबाट आवतजावत गर्दा खुट्टाले हिंडेर मात्र पार गर्न मिल्थ्योलाई भत्काएर नयाँ अटो लेबलको पुल बनाउने योजना स्वीकृत गराई ठेक्का सम्झौता गरे । अहिले त्यो पुल चलनचल्तीमा आइसकेको छ । एयरपार्टबाट आउँदा हिजोको झैं खुट्टाले पार गर्नुपर्ने स्थिति हटेको छ । यो पनि उनको लागि खुशीको कुरो हो ।

डोल्पाबाट फेरि उनी उद्योग मन्त्रालयमै तानिए । त्यहाँ करीब डेढ वर्ष बिताएपछि अहिले उनी ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत छन् । नीतिगत तहभन्दा कार्यमूलक क्षेत्रमै बढी समय बिताएका उनी विभिन्न स्थान घुमिसकेपछि यहाँका जनतालाई आफ्नो कुशल अनुभव बाँढ्न चाहन्छन् । उनी भन्छन्, ‘डोल्पाबासीहरू स्थानीय उत्पादनलाई जोड दिंदैनन्, बाहिरबाट आपूर्ति गर्ने प्रचलन छ । यहाँका बासिन्दाहरुले पनि त्यो गल्ती गर्नुहुँदैन । आफ्नो स्थानीय उत्पादनलाई बढी जोड दिनुपर्दछ ।’ यसो त अब ककनीलाई आबको आर्थिक वर्षदेखि ट्राउट माछा हब बनाउने मात्र नभई स्ट्रबेरी र किबीको विशेष क्षेत्र बनाउने घोषणा नीति तथा कार्यक्रममा समेत उल्लेख गरिकसेको छ । मूलाको प्रबद्र्धनलाई अँझ उन्नत पार्दै फुङफुङे झर्ना र ककनी डाँडालाई बाह्य तथा आन्तरिक पर्यटन क्षेत्र बनाउन विशेष योजना अगाडि सारेको छ । यो अवधारणाको लागि उनको उल्लेख्य योगदान रहेको गाउँपालिका अध्यक्ष मानवहादुर तामाङ बताउँछन् ।

अहिले सहसचिवको तयारीमा रहेका उनले नवपुस्ताका लागि भने, ‘हिम्मत नहारी मिहेनत गर्दै जानुपर्छ अवश्य सफलता पाउनेछ ।’

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै