धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बाह्रवर्षे इनार

| काठमाडाैं

काठमाडौंको ब्रम्हटोलमा रहेको एक इनारलाई बाह्रवर्षे इनारले चिनिन्छ । यो इनारको आफ्नो छुट्टै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको छ । यही इनारको नामबाट जात्रा मनाउने गर्दछ । बाह्रवर्षमा एक पटक इनारलाई सफा गरी जात्रा मनाउने प्रचलन रही आएको छ ।

जामन गुभाजुले पूजापाठ गरेर स्थापना गरेको इनार भएकाले यसलाई ज्यापू तुँ पनि भनिन्छ । प्रताप मल्लको समयमा अनावृष्टि भएपछि जमान गुभाजुसँग परामर्श गरी तान्त्रिक विधिले पूजाआजा गरेर यो सिद्ध कुवालाई इनारको रुप दिई, दिव्य कलश स्थापना गरेपछि कान्तिपुरमा वृष्टि भएको भन्ने मानिन्छ ।

इनारको सरसफाई गर्न र खोल्नका लागि तान्त्रिक विधिले पूजा गर्नुपर्दछ । इनारभित्र पस्दा सात तला ओर्लेपछि सत्तल आउँछ । यो सत्तलको वीचमा दिव्य कलश राखिएको छ । यहाँ चार कुनामा चारवटा र वीचमा एउटा दिव्य कलश रहेको छ ।

यो इनारको सफा गर्दा राजाको प्रतिनिधिको रुपमा खड्ग राख्ने गरिन्छ । खड्गको सुरुक्षा गुरुज्यूको पल्टनले गर्दछ । यो इनारमा युवराज सुरेन्द्रको आदेशमा जंगवहादुर इनारभित्र प्रवेश गरेका थिए भन्ने पनि गरिन्छ ।

इनारको किनारैमा सुनौलो भ्यागुतोको मूर्ति देख्न सकिन्छ । अहिले यस स्थानमा जो कोही प्रवेशमा रोक लगाएको छ । स्थानीयको भनाइ अनुसार यस इनारको नामबाट मनाउने बाह्रवर्षे इनार जात्रा २०४६ सालबाट मनाएको छैन । इनार सफा गर्न र खोल्न विशेष तान्त्रिक विधिले पूजाआजा गर्न आवश्यक जनशक्ति खड्किएकोले बाह्रवर्षे इनार जात्रा मनाउन नसकिएको स्थानीयले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै