नेपाललाई ठोस सहयोगको आवश्यकता

| काठमाडौं

प्रधानमन्त्री के.पी. शर्मा ओलीको चीन भ्रमण भरखरै सम्पन्न भएको छ । चीन भ्रमणको क्रममा भएका सम्झौता र समझदारीहरु १४ बुँदे प्रेश विज्ञप्ति मार्फत् सार्वजनिक भैसकेका छन् । 

केहीले यातायात तथा पारवाहन र चीनीयाँ बन्दरगाहको उपयोग र तेल निर्यातसम्बन्धी पुरानै समझदारी कार्यन्वयन हुन नसकेको टिप्पणी गर्ने गरेका छन् । ती सबै पक्ष गृहकार्यको अभावले थन्किएको भनेता पनि बन्दरगाह उपभोग गर्न तेस्रो देशहरुसँग पनि समझदारीको खाँचो पर्ने भएको र तेल निर्यातको सवालमा ढुवानीको ‘अतिरिक्त बोझ’ कस्ले व्यहोर्ने भन्ने सवाल उठ्ने गरेको छ । यस विषयलाई दुई देशका संयुक्त संयन्त्रले आगामि बैठकहरुमा टुङ्ग्याउने भनिएको छ । 

चीनले आफूलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र प्रादेशीक अखण्डताको पक्षमा रहेको प्रष्ट पार्दै आएको छ । नयाँ दिल्ली पनि अब दक्षिण एशियामा जोखिमको बाटो रोज्न चाहदैनन् । उसले नेपालको राजनैतिक विकासको क्रममा नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय कुटनैतिक अभियान पनि चालिसकेका छन् । त्यतिले भाजपालाई आफ्नो अन्तर्राष्ट्रिय छबीमा दाग लागाईसकेको स्थिति छ । तर, आगामि चुनावमा पुनः बाजि मार्नका लागि अहिले ‘चीनको खतरा’लाई सस्तो प्रचारबाजी गर्न थालेका छन् । यहाँनेर बुझ्नु पर्ने गाँठी कुरा के हो भने चीनले प्राचीन सम्राटकालदेखि नै उसको सुरक्षानीति आक्रमक होइन रक्षात्मक रहेको बताउँदै आएको छ । चीनीयाँ अधिकारीहरुले भन्ने गरेका छन्– ‘हामी दक्षिण एशियामा बन्दुक बोकेर होइन, सहयोगका प्याकेज बोकेर आउँछौं’ । साँच्चै भन्नु पर्दा चीन र भारत दुबै देश सभ्यता र संस्कृतिको खानी नै भएर पनि इतिहासको खालखण्डमा विदेशी आक्रमणकारीको शिकार हुन पुगेकै हुन् । चीनको अनुपम सम्पदा महान पर्खाल पनि विदेशी आक्रमणबाट जोगिनकै लागि बनाएका थिए । तर, जुन बेला भारतमा ब्रिटिस उपनिवेशवादी ईष्ट इन्डियन कम्पनीको शासन कायम थियो त्यसै बेला गोर्खालीहरुले खुकुरी खुँडाको भरमा ‘अशली हिन्दूस्तान’का लागि उपनिवेशवाद विरोधी लडाई लडेका थिए र आफ्नो राष्ट्रिय स्वाधिनतालाई जिउँदो जाग्दो बनाए । 

अहिले चीन चीनीयाँ नमूनाको समाजवादी अर्थतन्त्र अन्तर्गत विश्वको मूल आर्थिक शक्तिको रुपमा उदीयमान राष्ट्रको दर्जामा गनिएका छन् । उसले आफ्नो सभ्यता, धर्म, संस्कृतिको संरक्षण गर्ने बाचा पनि गरेका छन् । आधुनिकताको नाममा आफ्नो सभ्यतालाई पखाल्नु हुन्न भन्ने विचार लिएको देखिन्छ । 

कट्टरपन्थी हिन्दू विचार दिएर चुनाव जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र गंगानदीको सफाईको योजना समेत पुरा गर्न सकेका छैनन् । आगामी ‘हिन्दूमत’ कता लर्किने हो त्यो निश्चित छैन । नेपाल भ्रमणमा समेत जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथको दर्शन यात्राले आफ्नो पार्टीको पक्षमा भोट बटुल्ने नियतले भएको भन्ने नेपाली प्रेश लगायतको टिप्पणी नआएका होइनन् । तर ‘चाइना थ्रेड’को नाराले ‘हिन्दूस्तान’ सोहोर्न सक्ने देखिदैन । बरु अन्तर्राष्ट्रिय सम्बन्ध विगार्दै लगेको भनि विपक्षले आरोप लगाउन सक्ने देखिन्छ । 

नेपालले असंलग्न र स्वतन्त्र परराष्ट्र नीति अंगिकार गर्छ जो संविधानमा प्रष्ट उल्लेख छ । यहाँ ‘चीन परास्त’ भयो भन्ने अर्थ लाग्दैन । बरु नेताहरु ‘भारत परस्त’ भए भन्ने आवाज जनस्तरबाट बारम्बार जुन्जने गरेका छन् । अहिले नेपाललाई चाहिएको देशको विकास हो । राजनैतिक ओठे विवादमा अलमलिने बेला छैन । नेपाललाई कुटनैतिक दाउपेच आवश्यक पनि छैन । आवश्यकता छ त ठोस सहयोगको । त्यही कुरो चीनले पनि गर्ने प्रतिवद्धता, सम्झौता र समाझदारी मार्फत् जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ३ को सचिवमा पूर्वमन्त्री पोखरेल

img

पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल नेकपाका प्रदेश नं. ३ का सचिवको जिम्मेवारी दिएको ...

संविधान विरोधी नेपाल मुक्ति मञ्च

img

हिजो आश्विन ३ गते संविधान दिवस । यो अवसरमा देशभर विशेष कार्यक्रमको ...

गणेशमान जस्तो नेता देशलार्इ खाँचो

img

देशमा क्रान्तिनायक गणेशमान सिंहको जस्तो त्याग, समर्पण, आँट र  क्रान्तिकारीपन अहिले आवाश्यक रहेको जिल्ला नेताहरुले ...

असोजमा दलित पार्टीको राष्ट्रिय भेला

img

नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीलेपछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए ...

शहीदभूमिमा कांग्रेसले बाँडे सदस्यता कार्ड

img

नेपाली कांग्रेस धनकुटाले संगठनलाई क्रियाशील तथा सुदृढीकरण गर्ने उद्देश्यले बिहीबार धनकुटाको शहीदभूमि ...

विधान मस्यौदा समितिलार्इ १५ बुँदे सुझाव तथा मागपत्र हस्तान्तरण

img

नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुँदे माग तथा सुझावपत्र बुझाएको छ ...

पत्रपत्रिका

सबै