लोक तथा दोहोरीगीत प्रतिष्ठान युएईको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा पंगेनी

| युएई

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

युएइस्थित बरदुवईको एभरेष्ट होटलमा शुक्रबार सम्पन्न भएका प्रतिष्ठानका प्रथम अधिवेशनले गोपिकृष्ण पंगेनीका अध्यक्षमा २५ सदस्यीय कार्यसमिति चयन हो ।

प्रतिष्ठानका कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा ओम कुमारी थयम्वु र नारायण न्यौपाने,सचिवमा ओमकार पोख्रेल,महिला सचिवमा लक्ष्मी केसी,सह-सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा बिक्रम पौडेल,सह-कोषाध्यक्षमा गोपाल भट्टराई र सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेम बहादुर भण्डारी, अनिस दुवाडी, विरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविन जंग शाही, नरेन सापकोटा, बिमादेवी न्यौपाने, मणु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली चयन भएका छन् ।

कार्यक्रम नेपाली राजदुतावासका कार्यबाहक राजदूत सागर प्रसाद फुयाँलको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए । अधिवेशनका लागि नेपालबाट आएका विशेष अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख रमेश बिजी केन्द्रीय सदस्य कृष्ण आँसु रहेका थिए ।

प्रतिष्ठान युएईका सचिव ओम प्रकाश पोखरेलद्वारा सञ्चालित कार्यक्रमको सभापतिमा अध्यक्ष पंगेनी रहेका थिए ।कार्यक्रममा नेपालबाट आएका कलाकार,सर्जक रमेश बिजी,कृष्ण आँसु लगायत युएईमा रहेका सर्जक तथा कलाकारहरू बेजोड प्रस्तुति थिए ।

कार्यक्रममा रमेश राना, होमनाथ कुँवर र जुना श्रीषको स्वर तथा शिव हमालको लय शब्द रहेको `डाडैको वर लोक´ दोहोरीगीत समेत विमोचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीमा पृथ्वी रेमिट फड्को मार्दै

img

साउदीमा नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सञ्चालित पृथ्वी रेमिट आफ्ना पकड जमाउदै छन् । साउदीको ...

छुसकमा ख्याङ बु गाइज्ले डान्स पार्टी गर्ने

img

ख्याङ बु गाइज्ले कोरियन चाड छुसकमा `छुसक डान्स पार्टी´ गर्ने भएको छ ...

तामाङ समाज युएईको सातौं महाअधिवेशन अगष्टमा

img

तामाङ समाज यूएईको सातौं महाधिबेशन अगष्ट ३ मा हुने भएको छ । समाजको ...

कोरियामा नयाँ पारिश्रमिक रेकर्ड, मासिक पाैने दुर्इ लाख

img

सरकारले दक्षिण कोरियामा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि ...

युएईबाट एक नेपालीको उद्धार

img

युएईबाट बर्दिया समाज र एनआरएनए युएईको पहलमा एक नेपाली युवतीको उद्धार भएको ...

तामाङ बौद्ध महासंघ कोरियाको परिचयात्मक तथा भेटघाट

img

बौद्ध धर्म संस्कृति शिक्षा तथा लिपिका लागि तामाङ बौद्ध महासंघ दक्षिण कोरियाको ...

पत्रपत्रिका

सबै