म्यागङ गाउँपालिका युवा क्लबको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ

| नुवाकोट

नुवाकोटको म्यागङ गाउँपालिका युवा क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रवार म्यागङ गाउँपलिका- ३ देउरालीमा सम्पन्न अधिवेशनबाट अध्यक्ष विजय गुरुङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

क्लवका अन्य निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष गंगा सिङ तामाङ, द्वितीय उपाध्यक्ष दोर्जे तामाङ, सचिव सन्तोष खड्का म्यागङ, सहसचिव वीरबहादुर तामाङ, कोषाध्यक्ष बलबहादुर तामाङ, सहकोषाध्यक्ष मार्साल तामाङ र सदस्यहरुमा सन्जु घले, वीरबहादुर तामाङ, धनसिंङ तामाङ, सम्बर तामाङ, दावा तामाङ, हनुक बिक, उत्तम तामाङ, सुनिल तामाङ, शिशिर तामाङ र जित तामाङ रहेका छन् ।

अधिवेशनले क्लवका विभिन्न विभाग प्रमुखहरु समेत चयन गरेका छन्  । विदेश विभाग प्रमुखमा हाल साउदीमा कार्यरत दोर्जेसिंङ तामाङ 'अशिम', सांस्कृतिक विभाग प्रमुखमा मुन्न वाईबा, खेलकुद विभाग प्रमुखमा पुर्णबहादुर तामाङ र म्यागङ काठमाडौं सम्पर्क विभाग प्रमुखमा अजित तामाङलाई चयन गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष आशा तामाङकाे प्रमुख अातिथ्यमा सम्पन्न अधिवेशनमा वडाध्यक्षहरु हरि तामाङ, रुपबहादुर तामाङ, अतम सिङ तामाङलगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थित रहेको थियाे । 

गाउँपालिका र यसभित्र रहेका विभिन्न संघसंस्थाहरुको साझेदारीमा एक संगठित संस्थाको अवस्यकता रहेको र नुवाकोट जिल्लामै नमुना कामहरु गर्ने उदेश्यले  गाउँपालिका स्तरीय क्लब (संस्था ) स्थापना गरिएको अधिवेशनबाट नव निर्वाचित अध्यक्ष विजय गुरुङले बताए । क्लबका कार्यलय म्यागङ गाउँपालिकामा रहने भएको छ ।

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै