जातीय औपनिवेशिक प्रश्नबारे 

| काठमाडौं

(सामाजिक जनवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन ‘दोस्रो अन्तर्राष्ट्रिय’मा आवद्ध धेरैजसो पार्टीले प्रथम विश्वयुद्धमा आफ्नो देशका साम्राज्यवादी शासकहरुलाई समर्थन गरी मजदुर आन्दोलनलाई धोका दिए । ‘दोस्रो अन्तर्राष्ट्रिय’ विघटन भयो । सन् १९१९ मा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन निर्माण भयो, जसलाई ‘तेस्रो अन्तर्राष्ट्रिय’ अर्थात् ‘कम्युनिष्ट इन्टरनेसनल’ भनिन्थ्यो । कम्युनिष्ट इन्टरनेसनलको सन् १९२० मा भएको दोस्रो काङ्ग्रेसमा लेनिनले प्रस्तुत गरेको उक्त थेसिसको प्रारम्भिक खाका यहाँ दिइएको छ ।)

१. सामान्यतः समानताका बारेमा, विशेष गरेर जातीय समानताको समस्याका बारेमा अमूर्त र औपचारिक कुरा गर्नु बुर्जुवा लोकतन्तको विशेषता नै हो । व्यक्तिगत समानताका कुरा गरेर बुर्जुवा लोकतन्त्रले सम्पत्तिको मालिक र सर्वहारा, शोषक र शोषितका बीचमा औपचारीक तथा कानुनी समानताको घोषणा गरेर शोषित वर्गलाई ठग्नुसम्म ठग्छ । सबै मान्छे पूर्णतः समान छन् भन्ने तर्कको आधारमा बुर्जुवा वर्ग समानताको विचार, जुन स्वयं माल उत्पादनको सम्बन्धको प्रतिविम्ब हो, लाई वर्ग उन्मूलन गर्ने कुरा विरुद्धको आफ्नो संघर्षको हतियारमा परिणत गरिरहेको छ । समानताका मागको वास्तविक अर्थ वर्ग उन्मूलनको माग हो । 

२. बुर्जुवा लोकतन्त्रसँग मुकाबिला गर्ने तथा त्यसको झुट तथा पाखण्ड पर्दाफास गर्ने आफ्नो आधारभूत कार्यक्रम अनुरुप बुर्जुवा जुवा फ्याँक्ने सर्वहारा संघर्षको सचेत अग्रदस्ता भएको हुँदा कम्युनिष्ट पार्टीले जातीय प्रश्नको मामिलामा पनि आफ्नो नीति अमूर्त तथा औपचारिक सिद्धान्तका आधारमा नभई प्रथमतः विशिष्ट ऐतिहासिक स्थिति र मुख्यतः आर्थिक अवस्थाको सटिक मूल्याङ्कनका आधारमा; दोस्रो, उत्पीडित वर्गको गरिखाने तथा शोषित जनताको हित सबैको हितको गोलमटोल कुरा गर्ने शासक वर्गको स्वार्थ पूरा गर्ने अवधारणाका बीचमा सुस्पष्ट अन्तर खुट्याएर; तेस्रो, उत्पीडित, पराश्रित तथा परतन्त्र जाति र उत्पीडक, शोषक तथा प्रभुत्वशाली जातिका बीचमा त्यति नै स्पष्ट अन्तर खुट्याएर निर्धारण गर्नु पर्छ । जसले गर्दा ती बुर्जुवा लोकतान्त्रिक झुटको प्रतिकार गर्न सकिन्छ । 

३. सन् १९१४–१८ को साम्राज्यवादी युद्धले व्यवहारमा भार्साईको सन्धि ‘पश्चिमी लोकतन्त्र’को निर्बल राष्ट्र विरुद्धको अत्याचार अझ त्यसभन्दा बढी जर्मन युङ्कर र कैजरको ब्रेस्त–लितोब्स्कको सन्धि जत्तिकै बर्बर र विभत्स दस्तावेज थियो भन्ने देखायो, जसले सबै राष्ट्र र सारा दुनियाँलाई उत्पीडित वर्गको सामुन्ने बुर्जुवा लोकतान्त्रिक झुटलाई नाङ्गेझार पारिदियो । लिग अफ नेसन्सको युद्धपछिको सारा नीतिले यसलाई अझ प्रस्ट र दृढतापूर्वक देखाइदिएको छ । त्यसले विकसित देशमा सर्वहाराहरुको र औपनिवेशिक तथा पराधिन देशमा सर्वहाराहरुको र औपनिवेशिक तथा पराधीन देशमा गरिखाने जनतको क्रान्तिकारी संघर्ष अझ तीब्र भइरहेको छ । त्यसले पुँजीवादमा जातिहरु शान्ति र समानताका साथ रहन सक्छन् भन्ने निम्न बुर्जुवा भ्रमलाई थान्को लगाइदिन लागेको छ ।

४. उल्लेखित कुराले के निष्कर्ष निस्कन्छ भने कम्युनिष्ट इन्टरनेसनलको जातीय तथा औपनिवेशिक प्रश्न बारेको सम्पूर्ण नीति यस्तो हुनु पर्दछः जमिनदार तथा बुर्जुवाको तख्ता पल्टाउनका लागि मुख्यतः सबै जाति र देशका सर्वहारा तथा गरिखाने जनताको संयुक्त क्रान्तिकारी संघर्षलाई घनिष्ठ रुपमा जोड्नु पर्दछ । त्यसको मात्र पुँजीवादमाथि विजय सुनिश्चित हुन्छ । पुँजीवादमाथि विजय हासिल नगरिकन जातीय उत्पीडन र असमानता उन्मूलन हुन सक्दैन ।

५. संसारको राजनैतिक स्थितिले सर्वहारा अधिनायकत्वलाई स्वभाविक बनाइदिएको छ । संसारको राजनीतिक घटनाक्रम मात्र एउटा कुरामा केन्द्रित हुन पुगेको छ, त्यो हो– विश्व–बुर्जुवाहरुको सोभियत रुसी जनगणतन्त्र विरुद्ध संघर्ष र ती सबै देशमा अगुवा मजदुरहरुको सोभियत आन्दोलन र अर्कोतर्फ, उपनिवेश तथा उत्पीडित राष्ट्रहरु जहाँ आफ्नो मुक्ति विश्व साम्राज्यवादमाथि सोभियत व्यवस्थाको विजयले मात्र सम्भव छ भन्ने सिकिरहेका छन्, त्यहाँ राष्ट्रिय मुक्ति आन्दोलन संगठित भइरहेको छ । 

६. त्यस्तो भएकाले यति बेला कोही कसैले आफूलाई विभिन्न जातिका गरिखाने जनजाति बीचको घनिष्ठ निकटता आवश्यक छ भनेर कोरा रुपमा मुन्टो मात्र हल्लाउने अथवा त्यस्तो घोषणा गर्ने कुरामा मात्र सीमित गर्न सक्दैन; सोभियत संघर्षसँग सबे राष्ट्रिय तथा औपनिवेशिक मुक्ति आन्दोलनलाई घनिष्ठ रुपमा सम्बन्ध स्थापित गर्ने नीति अनुसरण गर्नु पर्छ । यस्तो सम्त्रन्धको स्वरुप प्रत्येक देशको सर्वहाराको कम्युनिष्ट आन्दोलन अथवा पिछडिएको देशमा या पिछडिएको जातिका मजदुर र किसानहरुलाई बुर्जुवा जनवादी मुक्ति आन्दोलनको विकासको स्तरद्वारा निर्धारित हुनु पर्छ । 

७. सङ्घ (फेडरेसन) विभिन्न जातिका गरिखानेका बीचमा पूर्ण एकता कायम गर्ने एउटा सङ्क्रमण कालनि रुप हो । सङ्घको औचित्य व्यवहारमा रुसी सोभियत सङ्घात्मक समाजवादी जनगणन्त्र तथा अन्य सोभियत जनगणन्त्र (विगतमा हङ्गेरियाली, फिनिस, लाट्भियलाी र यति बेला अजरबैजानी तथा युक्रेनी) का बीचको सम्बन्ध तथा रुसी सोभियत सङ्घात्मक समाजवादी जनगणतन्त्रभित्र ती जातिहरु, जसले न पहिले राजकीय सत्ताको उपयोग गर्ने, न स्वायत्तता नै (उदाहरणका लागि रुसी सोभियत सङ्घात्मक समाजवादी जनगणन्त्रमा बास्किर तथा तातार स्वायत्त जनगणतन्त्रलाई लिन सकिन्ध, जुन क्रमशः सन् १९१९ र १९२० मा स्थापित गरिएको थियो), उनीहरु बीचको सम्बन्धद्वारा पुष्टि भइसकेको छ । 

८. यस प्रसंगमा कम्युनिष्ट इन्टरनेसनलको कार्यभार सोभियत व्यवस्था र सोभियत आन्दोलनको आधारमा पैदा भइरहेको नयाँ सङ्घलाई अझ अघि विकास तथा अध्ययन गर्नु था अनुभवद्वारा जाँचपरख गर्नु पनि हो । सङ्घ पूर्ण एकताको दिशामा एउटा सङ्क्रमणकालीन रुप हो । यही कुरा ध्यानमा राख्दै बढीभन्दा बढी घनिष्ठ सङ्घीय एकताका लागि प्रयास गर्नु आवश्यक छ किनकी एक त साभियत जनगणतन्त्र सारा दुनियाँको साम्राज्यवादी शक्तिहरु, जो सैन्य दृष्टिले सोभियत सङ्घभन्दा निकै शक्तिशाली छन्, त्यस्ता मुलुकद्वारा घेरिएको छ । दास्रो, सोभयित जनगणतन्त्रका बीचमा घनिष्ठ आथिृक सम्बन्ध आवश्यक छ अन्यथा साम्राज्यवादद्वारा नष्ट गरिएको उत्पादक शक्तिहरुलाई बहाल गर्न सकिन्छ र श्रमजीवीहरुको खुसीको दिन सुनिश्चित गर्न सकिन्न । तेस्रो, सबै राष्ट्रका सर्वहाराद्वारा एउटा अखण्ड रुपमा नियन्त्रित र एउटै विश्व आर्थिक व्यवस्थाको निर्माण गर्ने प्रवृत्ति पनि हो । यो प्रवृत्तिले आफूलाई पुँजीवाद अन्र्तगत बिल्कुल स्पष्टताका साथ प्रकट गरी पनि सकेको छ र समाजवाद अन्तर्गत यसलाई अझ बढी विकसित र पूर्णता प्रदान गर्नु अनिवार्य छ । 

९. राज्यभित्रको सम्बन्धको क्षेत्रमा कम्युनिष्ट इन्टरनेसनलले जातीय नीतिको सवालमा आफूलाई जातीय समानताको कोरा कुरा, औपचारिक, विशुद्ध घोषणा र छेउटुप्पै नमिलेको मान्यताको चौघेरामा परिसीमित गर्न सक्दैन, जसरी बुर्जुवा जनवादीहरु, आफू बुर्जुवा जनवादी भएको हाकाकाही स्वीकार गर्नेहरु र समाजवादी नाम धारण गरेकाहरु छन् (जसरी दोस्रो इन्टरनेसनलका समाजवादीले नाम धारण गरेका छन्), उनीहरुले आफूलाई परिसीमित गरेका छन् । 
आफ्नो सारा प्रचार र आन्दोलनमा, संसदभित्र र बाहिर पनि, कम्युनिष्ट पार्टीले जातीय समानता र जातीय अल्पसङ्ख्यकको अधिार हनन् भएको कुराको बारम्बार पर्दाफास गरेर हुनु पर्दछ, जुन कुरा पुँजीवादी देशहरुमा उनीहरुको लोकतान्त्रिक संविधानका वावजुद पनि व्यवहारमा असमानता र उत्पीडन देखिन्छ । जनतालाई केवल सोभयत व्यवस्थाले मात्र वुर्जूवाहरुको विरुद्धको सङ्घर्षको पहिला सर्वहारा गण र समस्थ श्रमजीवीहरुलाई ऐक्यवद्धता गरेर जातिबीचको वास्तविक समानता र  सुनिश्चित गर्ने क्षमता राख्छ भन्ने कुरा पनि लगातार सम्झाइरहनु आवश्यक छ । दोस्रो कुरा, सबे कम्युनिष्ट पार्टीहरुले पराधीन तथा पददलित जातिहरु, जस्तो कि आयरल्यण्ड, अमेरिकी काला आदि र उपनिवेशमा भइरहेको क्रान्तिकारी आन्दोलनलाई प्रत्यक्ष सहायता प्रदान गर्नु पर्दछ । पछिल्लो कुरा बिना, जुन विशेष महत्वपूर्ण छ । पराधीन जाति तथा उपनिवेशको उत्पीडन विरुद्धको सङ्घर्ष र त्यस्तै गरेर पृथक हुने अधिकारको मान्यता पनि ठगी मात्रै हुन्छ भन्ने कुरा दोस्रो इन्टरनेसनलका पार्टीहरुका कारण पनि प्रमाणित हुन्छ । 

१०. कथनीमा अन्तर्राष्ट्रियतावाद र करनीमा सारा प्रचार कार्य, आन्दोलन तथा व्यवहारिक काममा त्यसदाई निम्न बुर्जुवा राष्ट्रवाद र शान्तिवादले प्रतिस्थापन गर्ने प्रवृत्ति दोस्रो इन्टरनेसनलका पार्टीहरुमा मात्र होइन, त्यसबाट अलग भएका पार्टीहरु र आफूलाई कम्युनिष्ट भन्ने दलहरुमा पनि व्यप्त छ । यसप्रकारको खराबी विरुद्धको सबभन्दा गहन निम्न बुर्जुवा राष्ट्रिय पूर्वाग्रह विरुद्धको संघर्षको अनिवार्यताले सर्वहारा अधिनायकत्वलाई राष्ट्रिय अधिनायकत्व –अर्थात् एउटा मात्र देशमा विद्यमान तथा विश्व राजनीति निर्णायक प्रभाव पार्न असक्षमलाई अन्तर्राष्ट्रिय अधिनायकत्व)मा परिवर्तित गर्ने अपरिहार्य कार्यभार लगातार बढिरहेको छ । 
निम्न बुर्जुवा राष्ट्रवादले जातीय समानताको मान्यतालाई नै अन्तर्राष्ट्रियतावादको नाम दिन्छ, बस यतिलाई नै । यो कुरा ओठेभक्ति मात्र हो । यसले राष्ट्रिय स्वार्थलाई छिसिक्क चोट लाग्न पनि दिँदैन, जबकि सर्वहारा अन्तर्राष्ट्रियतावाद कुनै पनि देशको सर्वहारा संघर्षको स्वार्थलाई विश्वव्यापी स्वार्थको अधिनमा राख्नु पर्दछ भन्छ ।

प्रतिकृया दिनुहोस्

एउटै तिथिमा ल्होछार हुनुपर्ने तामाङ कलाकार

img

तामाङ समुदायले आगामी ल्होछार एउटै तिथि मितिमा मनाउने भएको छ । ‘एउटै ...

घेदुङको रत्ननगर र कालिका नगर समिति गठन

img

नेपाल तामाङ घेदुङको ताम्सालिङ जागरण अभियान अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र कालिका ...

चितवनमा ताम्सालिङ जागरण अभियान, स्थानीय तहमा घेदुङ गठन

img

नेपाल तामाङ घेदुङले ३ नं. प्रदेशको हरेक जिल्लाहरुमा ताम्सालिङ जागरण अभियान सुरु ...

घेदुङले नेवाः ताम्सालिङ जागरण अभियान सञ्चालन गर्ने

img

नेपाल तामाङ घेदुङले ताम्सालिङ जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेवाःताम्सालिङ ...

घेदुङको तदर्थ वडा कमिटी गठन, अध्यक्षमा मान गोले

img

राप्ती नगरपालिका वडा नं ९ चितवनमा नेपाल तामाङ घेदुङको ९ सदस्यीय तदर्थ ...

प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग

img

आदिवासी समुदायले ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरेको छ ...

पत्रपत्रिका

सबै