बोक्सी भगाउन भन्दै तातो पन्यूले बिरामीको गाला डामे पछि…

 

 

 

 

 

 

 

 

 

अन्धविश्वासको भूमरीमा पर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा धामीले बोक्सी भगाउन भन्दै फलामे पन्यू तताएर बनाएको डाम । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय रामेछाप 

दर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन चाहन्थिन । छिमेकी जिल्ला ओखलढुंगा लिखु गाउँपालिकाका रवीन्द्र नेवारले राम्रो धामी बस्ने भन्दै स्थानीयले सुझाव दिए । उसैलाई बोलाएर देखाउने सहमति भयो ।

नेवार बोलाएपछि स्थानीय केही युवा पनि दर्जीको घरमा पुगे । उनीहरुले दर्जीलाई बोक्सी लागेको भन्दै बोक्सी भगाउन सिस्नु पानी लगाउनुका साथै फलामको पन्यू तताएर गाला डाम्नु पर्ने सुझाव दिए । धामी बसेका नेवारले सिस्नु पानी लगाउँदै दर्जीलाई कुट्न थाले । फलामको पन्यु तताउन लगाएरबेस्सरी गालामा डामे । त्यसको पीडा खप्न नसकेर दर्जी बेहोस भइन् धामी नेवार भागे । यो घटना जेठ २४ गतेको हो ।

केही घण्टामा होसमा आए पनि अब बोक्सी भाग्ने भन्दै पीडा सहेर बसेकी दर्जीलाई दुवै रोगले च्याप्यो । ‘मलाई एकातिर पेट दुख्ने त छँदैथियो, गाला डामेको पीडा थपियो’ दर्जीले भनिन्, 'जेठ २४ गते भएको घटनाको पीडा खप्न नसकेर असार ४ गते स्वास्थ्य चौकीमा पुगेँ, त्यहाँ स्वास्थ्यकर्मीले सोधखोज गरेपछि बल्ल म अन्यायमा परेको कुरा सार्वजनिक भयो ।'

स्वास्थ्यकर्मीले बोक्सी नभएको र पन्यूले गालामा डाम्नेलाई कानुनी कारबाही हुने बताएर दर्जीलाई इलाका प्रहरी कार्यालय धोवीमा पठाइदिए । धोवी इलाकाले ५ गते जिल्ला प्रहरी कार्यालय मन्थलीमा पठायो । मन्थली पुगेपछि दर्जीले तातो पन्यूले डाम्ने र त्यस कार्यमा सहयोग गर्नेको नाममा किटानी जाहेरी दिइन् । उनको जाहेरीका अधारमा प्रहरीले धामीलाई सघाउने ३ जनालाई पक्राउ गर्‍यो । आफूलाई धामी भन्ने नेवार फरार छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ बस्ने राजन पौडेल, दीपक ढटेल र अश्विन रोका छन् । उनीहरुलाई जिल्ला अदालतबाट बोक्सी ऐन बमोजिम १० दिनको म्याद थप गराइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । फरार रहेका नेवारको खोजी भइरहेको प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।

बोक्सी ऐन २०७२ अनुसार पीडा दिने पिडकलाई ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय हुने र पीडितलाई क्षतिपूर्ति समेत भराउनु पर्छ । याे समचार अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ । 

प्रतिकृया दिनुहोस्

५१ जिल्लामा गरिबी सर्बेक्षण गर्न बजेट अभाव

img

आगामी दुई बर्षभित्रमा बाँकी रहेका ५१ जिल्लाको गरिब घरपरिबारको सर्वेक्षण र परिचय ...

नौ इरिट्रियालीलाई नेपालमा प्रतिबन्ध

img

गृह मन्त्रालयले पूर्वीटिमोरको नक्कली राहदानीमा बोस्निया हर्ज गोभिना हुँदै युरोप छिर्न खोज्ने ...

दूषित पानी बेचे कारबाही

img

पानी वितरणका लागि उपत्यकामा ७० स्रोत पहिचान गरिए पनि ट्यांकरले अन्यत्रबाटै पानी ...

अरुलाई फकाउँदै कांग्रेस

img

सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र ...

सतर्कता केन्द्र नै अस्तव्यस्त

img

 पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले ...

शंकास्पद करदाता अनुसन्धानको दायरामा

img

सरकारले दुई थरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया ...

पत्रपत्रिका

सबै