भगवती खड्का : कलाकारदेखि रेस्लरसम्म (भिडियो कुराकानी)

| काठमाडौं

भगवती खड्का नेपालकै पहिलो महिला रेस्लर हुन् । भारत्तोलन खेलाडीसमेत रहेकी भगवतीले नेपाली रेस्लर ‘हिमालयन टाइगर’सँग तालिम लिइकी थिइन् । तालिम सकिएलगत्तै २०६९मा अर्घाखाँचीको सन्धिखर्कमा रेस्लिङ हुँदै थियो। त्यसमा भिड्ने अवसर पाइन्। नेपालकी पहिलो महिला रेस्लर ‘युनिका’का रूपमा उनी अमेरिकाकी रेस्लर द ग्रेट सेन्नीसँग रिङमा उत्रिइन्। प्रतिस्पर्धा हारे पनि उनलाई संसार जितेजस्तो लाग्यो। त्यही दिनबाट उनको नाम अगाडि ‘नेपालको पहिलो महिला रेस्लर’ थपियो। त्यसलगत्तै बुटवल र विभिन्न ठाउँमा रिङमा उत्रिएकी युनिका नेपाली दर्शकका लागि पनि आकर्षण बनिन्।

रामेछाप मन्थली–१२, अम्बासकी भगवती खड्काले २०६५ सालमा गीति एल्बम ‘युनिक’ निकालीन् । धेरै टीभी सिरियलमा अभिनय गरिन्, फिल्महरूमा फाइट गरिन्। अहिले नेपालमा हुने धेरै महोत्सवमा पुगेर रेस्लिङ प्रदर्शन गरेकी युनिकाले भारतमा समेत आफ्नो रेस्लिङ कला प्रदर्शन गरिसकेकी छिन् । धेरै नेपाली फिल्ममा खलनायिका, फाइटरका रूपमा देखिइसकेकी युनिका अहिले पनि फिल्मी काममा व्यस्त छिन् । तर, पछिल्लो समय उनी नेपाली महिला रेस्लिङको विकास गर्न कस्सिएकी छिन् । उनले अहिले प्रशिक्षण केन्द्र ने स्थापना गरी विभिन्न महिलाहरूलार्इ तालिम दिइरहेकी छन् ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै