परियोजनाले योगमायाको गाउँ परिवर्तन

| पाँचथर

पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचाकी योगमाया धौराली लालीगुराँस अदुवा कृषक समूहमा आवद्ध छिन् । उनको समूहमा २१ जना सदस्य छन् । उनीहरुको वि.सं.२०७४ सालमा नयाँ समूह स्थापना भएको हो । योगमाया योभन्दा अगाडि यसरी समूहमा आवद्ध रहेकी थिइनन् । उनीहरुलाई यसरी समूहमा आवद्ध गराउन महिला जागरण संघ शाखा पाँचथरको ठूलो भूमिका छ । महिला जागरण संघलाई पनि डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति परियोजनाको आर्थिक सहयोग थियो । लागिुराँस अदुवा कृषक समूहमा योगमाया धौराली अध्यक्षको पद सम्हालेर काम गरिरहेकी छिन् । महिला जागरण संघले उनीहरुलाई समूहमा आवद्ध गराएर मसलाबाली अदुवा खेतीको विषयमा अभिमुखीकरण दिने, श्रमिकको हक अधिकारको विषयमा जानकारी गराउने उद्देश्य दर्शाएको थियो ।

योगमायाका गाउँमा अदुवा खेती त्यति धेरै लगाइदैन थियो । त्यस गाउँमा गाडीको सुविधा थिएन । अदुवा उत्पादन गरेर बजारसम्म पुर्याउन नै गाह्रो थियो । एक्लो परिवारका मान्छेले त यो खेती नगरेपनि हुन्थ्यो । अदुवा रोपेपछि गोडमेल पनि गर्नुपर्ने । अदुवाको माउ पनि बेच्नपर्ने । काम गर्दा त नाफा नै हो । तर एक्लो भएपछि गाह्रो थियो । झनै एकल महिला हुँदा खेताला लाउन गाह्रो । एउटा पुरुष खेताला लगाउँदा २ जना महिलाले पर्म तिर्नु पर्ने ।

यसरी परम्परागत खेती प्रणालीमै अल्झिरहेका उनीहरुलाई कृषि खेती व्यवसायमा केही नयाँ ज्ञान प्राप्ति हुन्छ भन्ने आशा पलाएको थियो । हुन पनि सोही भयो । जब महिला जागरणसंघले आफूहरुलाई समूह गठन गरीदियो । उनीहरुले धेरै कुराहरुको ज्ञान पाए । विशेष त कृषि जन्य खेती लगाउँदा माटो परीक्षण, बिउ परीक्षण, रोपणको समय, गोडमेलको समय लगायत कुरामा ध्यान दिनुपर्ने । व्यक्तिगत स्वास्थ्य सुरक्षा, सुरक्षाका सामग्री विषयमा, काममा बालिबालिकाको प्रयोग गर्न नहुने, समूहमा काम गर्दाको फाइदाको विषयमा ज्ञान प्राप्त भएको समूहमा आवद्ध महिलाहरुको भनाइ छ ।

तालिम लिनुअघि अदुवा खेती गर्दा वा अरु खेतीमा विषादीहरू लगाउँदा सुरक्षाका सामग्री प्रयोग गरिदैन थियो । लालीगुराँस अदुवा कृषक समूहकी उपाध्यक्ष जयन्ता मगरले किसानहरुले व्यवसायजन्य स्वास्थ्य सुरक्षालाई ख्याल नगरिदा विभिन्न रोगको सिकार बन्नु परेको बताइन् । गार्इबस्तुलाई घाँस काट्दा, धानको झार उखेल्दा, कोदो गोड्दा सर्पले डस्ने, हात खुट्टामा खटिराहरू आउने गरेकोले औषधि गर्नुपर्ने, अकालमै ज्यान जाने जस्ता समस्या आउने गरेको उनको भनाइ छ । स्वास्थ्य सुरक्षाका लागि माक्र्स, पन्जा,गमबुट, चस्मा, टोपी लगायत सामग्री प्रयोग गर्नाले शारीरिक पीडा सहन गर्न नपर्ने कुराको ज्ञान पाएको उनीहरुको भनाइ छ । आफूहरुले ज्ञान अरुलाई पनि बाँड्दै गरेको र घरगाउँ, समाजमा परिवर्तन आएको समूहका सबैको भनाइ छ ।

समूहमा आवद्ध मिना भट्टरार्इले अदुवा खेती गर्दा विषादीको प्रयोग, मलखादको व्यवस्थापन, भण्डारण प्रशोधन र प्याकेजिङको विषयमा पनि ज्ञान पाएको बताइन् ।

अध्यक्ष योगमायाको समूहमा महिला जागरण संघले साँच्चै जागरण फैलाइदिएको छ । योगमायालाई अदुवा खेती आम्दानीको गतिलो माध्यम हो भन्ने थाहा थिएन । अहिले त उनको गाउँमा अदुवा रोप्ने लहर नै चलेको छ ।

समान काममा समान ज्यालाको व्यवस्थालाई कार्यन्वयन गराउन आवाज मुखरित गर्न एकजुट हुन थालेका छन् ।

अदुवासँगै मकै, खुर्सानी रोप्न र फालाउन सकिन्छ भन्ने पनि थाहा थिएन । अहिले भने अदुवासँगै मकै पनि रोपेका छन् । पहिले पहिले मसलाको लागि मात्र रोप्दै आएका योगमायाको बारीमा २ मन अदुवा रोपिएको छ । समूहका अन्य महिलाका परिवारले पनि आ आफ्नो बारीमा अदुवा रोपेका छन् । कसैले १ मन रोपेका छन् त कसैले ५ देखी ६ मन पनि । समूहमा आवद्ध महिलाहरू मध्येकै धरै रोप्नेमा निर्मला धौरालीको बारीमा ६ मन अदुवा रोपिएको छ । निर्मलाले अदुवाबाट राम्रो आम्दानी लिन सकिने ठहर गरेकी छन् । उनीहरुले बैशाखमै अदुवा रोप्ने र छोप्ने काम पालोपालो गरे । यतिबेला उनीहरुको बारीमा अदुवा उम्रेर हरिया भएका छन् । उनीहरुको काम गर्ने मेलोमेसो नै फेरिएको छ । चुला चौकामा, गाइगोठमा मात्र हैन महिना महिनामा बैठक बस्ने सरसल्लाह गर्ने बानी बसेको छ ।

महिला जागरण संघले समूहमा संगठित गरायो । १० महिनासम्म त बैठकमासँगै बसेर चिया पानीको व्यवस्था गरिदियो । अब भने, लालीगुराँस अदुवा कृषक समूहले जस्तै व्यस्त काम भए पनि महिनामा एक पटक समूहको बैठक बस्ने गरेका छन् । एकापसमा छलफल गर्छन, कही योजनालाई निर्णय गर्छन् ।

 उनीहरू श्रम ऐनमा लेखिएको कानूनलाई कार्यान्वयनमा ल्याउन प्रभावकारी ढङ्गले आवाज राख्न सक्ने भएका छन् । समान काममा समान ज्यालाको व्यवस्थालाई कार्यन्वयन गराउन आवाज मुखरित गर्न एकजुट हुन थालेका छन् । योगमाया भन्छिन्,- “धान मकै गोड्दा, धान काट्दा, अदुवाको झार उखेल्ने काममा पहिले महिलालाई २ सय र पुरुषलाई ४ सय दिने गरेको तर अहिले बराबरी दिने व्यवस्था लागु भएको छ ।” राज्यको हरेक क्षेत्रमा महिलाको सवाल सम्बोधन हुँदै गर्दा समान काममा समान ज्यालाको सवाल सम्बोधन हुन पर्छ भन्ने कुरामा सचेत रहेको समूहकी अध्यक्ष योगमाया धौराली बताउँछिन् ।

उन्नति परियोजनाको सहयोगमा महिला जागरण संघले धुलो र महिलोसँग सिन्कौरी खेल्नमात्र व्यस्त किसानहरुलाई आफूले उत्पादन गरेको कृषि उपजको मूल्य लिन एकतावद्ध हुन सिकाएको छ । विचौलियाबाट ठगिनु पर्ने बाध्यताबाट अब सजग रहने । वास्तविक व्यापारीलाई सिधै बेच्न पर्ने ज्ञान हासिल भएको उनीहरू बताउँछन् ।

अर्को कुरा काम गर्ने ठाउँमा स्वच्छ खानेपानी, शाैचालयको व्यवस्था गर्न,काम लगाउदा कामदारलाई सभ्य व्यवहार गर्न पर्ने, महिलालाई काममा लगाउँदा बाल बच्चाका आमा भए स्तनपान गराउने समय उपलब्ध गराउनुपर्ने लगायत कुराहरुबारे बुझेको लागिगुराँस अदुवा कृषक समूहका सदस्यहरू बताउँछन् । १० महिले परियोजनाको सहयोगमा कार्यक्रम सन्चालन गरी महिला जागराण संघले ठूलो योगदान दिएको भन्दै १० महिनामा प्राप्त भएको ज्ञानलाई आफ्नो गाउँ समाजमा पनि प्रदान गर्ने प्रतिवद्धता योगमायाको समूहमा आवद्ध महिलाहरुको छ ।

उनीहरू भन्छन् गाउँमा अब दक्ष कृषि प्राविधिकको माग गर्न, समयमा बिउविजनको माग गर्न,गुणस्तरीय कृषि उपजको उत्पादन गर्ने, अदुवाको संकलन केन्द्र निर्माणका लागि पहल गर्ने उनीहरुको योजना रहेको समूहकी अध्यक्ष योगमायाको भनाइ छ । हरेक कुरामा सफल हुन एक सफल र सकारात्मक व्यक्ति,संस्थाको सहयोग हुन्छ । सोही अनुरुप महिला जागरण संघ शाखा पाँचथर र उन्नति परियोजनाले योगमायाको गाउँमा सकारात्मक परिवर्तन ल्याएको छ ।  

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै