बेसाहराको अभिभावक तिलबहादुर (भिडियो)

| काठमाडाैं

आज समाजका प्रेरक व्यक्तित्व बनेका तिलबहादुर कार्की आफैं परित्यक्त, एक्ला, कठोर र अनौठा जीवनको भुक्तभोगी हुन्। २०२९ सालमा सरलाङ–४, पाँचथरमा जन्मेका तिलबहादुरका दुवै खुट्टाका पैताला सद्दे छैनन्। त्यही शारीरिक बनावटले उनलाई नौ वर्षको उमेरमा आमालाई समेत छाडेर हिंड्न बाध्य बनायो। “आफन्तहरूले आमालाई राक्षस जन्माइस् भनेको सुन्थें”, उनी भन्छन्, “मेरो अपाङ्गता आमा सधैं रुनुपर्ने कारण बनेपछि भागें।”

कक्षामा साथीहरूले हैरान पारेपछि उनी दुई दिनभन्दा बढी विद्यालय पनि जान सकिरहेका थिएनन्। अनि उनले २०३८ मंसिरमा घर छाडे। त्यसको सात दिनमा बसको छतमा बसेर काठमाडौं पसेका उनले पेटको ज्वाला निभाउन बानेश्वरको एउटा होटलमा हात कुहिने गरी भाँडा माझे। एक दिन होटलमा आएका ग्राहकले उनलाई बाल स्याहार केन्द्रमा जान सुझाए। ती ग्राहकले दिएको ठेगाना लिएर जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा पुगेको तर पालेले गेटभित्र छिर्नै नदिएपछि बौद्ध गएर माग्न बसेको तिलबहादुर सम्झ्न्छन्।

बस्नलाई पाटी–सत्तल छँदै थिए। विस्तारै उनले पशुपतिमा पनि मागेर पैसा जम्मा गर्न थाले। तर, राति आफूभन्दा ठूला साथीहरूले चोर्न थालेपछि उनले वनकालीको रूखको फेदमा पैसा गाड्न थाले। त्यो क्रम २५ वर्षसम्म चल्यो। २०६४ सालमा पैसा निकाल्न मन लागेपछि उनले गौशाला प्रहरीलार्इ गुहारे।

तिलबहादुरले स–साना पोका बनाएर पाँच लाख ५१ हजार नोट र सिक्का गाडेका रहेछन्। तीमध्येका नोटहरू ओसिएर–कुहिएर कामै नलाग्ने हुन लागेका थिए, जुन प्रहरीले निकालेर नयाँ नोट साटेर दिएको थियो। उनलाई त त्यति धेरै जम्मा भए जस्तो लागेकै थिएन। एकैचोटि त्यत्रो पैसा हुँदा उनी बेहोश भएछन्। उपचारको लागि टिचिङ अस्पताल बस्दा उनले धेरै कुरा सम्झिए– मानसिक ताडनाबाट मुक्ति पाउन सानैमा आत्महत्याको प्रयास गरेको पनि सम्झिए। “अनि त्यो पैसा मैजस्तो विपत् खेपेका बालबालिकाको लागि खर्च गर्ने विचार गरें”, तिलबहादुर भन्छन्, “र, संयुक्त अपाङ्ग एकता आवाज केन्द्र स्थापना गरें।”

त्यसरी तीनजना द्वन्द्वपीडित बालबालिकाबाट समाजसेवा थालेका उनको पाँच वर्षमा मूल धन सकियो। त्यसपछि उनले मुट्ठी अभियान चलाए, काठमाडौंका गल्लीगल्ली डुले। त्यसबेला शान्तिनगर क्षेत्रमा पाएको चामलले ठूलो भरथेग गरेको उनी बताउँछन्। त्यसरी पनि संस्था चल्यो। बालबालिका थपिंदै गए, तिलबहादुरको मनभित्र दबिएर बसेकी आमा सल्बलाउन थालिन्। अनि २०७१ मा पाँचथर हान्निए। तिलबहादुर घर पुग्दा उनको किरिया भएको ६ वर्ष बितिसकेको रहेछ। “मलाई पुनर्जन्म गराउन आमाले फेरि नौ दिन सुत्केरी बस्नुपर्‍यो”, तिलबहादुर भन्छन्, “उहाँ चोखिनुभएपछि मात्र मलाई घरभित्र पस्न दिइयो।” - हिमाल खबर पत्रिका

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै