बालगृहका बालवालिकालाई परिवारमा पुनर्मिलन

१५ वर्षपछि आफ्नै घर फर्किए बालबालिका

| लमजुङ

एक दशकभन्दा लामो समयदेखि बालगृहमा बस्दै आएका बालवालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ । बेसीशहरस्थित आदर्श महिला तथा वाल विकास केन्द्रद्धारा सञ्चालित वालगृहमा रहेका दुईजना द्धन्दपीडित तथा असहाय बालवालिकालाई परिवारमा पुनर्मिलन गराइएको हो । असाह्य, द्धन्दपीडित बालवालिकाहरुलाई कक्षा १०सम्मको अध्ययन गराएर परिवार तथा आफन्तमा पुनर्मिलन गराउने सस्थाको नियमअनुसार उनीहरुलाई बाबुआमाको जिम्मा लगाइएको सँस्थाकी अध्यक्ष सानुमाया गुरुङले बताइन् । २०७४ को माध्यमिक शिक्षा परीक्षा(एसइई) दिएर वसेका बालगृहमा १५ वर्ष बिताएका बालबालिकालार्ई एक कार्यक्रमको आयोजना गरी अभिभावकलाई बुझाइएको हो ।

बालगृहमा आश्रित क्होलासोंथर गाउँपालिका वडा - ९ गिलुङ छापाका १७ वर्षिया विछोड परियार र साविक वाग्लुङपानी ५ हाल नवलपरासी दिम्कीवास २ कि १७ वर्षिया शान्तिमाया गुरुङलाई उनीहरुको अभिभावकसँग जिम्मा लगाइएको छ । विछोडलाई आमा डिलकुमारी परियार र शान्तिमायालाई बुबा हरि गुरुङको जिम्मा लगाइएको हो । विछोड १५ वर्षादेखि र शान्ति १३ वर्षादेखि बालगृहमा आश्रय लिएका थिए । विछोडको बुवा वेपत्ता भएको र शान्तिको आमाले दोस्रो विवाह गरेपछि उनीहरू बीचल्लीमा परेका थिए ।

‘बालबालिकालाई बालगृहमा नै राखेर पढाउन मन थियो’ बालगृहका अध्यक्ष सानुमाया गुरुङले भनिन्, ‘संस्थाको नियमअनुसार उनीहरुलाई घर पठाउन बाध्य भएका हौँ ।’ उनले भावुक बन्दै आफ्नै सन्तान मानेर पन्ध्र वर्षसम्म गृहमै राखेकाले छुट्नुपर्दा मुटु भक्कानिए

 ‘बालबालिकालाई बालगृहमा नै राखेर पढाउन मन थियो’ बालगृहका अध्यक्ष सानुमाया गुरुङले भनिन्, ‘संस्थाको नियमअनुसार उनीहरुलाई घर पठाउन बाध्य भएका हौँ ।’ उनले भावुक बन्दै आफ्नै सन्तान मानेर पन्ध्र वर्षसम्म गृहमै राखेकाले छुट्नुपर्दा मुटु भक्कानिएको बताइन् । बालबालिकाका अभिभावकले उनीहरुको सफल भविष्यको लागि उचित बातावरण प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । बालबालिकाको पहिलो पाठशाला भनेको घर हो तर उनीहरुले आफ्नै घरमा अक्षर र संस्कार सिक्न पाएनन् । त्यति लामो समयसम्म बालगृहमा बस्दा उनीहरुले त्यहाँ आफ्नै घरको जस्तो वातावरण त पाए तर अभिभावकको न्यानो काख पाएनन् ।

आइतबार उनीहरुलाई अभिभावकसँग पुनर्मिलन गराउँदा न बालगृहको आँखा ओभानो भयो न त ती बालबालिकाहरू नै खुशी भए । बालबालिकालाई बिदाइ गर्दा एकातिर बालबालिकाको आँखा रसाएका थिए भने अर्कोतिर बिदाइ कार्यक्रमका सहभागीहरू स्तब्ध भएका थिए । आफ्ना छोराछोरीलाई मातृत्व प्रदान गर्दै बाटो देखाउन ठूलो सहयोग गरेको खुशीको आँसु खसाल्दै विछोडकी आमा डिलकुमारी र शान्तिका बुबा हरिले संस्थाप्रति धन्यवाद प्रकट गरेका थिए । यस्तै, विछोडकी आमा डिलकुमारीले विछोडलाई निमेक गरेर भएपनि उच्च शिक्षा हासिल गर्ने बाटो बन्द नगर्ने बताइन् । आदर्श महिला तथा वाल विकास केन्द्रका अध्यक्ष सानुमाया गुरुङ, उपाध्यक्ष दिपकराज बराल र नेपाल पत्रकार महाँसंघ लमजङ शाखाका सचिव सन्देश पौडेलको रोहवरमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।

बालगृहमा रहेका १३ वालवालिका मध्ये विछोड र शान्तिमायालाई परिवारमा पुनर्मिलन गराइएको हो । विछोडलाई २०६१ असारमा र शान्तिलाई २०६३ जेठमा बालगृह ल्याइएको थियो । समूदायको मुठिंदान एवं आर्थिक सहयोगमा सञ्चालन गरिएको बालगृहमा अब ११ जना असाहय तथा द्धन्दपीडित बालवालिकाले आश्रय लिएका छन् । चारजना वालवालिकाहरुलाई गतवर्षनै परिवारमा पुनर्मिलन गराइएको सस्थाकी सचिव हुमा गुरुङले बताइन् । गतवर्ष बालगृहमा रहेका उदिपुरकी निशा परियार, मालिङका सफल ठाडा मगर, कोल्कीका पृथ्वीजँग गुरुङ र मसिनु गुरुङलाई परिवारमा पुनर्मिलन गराइएको हो ।

बालगृहमा रहेका अनाथ बालबालिकालाई पढाउन संस्थाकी अध्यक्ष क्व्होलासोंथर गाउँपालिका–९, गिलुङकी ८० वर्षीया सानुमाया गुरुङले आफ्नो घडेरी बेचेर ४० लाख ११ हजार १ सय ११ रुपैयाँ दिएकी छिन् । उनले ४० लाख ११ हजार १ सय ११ रुपैयाँ दिएपछि अक्षयकोषमा ७६ लाख पुगेको छ । संस्थाका तत्कालीन अध्यक्ष लेखनाथ अधिकारीले आफ्नो अंशको जग्गा बिक्रीबाट आधा रकम १० लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषको सुरुवात गरेका थिए । सचिव हुमा गुरुङका अनुसार बालबालिका पढाउनको लागि १ करोड रुपैयाँ अक्षयकोष स्थापना गर्ने लक्ष्य छ । मुलुकमा सशस्त्र द्धन्द्धको क्रममा बालबालिका टुहुरा हुन थालेपछि २०६०मा अधिकारीलाई अध्यक्ष बनाएर द्धन्द्धपीडित तथा असाहय बालबालिका संरक्षण गृह स्थापना गरेको उनले बताइन् । गुरुङका अनुसार यसअघि १६ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको छ । तीमध्ये एकजना केशमान विकले ओभरसियर, प्रतिक्षा केसीले डिप्लोमा अध्ययन गरिरहेका छन् भने शान्ता विकले कक्षा– १२ उतीर्ण गरिसकेकी छन् । एक करोड अक्षयकोष बनाउने केन्द्रको अभियानमा दान दिने दाताको संख्या ६४ पुगेको छ भने कोषको रकम ७६ लाख पुगेको छ ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै