यात्राको क्षण: बस नं. ७५०४

| काठमाडौं

पासाङल्हामु राजमार्ग । यो नुवाकोट, रसुवाको नाकासम्म जोडिने सडकमार्ग हो । यहाँ दिनहुँ सयौं सवारीसाधन गुडिरहेका हुन्छन् । यात्रु बोक्नेदेखि केरूङ नाकासम्म पुगेर आउने सवारी यही सडकमा दिनहुँ आवातजावत हुन्छ । सडक फराकिलो हुँदै गरेकाले पानी पर्दा हिलम्मे, घाम लाग्दा धुलम्मे छन् । त्यसैमा बस दौडिरहेको छ, यात्रारत छन् यात्रुहरू । यात्रा एक दिनको थियो । काठमाडौंदेखि नुवाकोटस्थित किस्पाङ गाउँपालिका, काहुलेसम्म । काठमाडौं माछापोखरीबाट केरुङ यातायातको टिकट भिरेर लागे ।

केरुङ यातायात नुवाकोट, रसुवालगायतका विभिन्न स्थानमा यात्रुलार्इ सेवा दिने यातायात हो । यो बस डिलक्स नामले परिचित छ । तर नामको मात्रै डिलक्स, सेवा भने उहीँ लोकलसरह लाग्यो मलाई । किनभने सहचालक यात्रु थप्नलार्इ कसेको कसेकै छ, बसभित्र पनि उत्तिकै यात्रुको चाप । मौसम गर्मी भएकोले गुम्सिएर पसिना तप-तप चुहिरहेको छ । तिब्र गतिमा दौडिरहेको बस ओभरटेक गर्न पनि माहिर छन् । गन्तव्य पुग्नलार्इ हतार छ । यात्रु कोही भोमिट गर्दै छन् त, कोही शौच गर्न आतुर छन् ।

बीचबीचमा घुम्ती, मोहाडाहरू त्यतिकै छन् । कति माइक्रो, सुमोजस्ता सा-साना सवारी दुर्घटनामा परेका छन् । यस्तो देख्दा मनमा चिसो लाग्छ, अनि भगवानसँग पुकार्दैछु म ।

यसरी आरोहअवरोह पार गर्दै त्रिशुली बजार पुगे । ओहो ! एक्कासि ३५ डिग्री घामको राप पर्दा पसिनाको खोला बग्न सुरु गर्यो । दिउँसोको भोजन त्यही गरे । फेरि यहीबाट यात्रु थपे, बालकदेखि बृद्धसम्मका । त्यतिमात्रै नभएर पुनःनिर्माणका लागि त्यही बसमा सामान पनि त्यतिकै थपेका छन् । बसको सिटहरुको नामाकरण गरिएका छन् । महिला सिट, अशक्त, ज्येष्ठ नागरिक इत्यादि । तर बसपार्कदेखि नै सबै टिकट सकिएपछि सकसमै यात्रा गर्न बाध्य छन् ।

यही यात्रालाई अगाडि सार्दै गन्तव्यसम्म आइपुग्दा झन्डै तीन दिन हिडेको महसुस भयो मलार्इ । किनकि धुलम्मे, हिलम्मे, खाल्डाखुल्डी छिचोल्दै आर्इपुग्दा डिलक्सको यात्रा लोकलभन्दा कम भएन ।

यसरी नै यहाँ चल्ने लोकल होस् या डिलक्स अर्थात् सुपर एक्सप्रेस । सबैले दिने सेवा उही लाग्यो मलार्इ । त्यसैले तपार्इ जो यात्रारत छन्, यात्रा गर्न तयार छन्, जसले भगवानको नाम जप्न बाध्य हुनेछ । अहिले यहाँ मात्रै नभएर नेपालको विभिन्न स्थानमा सडक विस्तारको नामले जताततै यस्तै अखडाहरू पार गर्न बाध्य हुन्। । सबैको यात्रा सफल होस् ! जय सडक

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै