तरकारी खेती गर्दै गाउँमै मनग्य आम्दानी

| रसुवा

लाखौ खर्च गरेर विदेशी भूमि खाडी मुलुक जाने युवाहरुको माझमा रमेश अधिकारी आफ्नै गाउँमा तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

मध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल अभावमै वित्यो । मेहनतकासाथ पढेर गाउँमा नै केही गर्नुपर्यो, पर्छ खाडी मुलुकमा जस्तै आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने मनसायले उनी आफ्नै गाउँ रसुवाको कालिका गाउँपालिका वडा नं. ३ धारापानीमा तरकारी खेती सुरु गरे । हिमाली आयोजना र कृषि विकास कार्यालयको सहयोगमा काउली, बन्दा, गोलभेडा र बेमौसमी तरकारी फलाएर नुवाकोटको बट्टार त्रिशुली र रसुवाको टिमुरे, धुन्चे, स्याफ्रु लगायतका ठाउँमा बेच्न लैजान्छन् । यसैबाट परिवारको गुजारा चलेको उनी बताउँछन् ।

पैसा कमाउन विदेश जानुपर्छ, पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यतालाई पर राखि उनी दैनिक विदेशीने युवाहरुमाझ एउटा उदाहरणीय, प्रेरणाको स्रोत बनेको छ । सिजनमा उनको तरकारीबाट एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने उनले बताए ।
कृषि विकास कार्यालयको प्राविधिक सहयोग र उनको मेहनतले आफ्नै देशमा सुन फलाउन सकिदोरहेछ भन्ने उदाहरण उनबाट पाइन्छ । उनी जस्तै अरु युवाहरुको पनि आफ्नै देशमा केही गरे परनिर्भर हुनु पर्दैन भन्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताए ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै