दार्शनिक, पथप्रदर्शक अनि प्रवर्तक हुन् बुद्ध

| काठमाडौं

बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने कुराभन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे । जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरू सहितको यसो गर्नु या नगर्नु भन्ने तथ्य सहितको प्रयोग पुस्तीका पाइन्छ त्यस्तै जीवन अनि जगत सम्बन्धी सहज अनि सफलताको प्रयोग पुस्तीका बुद्धले दिएर गएका छन् ।

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको वगैँचाको विचमा भएको थियो । आज विश्वले बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताकालागि बुद्ध संसारका गुरु हुन्, २५०० वर्षभन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ, आउनुहोस् आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौ । गौतम बुद्धका जीवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, वहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।

यिनै शाक्यमुनी को जन्म, समाधी अनि ज्ञान प्राप्तिको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ ।आज हामीसबैका गौतम बुद्ध २५५८ वर्ष हुँदैछन्, भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मिक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनी जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरू सुनिन्छ, यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुख्खद मृत्यू भएको थियो । यद्धपी अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विाह गरेका थिए । सम्पूर्ण जीवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

यी राजकुमारलाई मानव जीवनमा आईपर्ने पीडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तिको पथमा विरामी मान्छेहरु, घाइतेहरु, लोभीका साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुस्खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्बोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यही महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनी कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ ।

विश्वमा ३५ करोड बढी मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तिको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभूमिमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरू निर्माण गरेका छन् ।

बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन्, उनले बोधगयामा कठोर तपस्या ध्यानपश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सबै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स-विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरू संग्रहित छ्न् । वुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो । आधारभुत गुणहरू अनित्य, दुस्ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरू मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभूमिमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले वर्षेनी सार्वजनिक बिदा दिंदै आएको छ ।

वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसार तर्फ क्षेप्यास्त्र तेरस्याइरहँदा, रंग, सम्पती, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तपूर्ण वकालत गरिनैरहेको छ । बुद्धका ज्ञानलाई आत्मसाथ गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ, संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्कि आऊ शाक्यमुनी, शान्तिको सन्देश लिएर आऊ है । बुद्धजयन्तीको शुभकामना

- हाम्रो पात्रो सुयोग ढकाल 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै