व्यवसाय गर्नलाई धैर्य र सहनशीलता चाहिन्छ : डोल्मा मोक्तान

स्वदेशदेखि विदेशसम्म अर्डर अनुसारको निर्यात

| काठमाडाैं

आदिवासी जनजातिको पहिचान हो, संस्कृति, भेषभुषा, धर्म, भाषा । यी हरफले नेपालमा रहेका आदिवासीको पहिचान झल्किन्छ, बोक्छ ।

आदिवासी जनजाति सम्बन्धित विभिन्न जाति विशेषको पहिरन पसल घोइलो सप्लायर्स सबै समुदायको पर्याय बन्न पुगेको छ ।

सप्लायर्सका व्यवसायी डोल्मा मोक्तान तामाङ भन्छिन्, विशेष गरी ब्यापार, व्यवसाय गर्नलाई धैर्य र सहनशीलता आवश्यक पर्दछ ।

तामाङसँगको कुराकानीमा उनी भन्छिन्, लगानी जति भएपनि सहनशीलता भएनभने व्यवसाय गर्न सकिदैन, सम्बन्धित जाति विशेषको पर्वहरूमा व्यापार हुने गरिन्छ । तर पनि स्वदेशदेखि विदेशसम्म अर्डर अनुसारको निर्यात गर्ने गरेको अनुभव व्यवसायी मोक्तानले सुनाइन् । तर मसँग व्यापार गर्ने विभिन्न तरिका भएकाले पसल खोलेको एक वर्षमा सन्तुष्ट र खुशी छु, उनी बताउँछिन् ।

विदेशमा विशेष गरी इजरायलमा नाताले काकी चन्द्रमाया बम्जन र उनकोसँगै लगानीमा यो व्यवसाय सुरु गरेको हो । इजरायालमा बढी निर्यात हुन्छ भने मलेसिया, दुवई, जापान, हङकङ लगायतका देशहरुसम्म घोइलोका घोइलाहरू पुग्ने उनले सुनाइन् ।

उनी सुनाउँछिन, अहिले सामाजिक संजालले पनि धेरै सहयोग पुर्याएको छ । हाम्रो पेज छ, त्यहाँ हामीले नयाँ नयाँ आइटम आएमा त्यसमा राख्छौं । त्यहीबाट पनि अर्डर गर्न सकिन्छ । यहीसम्म पनि आउनुपर्दैन, त्यहीबाट पनि भिजिट गर्न सकिन्छ ।

व्यवसायी तामाङले अाशा गरेकी छिन्, सामाजिक संजालमार्फत पनि हाम्रो कमीकमजोरी अाैंल्याउदै, सुझावको अपेक्षा गरेका छौं, हाम्रो घोइलोलाई माया गरिदिनुहोला ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै