सेर्कुबाट नायिका चाँदनी कमब्याक, साथमा श्याम योञ्जन

| काठमाडाैं

तामाङ चलचित्र जगतमा बहुचर्चित नायिका चाँदनी मोक्तान ८ वर्षपछि कमब्याक भएकी छिन् । छायाँङ्कन चलिरहेको तामाङ चलचित्र ‘सेर्कु’ बाट कमब्याक भएकी नायिका मोक्तानसँगै सैलुङअनलाइनका अध्यक्ष श्यामलाल लामा (योञ्जन)ले एकसाथ अभिनय गरेका छन् ।

नायिका मोक्तानले तामाङ समुदायका मयुङ बुरिङ, मिख्ली, कर्मला ग्याम, लगायत विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी छन् । अभिनेता लामाले टेलिचलचित्र शान्तिबाट यस क्षेत्रमा प्रवेश गरेको हो ।

चलचित्रमा नयाँ कलाकार मिस तामाङ २०१८ कि सहभागी उर्मिला वाइबा, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, निमा रुम्बा आदिरहेका छन् । खलनायक विकास ग्याबा रहेका छन् ।

प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेज्ञान्जा प्रा.लि.को ब्यानरमा राजकुमार मोक्तानको दोस्रो निर्देशित तामाङ चलचित्र सेर्कु को छायाँङ्कन हुदैछ ।

तामाङ कला, संस्कृति तथा रीतिरिवाज बोकेको कथामा ‘सेर्कु’ को निर्माण हुन थालेको निर्माण पक्षको भनाई छ । चाँडै दर्शकमाझ ल्याउने निर्माण पक्षको भनाइरहेको छ ।

दुईवटा मात्र गीत समाबेश रहेकोमा डम्फुरे गीतको शब्द जीवन बम्जन तामाङ र संगीत आर. बी. लामा सिङ्गदानको रहेको छ भने टाइटल गीतमा शब्द÷संगीत निर्देशक मोक्तानको रहेको छ ।

मुख्य निर्मातामा ’सेम ताबा म्ही’कै सिद्धार्थ मोक्तान र राज कुमार मोक्तान रहेका छन् भने सह÷निर्मातामा निमा दावा तामाङ (रुम्बा) र तेञ्जिङ शेर्पा (ह्योल्मो ) छन् । छायाँङ्कन र कोरियोग्राफी रोशन फ्युवाको र कथा, पटकथा, संवाद नायकमा ऋतुराज पाख्रिन छन् ।

नयाँ वर्षको आगमनसँगै बैशाखबाट ओखलढुङ्गाको विभिन्न स्थानमा छायाँङ्कन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सामन तामाङको `तीन शब्द´

img

नुवाकोट थनापति थान्सिङ धोक्रेका सामन लामाको आवाजमा रहेका आधुनिक पप गीत`तीन शब्द´ ...

सुन्दरादेवी अवार्डको उत्कृष्ट ५ को मनोनयन

img

चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्डका ३८ विधामा अाइतबार उत्कृष्ट पाँचको मनोनयन ...

पेम्बीको `गोरिमा गोरी ओई पेम्बी´सार्वजनिक

img

पेम्बी शेर्पाको दोस्रो गीत `गोरिमा गोरि ओइ पेम्बी´सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा ...

‘वीर बहादुर’ मा नायिका उषा

img

पछिल्लो समय व्यस्त रहेकी नायिका उषा खनालले विगत आधा दशक देखि नेपाली ...

म्युजिक भिडियोमा जम्दै प्रियंका

img

प्रियंका श्रेष्ठद्धारा अभिनित लोक दोहोरी गीत युट्युवबाट सार्वजनिक भएको छ । डेढवर्ष अगाडि ...

जुन २९मा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने

img

आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । ...

पत्रपत्रिका

सबै