युएर्इमा प्रदेशको नामाकरण विषयक अन्तरक्रिया

| युएई

नेपाल आदिबासी जनजाति महासंघ यूएईले प्रदेशको नामाकरण विषयक अन्तरक्रियात्मक गरेको छ ।

शुक्रबार महासंघले पहिचान, अधिकार, संघीयता र नेपालको संविधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बरदुबईको एभरेस्ट इन्टरनेशनल होटेलमा भएको कार्यक्रममा “प्रदेश नामकरणमा पहिचानको महत्व, सम्भावना र चुनौती, स्थानीय स्वायत्तता मार्फत प्राप्त हक र अधिकार बुझ्दै उठौ आदिबासी जनजाति” भन्ने मूल नारा थिए ।

कार्यक्रममा आदिवासी जनजाती विज्ञ, राजनीतिक विश्लेषक, लेखक, वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकामा राजनीतिशास्त्रका प्राध्यापक तथा आदिवासी जनजाति अभियन्ता डा. महेन्द्र लावती लिम्बु प्रमुख अतिथि तथा प्रमुख वक्ता थिए । कार्यक्रमको सभापति महासंघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङले गरेका थिए । विशेष अतिथिहरुमा महासंघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डेर राज गुरूङ र संरक्षक तथा तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तान, त्यस्तै अतिथिहरूमा महासंघ आबद्ध ११ जातीय संस्था प्रमुखहरू, पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थितिरहेका थिए ।

प्रमुख वक्ता डा. लावतीले जनजातिहरूको पहिचान र अधिकारका मूलभूत मुद्धाहरू, धर्मनिरपेक्षता, संघियता, संविधान संशोधन, प्रदेश बनावट, स्वायत्तता, दिगो आर्थिक विकास, शिक्षा, दक्ष जनशक्ति, समृद्धि, नेपाली राजनीति, राजनैतिक दलहरू जस्ता गहन विषयहरूमा मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई औपचारिक रूपमा संचालन गरेका महासंघका महासचिव सनिल घिसिङले जातीय संस्थाका प्रतिनिधिहरूलाई प्रश्न-उत्तर तथा दोहोरो अन्तरक्रियाको सभामा भएका थिए । महासंघमा तमु, तामाङ, मगर, राई, लिम्बु, नेवा, शेर्पा, थारू, भुजेल, माझी र सुनुवार गरी ११ जातीय संस्थाहरू आबद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्

पर्देशको दशैं

img

मध्ये दशैं लाग्दैछ आजु भोली नेपालमा । मेरो कम्पनीमा काम गर्ने साथीहरुलाई ...

तामाङ समाज अमेरिका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै

img

तामाङ समाज अमेरिकाद्वारा बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालनमा  ल्याएको छ । ‘नेपाली ...

डेढ वर्षदेखि अस्पतालको नजरबन्दमा रहेको नेपालीको उद्धार

img

साउदीमा उपचाररत एक नेपाली एनआरएनएको पहलमा सोमबार नेपाल फर्कन सफल भएको छ ...

जिएमईको लक्की ड्रबाट पाँच जनालाई दश-दश लाख (भिडियो)

img

ग्लोबल मानी एक्सप्रेस (जिएमई) दक्षिण कोरियाले पचास लाख कोरियन वनको लक्की ड्र ...

`जिएमई´को दशै शुभकामना आदानप्रदान

img

ग्लोबल मानी एक्सप्रेस (जिएमई) दक्षिण कोरियाले दशै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको ...

इराकबाट बिरामीलाई सहयोग

img

इराकबाट तिर्थ बहादुर तामाङको नेतृत्वमा आर्थिक संकलन गरी बिरामीको उपचारर्थ उपचारार्थ आर्थिक ...

पत्रपत्रिका

सबै