इन्द्रले दिलाए नेपाललाई दोश्रो स्वर्ण

| काठमाडाैं

१२ औं दक्षिण एसियाली खेलकुद (साग)का रजतधारी इन्द्रबहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा आइतबार नेपाललाई दोश्रो स्वर्ण दिलाएका छन् । उनले पुरुष ६६ केजीमुनि स्वर्ण जिते ।

आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा भइरहेको प्रतियोगिताको फाइनलमा इन्द्र पाकिस्तानका बबर हुसैनलाई पराजीत गरे । त्यसअघि सेमिफाइनलमा इन्द्रले भारतका अंकित विष्टलाई हराएका थिए । पहिलो दिन नेपालका लागि पुरुष १०० केजीमुनि रविन श्रेष्ठले स्वर्ण जितेका थिए ।

दोश्रो दिनको खेल सकिदा नेपाल २ स्वर्ण, ६ रजत र १३ कांस्यसाथ पदक तालिममा दोश्रो स्थानमा छ । दोश्रो दिन नेपालले १ स्वर्ण, ३ रजत र ६ कास्य जितेको छ । पहिलो दिन नेपालले १ स्वर्ण, ३ रजत र ७ कास्य हात पारेको थियो ।

सर्वाधिक १० स्वर्ण र ३ कांस्यसाथ भारत पहिलो तथा २ स्वर्ण, ३ रजत र ३ कांस्यसहित पाकिस्तान तेश्रो स्थानमा छन् । छ राष्ट्र सहभागी प्रतियोगितामा श्रीलंका, बंगलादेश र भुटान स्वर्णविहीन छन् । श्रीलंका ३ रजत र ५ कास्य तथा बंगलादेश समान २-२ रजत/कांस्य जित्दै क्रमशः चौथो र पाँचौं स्थानमा छन् । भुटानको पदक तालिकामा मात्र १ कास्य छ ।

पुरुष ७३ केजीमुनि नेपालका सन्जीव डंगोल र ८१ केजीमुनि नेपालका सञ्जय महर्जन तथा महिला ७८ केजीमुनि नेपालकी पुनाम श्रेष्ठले रजत जिते ।

नेपालका लागि कास्य जित्नेमा पुरुष ६० केजीमा रोशनबहादुर दोङ र उमेश मगर, पुरुष ७३ केजीमुनि जगंबहादुर सारु, महिला ७० केजीमुनि सुनीता मगर, महिला ७८ केजीमुनि भावना घर्ती मगर तथा महिला ७८ केजीमाथि आकृति जोशी छन् । नेपाल जुडो संघको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन सोमबार टिम इभेन्टका खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्

बानेश्वरमा महाभिडन्त, जुरेलीको जित, युनिकाको हार (भिडियो)

img

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको बानेश्वरमा शनिबार उद्घाटन गरेका छन् । एक कार्यक्रमकोबीच ...

पाँचपोखरी हाफ म्याराथन हुदै, प्रथमलाई पचास हजार

img

साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने विषयलाई आत्मसात ...

तेक्वान्दो टोली अस्ट्रेलिया प्रस्थान

img

गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली ...

कोरियामा फेन्सिङको वैदेशिक प्रशिक्षण

img

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक ...

सिमोनलाई बधाइ

img

नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते ...

क्रिस्टियानो रोनाल्डोलार्इ २ वर्ष जेल सजाय

img

कर छलीको आरोपमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ बर्ष जेल सजाय ...

पत्रपत्रिका

सबै