कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप

| काठमाडाैं

कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप-प्रत्यारोपमै सीमित भयो । यो खबर आजको नयाँ पत्रिकामा छ । 

९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।

आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे । देवेन्द्रराज कँडेल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने र बहादुरसिंह लामाले पार्टी पराजित हुनुमा टिकट बाँड्ने संसदीय समितिमा बस्ने सबै दोषी रहेको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरे ।

विश्वकर्माले टिकट लाँदा अंशवन्डा जसरी लगेकाले अहिले विरोध गर्न नसुहाउने बताए । ‘निर्वाचनमा पराजित भएपछि सभापतिलाई मात्र दोष थोपर्न खोजिएको छ,’ उनले भने, ‘टिकट बाँड्ने बेला अंशवन्डा गरे जसरी गर्ने अनि अहिले दोष सभापतिलाई मात्र दिन मिल्दैन ।’

समीक्षा बैठक सोमबार बिहान साढे ८ बजे बस्ने गरी डाकिएको छ । अब बढीमा दुई दिनसम्ममा चुनावी समीक्षा बैठक सकाउने तयारी देउवाको छ । सोमबारको बैठकमा युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, नविन्द्रराज जोशीसहितका नेताले लिखित प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

img

न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च ...

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार ...

सिंहदरबारभित्रै ट्राफिक जाम

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् । ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । आजको नेपाल समाचारपत्रको पहिलो ...

अब ८ कक्षा पास नगरे अयोग्य !

सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।  २०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।  शिक्षाको ...

बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।  बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो ...

कोरियामा तीन नेपालीको मृत्यु

img

दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । आजको कान्तिपुरको पृष्ठ ...

पत्रपत्रिका

सबै