रेम्बो ट्राउट माछा : नाम एक परिकार अनेक

हिमालबाट बग्ने कञ्चन पानीमा पालिएको रेम्बो ट्राउट माछाको परिकारको स्वाद एकदमै छुट्टै हुन्छ । २०७२ सालको भूकम्पपछि अन्तर्राष्ट्रिय नाका रसुवागढी खोलसँगै ड्राइभिङ लगायत केरुङ घुम्न जाने स्वादेशी तथा विदेशीलाई मध्येनजर गरी पालिएका माछाको विभिन्न परिकारहरुको स्वाद लिन सकिन्छ ।
पु बोन नहुने भएकाले बालकदेखि बृद्धसम्म रोग लागेका विरामीले समेतलाई ध्यानमा राखी हिमनदी उच्च पहाडी क्षेत्रको झरना मुल अधिकतम १८ डिग्रीसम्मको मात्रामा पालिएकाले विभिन्न परिकारको स्वादमा रमाउन सकिने माछा पालक शान्ता लामाले बताए ।
विशुद्ध अर्गानिक तरिकाले पालिएको माछा शरीरमा विशुद्ध ओमेगा ३ तत्व पाइने भएकाले यसबाट सबैलाई फाइदा गर्छ । दैनिक रुपमा ५ केजी खपत हुन्छ माछापालक लामाले बताए ।
रसुवागढीको घट्टेखोलामा रुम्बाज माछापालन नाम दिएर जिउँदो माछा र परिकार अनेक बनाउँदा खानेको भीडभाडले कहिलेकाहीँ १० देखि १५ केजीसम्म समेतले नभ्याउने लामा बताउँछन् ।
१५ लाख लगानीबाट सुरु गरिएको माछापालनबाट राम्रै आम्दानी र पेशामा सन्तुष्ट भएको लामाको भनाइ छ ।