विकास श्रेष्ठको अभिभावक बने शैलुङ गापा अध्यक्ष दुलाल

नेपाल सरकारको एक विद्यार्थी भर्ना गरौं अभियान अन्तर्गत दोलखा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले एक जना विद्यार्थी भर्ना गरेका छन् ।

अध्यक्ष दुलालले गाउँपालिकामा गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाको  नतिजा प्रकाशित  तथा भर्ना अभियानको अवसरमा आयोजित एक कार्यक्रमका विच गाउँपालिकाको वडा नम्वर ४का १४ वर्षीय विकास श्रेष्ठलाई दुर्गा माध्यमिक विद्यालयको कक्षा ७ मा भर्ना गरेको हो ।

श्रेष्ठको परिवारमा ११ जना छोराछोरिरहेकाले पढाउन समस्या भइरहेको बेला गापा अध्यक्ष दुलालले भर्ना गरी आजै कपी खरिदका लागि एक हजार नगद समेत प्रदान गर्दै पढाउनका लागि थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यस वर्षको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजा प्रकाशन गर्नुका साथै गाउँपालिकामा शैक्षिक वर्ष २०७५ को भर्ना अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुलालले जानकारी दिए ।

अध्यक्ष दुलालका अनुसार कक्षा ८ को परीक्षामा ३ सय ५९ जना विद्यार्थी सहभागिरहेका थिए । शैलुङ गाउँपालिकामा हाल ७ वटा माध्यमिक विद्यालय ३० वटा प्राथमिक विद्यालय र २ वटा निजी विद्यालय छन् ।

त्यसैगरी बुधबारनै पुस्तक दिवसको अवसरमा पारेर दोलखाको शैलुङ गाउँपालीकाको वडा नम्वर ८मा रहेका सारादा माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर थपलीयाले एक विद्यार्थीलाई भर्ना गरेको छ ।

प्रधानाध्यापक थपलियाले नेपाल सरकारका अभियान गरौं अभियान अन्तर्गत दोलखा शैलुङ गाउँपालिकाका वडा नम्वर ८ विकास बस्नेतलाई कक्षा १मा गरेको हो । उनको आमाको चट्याङ लागेर मुत्यु भएको हो भने बस्नेतसँगै ५ जना बच्चाहरू रहेको परिवारको अवस्था नाजुक  रहेको प्रधानाध्यापक थपलियाले बताए ।

प्रतिकृया दिनुहोस्

ज्येष्ठ नागरिकलाई सम्मान

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ ले ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ...

राजमार्ग खोल्न सेनालाई आग्रह

img

वर्षाका कारण गत मंगलबार र शुक्रबार क्षति भएको पासाङल्हामु राजमार्ग खोल्न नेपाली ...

प्रसारण दिवसमा तामाङ पत्रकार संघ सर्लाहीले गरे मुटु रोगीलाई सहयोग

img

तामाङ भाषाका समाचार प्रसारण दिवसमा नेपाल तामाङ पत्रकार संघ सर्लाहीले मुटु रोगीलाई ...

रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु

img

धनकुटाबाट भदौ १ गतेदेखि रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु गरिएको छ। रेडियोको परीक्षण ...

तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला

img

धनकुटामा नेपाल तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संघले १ ...

चितवनमा तामाङ प्रसारण दिवस मनाइयो, २ जना सम्मानित

img

२४ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ चितवन शाखाले अन्तक्रियासँगै ...

पत्रपत्रिका

सबै