बैज्ञानिक पद्धतिमा वन व्यवस्थापन, दोलखाबाट सुरु

| दोलखा

जिल्लामा भिमेश्वर नगरपालिकास्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको अभियान सुरु गरिएको छ ।

वनलाई बैज्ञानिक पद्धतिमा व्यवस्थापन गर्न जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले २८०१ नम्वरको रुख काटेर दिगो वैज्ञानिक वन व्यवस्थापन सूरु गर्नुभएको हो ।

खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार उक्त वनको १ सय ७८ हेक्टर क्षेत्रफल मध्ये १ सय ४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको बताए । ३.५ हेक्टर क्षेत्रफलको एक क्लष्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना वनाइएको छ । कार्ययोजनामा बार्षिक १४ सयसम्म रुख काट्ने र उक्त स्थानमा सल्ला जातको नयाँ विरुवा रोपण गरिनेछ ।

संरक्षणमा मात्रै केन्द्रित हुँदा पचासौँ वर्ष पुराना रुखहरू धोद्रा हुने, कुहिएर खेर जाने, ती रुखहरू नयाँ विरुवा उत्पादनमा वाधक हुने, अक्सिजन दिन नसक्ने, भुक्षय पनि रोक्न नसक्ने आदि कारण नयाँ व्यवस्थापन सहित उपयोगमा जोड दिनु परेको वन अधिकारीहरुको दावी छ । उनीहरुका अनुसार वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाई निर्यात प्रवद्र्धन गर्ने, मुलुकको ग्राहास्थ उत्पादनमा टेवा पुर्याउने, रोजगारीको अवसर सिर्जना गर्ने लगाएत क्षेत्रमा ठुलो योगदान दिनसक्छ ।

नेपालमा केही वर्ष अघिदेखि परीक्षणको रुपमा रहेको वैज्ञानिक वन व्यवस्थापन अब हिमाली जिल्लामा पहिलो पटक दोलखामा लागु भएको हो । प्रारम्भिक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापनका खोरथली वनबाट सुरु गरेको हो । जिल्ला वन अधिकृत गोविन्द दाहालले हैसियत विग्रिएका वनको गुणात्मक सुधारका लागि जिल्लाव्यापी रुपमा यो अभियान सुरु गर्ने तयारी भैरहेको जानकारी दिए । उनले थपे “हाम्रा वनका अधिकांश रुखहरू अब काठकै रुपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणीय महत्व त झनै घट्दो छ, दाहालले भने, वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो बैज्ञानिक व्यवस्थापन गर्न लागिको हो ।

” सामान्यतः वन क्षेत्रलाई विभिन्न क्लष्टरमा विभाजन गरी पुराना रुखहरुलाई विस्थापित गरेर नयाँ सदुपयोग योग्य रुख विरुवा उत्पादन गर्ने प्रकृयालाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ । त्यसमा विरुवा रोप्ने, हुर्काउने र काट्ने तीन चरणको सन्तुलन मिलाएर वनको व्यवस्थापन गरिन्छ । निश्चित अवधिमा पहिलो खण्डमा रुख कटान गरी विरुवा रोपण गर्दा अन्तिम खण्डमा कटानका लागि रुख तयार भैसकेको हुनेछ । रुख कटानका लागि अतिरिक्त असर न्यूनिकरणका लागि आधुनिक मेसिनरी औजारको प्रयोग गरिन्छ भने रुख विरुवाको वैज्ञानिक अभिलेख राखिनेछ । दुरुपयोग हुन नदिन प्रत्येक रुखमा ट्यागिङ गरिनुका साथै तिनको नाप, आकार, जिपिएस लोकेसन आदि रेकर्ड राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । नेपालको तराईका कपिलबस्तु, नवलपरासि, चितवन, रुपन्देही लगाएतका धेरै वनहरुमा बैज्ञानिक वन व्यवस्थापन सुरु भैसकेको छ ।

प्रतिकृया दिनुहोस्

ज्येष्ठ नागरिकलाई सम्मान

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ ले ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ...

राजमार्ग खोल्न सेनालाई आग्रह

img

वर्षाका कारण गत मंगलबार र शुक्रबार क्षति भएको पासाङल्हामु राजमार्ग खोल्न नेपाली ...

प्रसारण दिवसमा तामाङ पत्रकार संघ सर्लाहीले गरे मुटु रोगीलाई सहयोग

img

तामाङ भाषाका समाचार प्रसारण दिवसमा नेपाल तामाङ पत्रकार संघ सर्लाहीले मुटु रोगीलाई ...

रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु

img

धनकुटाबाट भदौ १ गतेदेखि रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु गरिएको छ। रेडियोको परीक्षण ...

तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला

img

धनकुटामा नेपाल तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संघले १ ...

चितवनमा तामाङ प्रसारण दिवस मनाइयो, २ जना सम्मानित

img

२४ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ चितवन शाखाले अन्तक्रियासँगै ...

पत्रपत्रिका

सबै