बाराको बिरामी जिरीमा सल्यक्रिया

| दोलखा

जिल्ला अस्पताल दोलखा, जिरीमा सोमबार  बाराका एक बिरामीको आमाशयमा जोडिएको ड्युडेनममा भएको अल्सरको सफल सल्यक्रिया भएको छ । 

बारा जिल्ला कोलाबी नगरपालिका, वडा नं. १०, बरेवा घर भई हाल रामेछापको ठोसेस्थित एक विद्यालय भवनको निर्माणको लागि मजदुरी गर्न आएका ४६ वर्षीय पुरुष सुखदेव रामको ड्युडेनममा भएको अल्सर छिद्रको डा. निशान्त ढकालको नेतृत्वमा चिकित्सकीय टोलीले जिरी अस्पतालमा सफल सल्यक्रिया गरेको अस्पतलका वायोमेडिकल उपकरण विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए ।

दुई दिनदेखि अचानक अत्याधिक पेट दुख्ने र तीन दिनदेखि दिशा समेत नभएपछि विरामी राम जिरी अस्पतालमा उपचारका लागि ल्याइएका थिए । चेकजाँचका क्रममा विरामीको पेटमा पिप जस्तो पानी देखिएपछि आन्द्रामा प्वाल परेको लक्षण देखिएकाले अस्पतालले तत्काल सल्यक्रिया गरेको अस्पतालका क्लिनिकल संयोजक डा. निशान्त ढकालले जानकारी दिए ।

डा. ढकालका अनुसार जिरी अस्पतालमा पेट तथा ड्युडेनममा भएको अल्सरले प्वाल पारी ओमेन्टल प्याच (-Omental patch) लगाएर सल्यक्रिया गरिएको यो पहिलोपटक हो । सल्यक्रियमा डा. ढकालका अत्तिरिक्त डा. शिव प्रजापति, एनेस्थेसिया सहायक अजेन्द्र यादव, विएमईटी उत्तम पोखरेल, अ.न.मी. सम्झना जिरेल लगायतको सहभागिता थिए । 

हाल विरामीको अवस्था सामान्य रहेको बताउँदै विरामीका भाइ शिवनाथ रामले सहुलियत शुल्कमा जिरी अस्पतालमै आफ्ना दाजुको सफल सल्यक्रिया भएकोमा खुसी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

ज्येष्ठ नागरिकलाई सम्मान

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ ले ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ...

राजमार्ग खोल्न सेनालाई आग्रह

img

वर्षाका कारण गत मंगलबार र शुक्रबार क्षति भएको पासाङल्हामु राजमार्ग खोल्न नेपाली ...

प्रसारण दिवसमा तामाङ पत्रकार संघ सर्लाहीले गरे मुटु रोगीलाई सहयोग

img

तामाङ भाषाका समाचार प्रसारण दिवसमा नेपाल तामाङ पत्रकार संघ सर्लाहीले मुटु रोगीलाई ...

रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु

img

धनकुटाबाट भदौ १ गतेदेखि रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु गरिएको छ। रेडियोको परीक्षण ...

तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला

img

धनकुटामा नेपाल तामाङ पत्रकार संघको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संघले १ ...

चितवनमा तामाङ प्रसारण दिवस मनाइयो, २ जना सम्मानित

img

२४ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ चितवन शाखाले अन्तक्रियासँगै ...

पत्रपत्रिका

सबै