घरेलु व्यवसाय, थोरै लगानी, धेरै अाम्दानी

| पाँचथर

एउटा सानो घरेलु व्यवसाय छ । लगानी पनि थोरै छ । थोरै कच्चा पदार्थले धरै समाग्री बनाउन सकिन्छ । बनाएपछि पैसाको खानी पनि त्यही । मेची पहाडी महिलाको पाइला समृद्धितिर जाँदै छ । हँसिया, नाम्लो, चुला र चौका, घाँस दाउरामा मात्र पुग्ने हात अरुतिर पनि लम्कदै छ ।

नयाँ ठाउँ नयाँ परिवेश अनि नयाँ अनुभव हुन्छ । त्यस्तै नेपालमा महिलाहरुको एउटा उद्यमशील महिला संघ छ । हो, त्यो संस्था अहिले यसरी लागेको छ । जसले एक घर एक उद्यमी महिला भन्ने नारा फैलाएको छ । नारा मात्र हैन घरैमा महिला उद्यमी बनाउँदै छ । कसरी ? नयाँनयाँ हस्तकला सीप दिदैछ । गुन्द्री, पिरा, जाँतो र ढिकीको काम गर्न जाने जस्तै अरु नयाँ कुरा सिक्न सफल बनेका छन् ।

के तभन्दा महिलाहरू गलामा लाउने माला, हातमा लाउने चुरा, कानमा लगाउने टप, झुम्का आफै बनाउन जानेका छन् । पहिले पहिले घण्टौँ टाढा बजारबाट गतिलो पैसा लगाएर चुरा, पोते लगाउँथे भने अहिले आफ्नै घरमा बनाउन सक्ने भएका छन् ।

अनुभव हो । मात्रिका देवी प्रसाइँ भन्छिन् । मात्रिका देवी प्रसाइँ पनि एक उद्यमी हुन् । उनी पहिले ढाकाको तान बुन्थीन् । उनले ढाका बुन्दा खासै ढाका बुन्ने महिलाहरू पाइँदैनथ्यो । बिस्तारै महिलाहरू ढाका बुन्नमा आकर्षित हुन थाले । व्यवसायी पनि बनेका छन् । मात्रिका देवी अहिले उद्यमी मात्र छैनन् । नेपाल उद्यमशील महिला महासंघकी संस्थापक कोषाध्यक्ष पनि हुन् ।

आफूले गाउँमा सिकेको घरेलु सीप सिकेर नै सहर पसेकी थिइन् । घरेलु सीप भनेको सानोतिनो काम सम्झन्छौँ हामी । तर त्यही सीपिले मान्छेलाई अगाडि बढाउन साथ दिएको हुन्छ । साच्चै मात्रिका देवी त्यही उनको एउटा सीपको सहाराले बिस्तारै संस्थागत रुपमा अन्य महिलाको लागि उदाहरणीय बनीन् ।

मात्रिकालाई यस्तो अवसर मिल्यो । कस्तोभन्दा विदेश भ्रमण । हो उनी बंगालादेश गइन् । केही दिन बसिन् । त्यहाँ धेरै सिपमूलक र बजारमुखी चिजवस्तुहरू देखेर आइन । त्यो देखेर उनी मनमनै प्रफुल्लित भइन् । उनले आफ्नो देश अनि जिल्लाका महिला दिदीबहिनीहरुलाई समृद्ध बनाउने आधार फेला पारिन् । उनले त्यो देशको मुहार जस्तै आफ्नो देशको परिकल्पनामा रमिन् । जब फर्किन् । आफूसँग नयाँ जोस जाँगर पनि लिएर आइन् ।

अहिले आफूले लिएको ज्ञानले आफूमात्र सिपालु बनेर हैन अरु महिला दिदीबहिनीलाई पनि ज्ञान दिदैछिन् । आफू मात्र व्यस्त हैन अरु महिला दिदीबहिनीलाई पनि व्यस्त बनाउने सोच उनको छ । आफ्नो जिल्लामा पहिलो अभियान चलाइन् । घरेलुमा तालिमको माग गरिन् ।

कसरी ? आफू बंगालादेशबाट भ्रमण सकेर ताप्लेजुङ आइपुगिन । तत्काल एउटा उद्योगको नाम जुराइन र घरेलु विकास कार्यालयमा गएर उद्योग दर्ता गर्ने कागजपत्र पेश गरिन् । उनको लक्ष्य थियो एक घर एक उद्यमी बनाउने । त्यसै अनुसार उनले तालिमको लागि घरेलु तथा साना उद्योग कार्यलयलाई माग गरिन् । घरेलु तथा साना उद्योग कार्यलयले त्यो तालिमको आयोजना गर्यो । जम्मा ३० जना महिलाहरुलाई सहभागी गराई काठमाडौबाट प्रशिक्षक बोलाएर तालिम दियो । मात्रिका पनि त्यही तालिमबाट सिपालु भइन् ।

ताप्लेजुङमा अहिले क्रिस्टल तथा मोतीमाला फेब्रिक व्याज उद्योग स्थापित छ । जो मात्रिकाको उद्योग हो ।

घरेलु तथा साना उद्योृेगकार्यलयले सिप सम्बन्धी तालिम त दियो । महिलाहरू आफ्नै सुसेधन्दा भान्सा कोठामा खाना सब्जी गर्दै पनि यो सामग्री बनाउन सक्छन् ।

ती सामग्री हुन् चुरा, माला, क्रिस्टल माला, व्याच, आदि थुप्रै प्रकारका सामग्री बनाउन सक्छन् । यसको लागि ठूलो ठाउँको आवश्यक छैन । लगानी पनि धेरै चाहिदैन । महिलाहरुले दिनभरि नोकरी गर्दा २०० रुपैयाँ कमाउँछन् । तर यसबाट घरैमा बसिबसि यो सामग्री बनाएर दिनको ५००सम्म कमाउन सक्छन् ।

उद्योग नै खोल्न चाहिँ कति लाग्छ त ? ३० हजारको कच्चापदार्थ ल्याएर सामान बनायो भने ६५ हजारसम्म बनाउन सकिन्छ । सबै खर्च कटाएर १५ हजारसम्म एकजनाले कमाइ गर्न सक्छन् ।

बिक्रि गर्दा सेटको १५०० देखी १८०० सम्ममा विक्रि हुने गरेको छ । सेटमा चुरा, क्रिस्टल माला, रानीहार, औँठी, टप आदि सामग्री हुन्छ । १५० देखी माथिको मूल्यमा बिक्रि हुने मात्रिकाको भनाइ छ ।

बनाउन त बनाउलान तर बजार कता ?

मात्रिकाले आफ्नो उद्योग त्यसै खोलेकी हैनन् । महिला दिदीबहिनीहरू सीप मात्र सिकेर धेरै लगानी गर्न नसक्ने भएपछि त्यतिकै चुपचाप बस्ने स्थिति नहोस भन्नका लागि पनि हो । ताप्लेजुङमा देश तथा विदेशबाट पाथिभरा दर्शन गर्ने मानिसहरू आउँछन् । ताप्लेजुङमा निर्मित हाते सामग्रीले बजार नपाउने सम्भावना नै छैन उनी भन्छिन् । उनी महिला दिदीबहिनीहरुलाई जति बुन्न सक्नुहुन्छ बुन्दै मलाई दिनुहोस म पैसा दिन्छु भन्ने उत्प्रेरणा दिन्छिन् । अहिले ३० जनाभन्दा बढी महिलाहरू ताप्लेजुङमै उद्यमी बनेका छन् ।

यो समाग्रीले गाउँगाउँसम्म पनि बजार लिन सक्ने अनुमान छ । यस सामाग्रीलाई नेपाल मात्र नभई बिदेशमा पनि सप्लाई गर्ने सकिने सोच मात्रिकाको छ ।

कच्चा पदार्थ कहाँबाट खरिद गर्ने ?

अनि कच्चा पदार्थ काठमाण्डौबाट मात्रिकाले खरिद गरेर ल्याउँछिन् । अनि उद्यमीहरुलाई जति आवश्यक पर्छ त्यति नै जस्तै रु ५०० को मात्र लान चाहानेलाई पनि झन्झट नमानी दिने गरेकी छन् । आवश्यक परेको लान्छन् । सामग्री तयारी गरेर ल्याउँछन् । रु ५००ले अर्को ५०० बनाउँछन् । महिलाहरू पैसा कमाउने माध्यम प्राप्त गरेपछि हौसिएका छन् । तालिममा आउने महिलाहरू भन्छन् “समूहमा मिलरे उद्योग खोल्ने” ।

यो सामाग्री बनाएर बेच्न सके फाइदै फाइदा छ ।

महिलाको यो खालको सिपमूलक तालिम को सुरु पूर्वमा ताप्लेजुङबाट नै भएको हो । मात्रिकाले आफ्नो जिल्लामा तालिम प्राप्त गरेर अन्य जिल्लाहरुमा पनि आफै प्रशिक्षक भएर सिप प्रदान गरिरहेकी छिन् ।

तर उनलाई सामाजिक क्षेत्रमा पनि चासो छ ।

उनी महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गराउँछिन् । जस्तोः सीप सिकेर आफ्नो उद्योगदर्ता गराउनुपर्छ भन्ने कति महिलाहरुलाई थाहा हुन्न । उनीहरुलाई सीप सिकेर घरेलुमा उद्योगदर्ता गरे घरेलुबाट सहुलियत व्याजमा कर्जा लिन सकिन्छ भन्ने सन्देश पनि उनी सधैँ भन्ने गर्दछिन् । यसले जो पीडित महिलाहरू छन् । गाउँघरमा एकल महिला, गरिबीको चपेटामा परेका महिलाहरुले स्वतन्त्र रुपमा सीप सिकेर जीविकोपार्जनमा सहयोग मिलोस भन्ने उनको चाहना रहन्छ ।

मात्रिका भन्छिन् सीपमूलक तालिम बेरोजगारीमा परेका महिलाहरुलाई दिन सके उनीहरुले अरुको भरमा पर्नु नपर्ने । आत्मनिर्भर बन्न सक्छन् । समयको सदुपयोग पनि गर्न सक्छन् । समृद्ध घर, समाज र राष्ट्रको निर्माणमा महिलाहरुको भूमिका अमूल्य छ ।

अब एक घर एक उद्यमी महिला बन्दैछन् । बढ्नेछन् समृद्ध समाजको निर्माणमा मेचीपहाडी महिलाका पाइला । महिला आफै सिपालु बन्दैछन् । आत्मनिर्भर पनि । गर्दै नगरे के होला र गर्दै गरे कसो नहोला र ? भन्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै