सत्यराज र मेघाको जमेको जोडी

| काठमाडौं

‘उद्देश्य के लिनु– उडी छुनू चन्द्र एक’
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नउत्तर’ कविताको यो हरफजस्तै छ उहाँको सोच र सपना पनि । उसो त जोकोही व्यक्ति आफ्नो लक्ष्य, उद्देश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला–चाँडो सफल होइन्छ । त्यही भएर होला– भगवान्ले पनि भन्छन् रे– ‘तँ आँट्, म पु¥याउँछु ।’ ठीक यही मन्त्र अपनाउनुभयो उहाँले । यसैको परिणाम त आफ्नो निःस्वार्थ गन्तव्यतर्फको पाइलालाई अझै अघि बढाउ“दै शिखरतर्फ लम्कँदै हुनुहुन्छ । लगनशील, जोसजाँगर र इच्छाशक्तिका धनी, नेपाली चलचित्रजगत्मा लामो संघर्षपछि क्रमशः चम्किन थाल्नुभएका गीतकार, निर्देशक तथा सिनेमा संसार कला केन्द्रका संस्थापक अध्यक्ष सत्यराज चौलागाईंको चर्चा हो यो ।

सत्यराजको जन्म विक्रम सम्वत् २०४७ जेठ ५ गते काठमाडौंको ज्ञानेश्वरमा यज्ञप्रसाद चौलागाईं र धनमायाका २ छोरा तथा २ छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो । उहाँका भाइ सञ्जीवकुमार र बहिनीहरू शान्ति अनि शर्मिला हुनुहुन्छ । मध्यमवर्गीय परिवारमा जन्मनुभएका सत्यराजको बाल्यकाल साथीसंगीको तुलनामा निकै सुखद रह्यो । परिवारको जेठो छोरा भएकाले होला– उहाँ निकै चञ्चले र पुल्पुलिएको हुनुहुन्थ्यो । काभ्रेपलाञ्चोक मदनपोखरी स्थायी घर भए पनि त्यतिबेला उहाँको परिवारको मुख्य पेशा भनेको राजधानीको ज्ञानेश्वरमा फर्निचर व्यवसाय थियो । ‘आमा भने रकमको निकै सञ्चित गर्ने, यसलाई किन अनावश्यक पैसा दिएको भनेर बुबालाई प्रश्न उठाउने तर निकै दयालु हुनुहुन्थ्यो’ सत्यराज विगत स्मरण गर्नुहुन्छ– ‘बिहान नित्यकर्म सकेर लेखपढ गरी खाना खाएर स्कुल जान्थें, साथी जम्मा पार्ने र खर्चालु स्वभावको थिएँ ।’

त्यस्तै ३/४ वर्षको उमेरमा सत्यराजलाई चाबहिल सरस्वतीनगरको गोल्डेन पिक स्कुलमा भर्ना गरियो । त्यहाँ उहाँले कक्षा ३ सम्म अध्ययन गर्नुभयो । त्यसपछि विशालनगरस्थित कुन्स्टिुलेशन एकेडेमीमा कक्षा ४ मा राखियो । त्यहाँ उहाँले ६ कक्षासम्म अध्ययन गर्नुभयो । अनि नवयुयुल्स इङलिस बोर्डिङ स्कुलमा भर्ना गरियो । साथीभाइ भनेपछि हुरुक्कै हुनुहुने सत्यराज थाहा नै नदिई बुबाको पैसा निकालेर सबैलाई खुवाउने, घुमाउने, खेलवाड गर्ने, सिनेमा हेर्न जाने अनि गोपीकृष्णदेखि भत्केको पुल, कालो पुल, रातो पुल हुँदै सेतो पुलसम्म पौडी खेल्नुहुन्थ्यो त्यो समयमा । सानैमा ‘आगो’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘नौ डाँडापारि’लगायत दर्जनौं नेपाली चलचित्र हेरेको उहाँको मानसपटलमा अझै ताजा छ । यतिमात्रै होइन– त्यतिबेला ‘साँग्रिला च्यानल’मा राति १२ बजे प्रसारण चलचित्र भोलिपल्ट दिउसो पुनः आउने भएकाले त्यही हेर्नका लागि काखीमा प्याज राखेर ज्वरो आएको निहुँ बनाएर स्कुल नजाने पनि गर्नुहुन्थ्यो उहाँ । अध्ययनमा अब्बल सत्यराजले यस्तैमा वि.सं.२०६३ मा नवयुयुल्सबाटै एसएलसी पास गर्नुभयो ।

त्यसो त अब भने उहाँको दैनिकीमा निकै परिवर्तन आयो । थप अध्ययनका लागि सत्यराज चाबहिलको मैजुबहालस्थित आइडियल कलेजमा भर्ना हुनुभयो । अनि एसएलसी दिएपछिको ३ महिनाको खाली समयमा बुबाको व्यवसायमा सघाउँदा जम्मा भएको १ लाख रुपैयाँले चाबहिलको संगीतशील प्रतिष्ठानमा ड्रमसेट, नृत्य र संगीतको प्रशिक्षणसमेत लिनुभयो । र त उहाँकै शब्दमा भन्ने हो भने त्यसैसँग सम्बन्धित एउटा प्रशिक्षण केन्द्र खोल्ने भूत सवार भयो । त्यस कार्यका लागि साथीहरू सविन खड्का र सन्तोषकुमार थापाले नैतिक, भौतिक र आर्थिक साथ दिनुभयो । र पनि रकम नपुग्दा घरपरिवारमा निकै पापड पेल्नुप¥यो । यद्यपि सत्यराज सफल हुनुभयो– उहाँले म्युजिक भिडियो, भिडियो फिल्म र टेलिफिल्म निर्माण गर्ने ‘सिनेमा संसार कला केन्द्र’ स्थापना गर्नुभयो । हुन पनि १६/१७ वर्षको अल्लारे उमेरको ठिटोले यति ठूलो साहस गर्नु कम चुनौतीपूर्ण थिएन ।

प्रसंग त्यस्तै वि.सं.२०६७/६८ तिरको हो, यसो हिसाब गर्दा त ऋण निकै बढेछ । त्यो कुरा घरपरिवारलाई थाहा नै थिएन । अब भने उहाँको संघर्षको दिन सुरु भयो । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै निर्देशक दयाराम दाहालले सत्यराजको कार्यालयनजिकै घर बनाउँदै हुनुहन्थ्यो, दुईजनाबीच सम्बन्ध बाक्लिन थाल्यो । यसो प्रसंगवश एक दिन दाहालले सत्यराजलाई आफूले निर्देशन गर्ने चलचित्रको सहायक बन्न प्रस्ताव राख्नुभयो । सोहीमुताबिक सत्यराज ‘मायाको बारीमा’ चलचित्रको सहायक निर्देशक बन्नुभयो । ‘त्यो बेला बाहिर अभिनयमा जाँदा ऋण दिने व्यक्तिले भेट्लान् कि भन्ने भय हुन्थ्यो’ उहाँ त्यो क्षण सम्झनुहुन्छ– ‘यद्यपि काम गर्ने हिम्मत हारिनँ ।’ त्यसपछि भने ‘समय’, ‘कोहिनुर’, ‘नाइके’, ‘को आफ्नो’, ‘भाग सानी भाग’, ‘के म तिम्रो होइन र’ ‘म यस्तो गीत गाउँछु’ लगायतमा उहाँले सहायक निर्देशन गर्नुभयो । वि.सं.२०७१ मा आएर भने युवनमान राजभण्डारी र सास्वतजंग दुलालसँग मिलेर उहाँले ‘नागरिक’ निर्माण गर्नुभयो– जुन प्रदर्शनको तयारीमा छ । त्यसबीचमा वि.सं.२०६८ मा उहाँले एकल शब्द रचनामा ‘साथी २०१२’ र २०७२ मा ‘माया २०१६’ नामक एल्बम निकाल्नुभयो । हाल उहाँले ‘अनुराग’को पनि निर्देशन गर्नुभएको छ ।

सत्यराजको लगनगाँठो भने वि.सं. २०७२ मंसिर १४ गते पर्वत कुस्माकी मेघा केसीसँग कस्सिएको हो । ‘हुन त सिनेमा संसार कला केन्द्रका लागि कलाकार माग गर्दा हाम्रो भेट भएको हो । तर, उहाँ नृत्य प्रशिक्षक बन्नुभयो । त्यसपछि मायाप्रेम बस्यो । तथापि बीचमा विविध समस्याले गर्दा ३÷४ वर्ष मैले एक्लोपन जीवन बिताउनुप¥यो’ सत्यराज मुस्कुराउनुहुन्छ– ‘पहिले उहाँले प्रस्ताव राख्नुभएको थियो, पछि म आफैंले उहाँलाई खोजें ।’ मेघाले पनि अन्जु पन्तको ‘मेरो माया त झुटो थिएन’, प्रताव दासको ‘प्रेमको बिन्ती’, रजिना रिमालको ‘सुनखरी’लगायतका म्युजिक भिडियोमा मोडलको भूमिकामा अभिनय गरिसक्नुभएको छ 

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै