भक्तपुर औद्योगिकतथा व्यापार मेला हुँदै

| भक्तपुर

`नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत´ भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४ र ७५ हुने भएको छ ।

यही आउँदो चैत २३ गते देखि बैशाख ३ गतेसम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४र७५ आयोजना हुन लागेको हो । यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलार्इ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दिपक थापाले दिए । साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालार्इ एतिहासिक बनाउने जानकारी पनि थापाले गराए । पत्रकार सम्मेलन गरी मेलामा २ सय भन्दा बढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामानहरु, भाडाकुडाहरु, एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने जनाएको छ ।

त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ । मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसतसम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० तोकिएको ब्यबस्थापन कमिटीले जानकारी गरे । चौथो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४र७५ मा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको अयोजकले जानएको छ मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भीडलाइ भरपुर मनोरंजन दिने बताए ।

बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले जानकारी गरे । साथै उक्त मेला अवलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् । यो मेलाले भक्तपुरलार्इ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए । पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टल संयोजक बिनोद जैसवालको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

एसर्इईमा ए प्लस ल्याउने १७ जना पुरस्कृत

img

मजदूर नेता डिल्ली गौतमको २५ औँ स्मृति दिवसमा शुक्रबार कनकाई नगरपालिकामा भएको ...

एकै परिवारका ४ सदस्यले सेतीमा हाम फाले

img

सेती नदीमा एकै परिवारको ४ सदस्यले हाम फालेर बेपत्ता भएका छन् । ...

प्रचण्डको नाम जोडेर अाएको समाचार गलत

img

डा गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न ...

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

img

काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित ...

काभ्रे सेवा समाज साउदीद्वारा बिरामीलाई आर्थिक सहयोग

img

काभ्रे सेवा समाज साउदीद्धारा बोन म्यारोका बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले ...

जंगली च्याउ खाएर एक महिलाको ज्यान गयो

img

मोलुङ गाउँपालिका ७मा जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । ...

पत्रपत्रिका

सबै